• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार ३१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

प्रशासकिय भवन बन्यो, प्रयोग भएन

लोकप्रिय समाचार

  • १. उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

  • २. थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

  • ३. अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

  • ४. राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

  • ५. दाङमा पेस्तोलसहित एक युवक पक्राउ

  • ६. थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

  • ७. प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

  • ८. गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

  • ९. झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

  • १०. वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

स्वर्ण ज्यन्तीमा मेरो नेपाल बिद्यार्थी संघ


  •   शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित
  • किशोर गैरे। लाखौ प्रजातान्त्रिक विद्यार्थीहरुको आस्थाको धरोहर, नेपाली विद्यार्थी आन्दोलनको पर्यायवाची संगठन नेपाल विद्यार्थी संघको गठन २०२७ साल बैशाख ६ गते स्थापना भएको थियो। पन्चायतले आफ्नो जरा बिस्तार गरेको एक दशक भैसकेको अवस्थामा सम्पुर्ण राजनैतिक पार्टीहरु प्रतिबन्धित थिए।त्यस्तो अवस्थामा प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थी भुमिकालाई मजबुत पार्दै शैक्षिक हक अधिकार स्थापित गर्दै राष्ट्रियता, प्रजातन्त्र,समाजबाद अनि विद्यार्थी एकतालाई आदर्श मानी बर्बर अधिनायकबादी पन्चायतका विरुद्ध विद्यार्थी आन्दोलन मार्फत प्रजातान्त्रिक क्रान्तिलाई जिवन्त राख्ने कार्य नेपाल विद्यार्थी संघले नै गरेको थियो। स्वर्ण ज्यन्तीका अवसरमा आफ्नो प्राणको आहुती दिएर कलम र मसाल अङ्कित झन्डाको गरिमा कायम गरि संघर्षमा होमिनुहुने सम्पुर्णलाई हार्दिक नमन गर्न चहान्छु। प्रजातन्त्र प्राप्तीको आन्दोलनमा आफ्नो जीवन नै अर्पण गर्ने महान कामेश्वर मण्डल,कुशेश्वर यादव,लिला दाहाल,ठगी दाहाल,खगेन्द्र दाहाल,गोकर्ण कार्की,राम उपाध्याय,लक्षमण उपाध्याय,महेश कोइराला,पेशल दाहाल, केशव कोइराला, सरोज कोइराला, सुर ड्कुर बराही, बुधन मिया,रामबाबु चौधरी, मिजाबिया सेक, लगन राय यादव,अमृत शाह, राम थापा,सागर सिंह,इश्वरिदत्त शर्मा, लालबहादुर बम, भरत देबकोटा,श्याम सुन्दर श्रेष्ठ,लोकबहादुर महातारा, भोजराज भुषाल, राजन गिरि, सगुन तम्राकार लगायत ज्ञात अज्ञात शहिदहरु प्रती हार्दिक श्रध्दान्जली ब्यक्त गर्दछु।आजको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्नका लागि हाम्रा अग्रजहरुले अत्यन्त धेरै मूल्य चुकाउनु परेको छ। देशमा भएका हरेक जन आन्दोलनमा अग्रसर रहि विद्यार्थीहरुको मात्र होइन समग्र आन्दोलन कै नेतृत्व गर्ने नेपाल विद्यार्थी संघले ५०औ स्थापना दिवस सम्म आईपुग्दा आफ्नो १२ औ महादिबेशन सम्पन्न गर्न सकेको छैन। बन्द सत्र बिनाको ११ औ महाधीबेशन पनि अत्यन्त चुनौती पुर्ण थियो, ३ दिनका लागि सुरु भएको महादिबेशन करिव १०-१२ दिन सम्म लम्बिएको थियो, मतदान त भयो, तर विद्यार्थी एक हुन सकेन्न। प्रजातान्त्रिक ब्यबस्थाको लागि लडेको मेरो संघले आफ्नो आन्तरिक प्रजातन्त्र हरण भएको टुलुटुलु हेर्न बाध्य छ।विद्यार्थीको भोट हालेर आफ्नो प्रतिनिधि चुन्न पाउने आधिकारलाई कुन्ठित गरिन्छ, विद्यार्थीको नेतृत्वलाई खसी भाग लगाए झै भाग लगाइन्छ। सभापती तेरो, उपाध्यक्ष मेरो, महामन्त्री उस्को! भागबण्डालाई मिलाउनकै लागि पदको गरिमा नै हरण हुने गरि एउटै पदका अनेक ब्यक्ती बनाइन्छ। प्रत्येक गिरोहलाई बराबर होस भनेर होला सायद!११ औ महादिबेशन द्वन्दको बिचमा सम्पन्न हुन्छ, देश भरीका लाखौ विद्यार्थीलाई आश थियो, अब त केहि हुन्छ, हामीले चुनेको नेतृत्व हो भन्ने। तर ती आश बोकेका विद्यार्थीलाई के थाहा! हरेक कुरा सेटिङ्गमा हुन्छ भन्ने! केन्द्रिय प्रतिनिधि पनि सेटिङ्ग मार्फत बनाइएका छन, पर्सेन्टको भागबण्डा छ। जे जे भएनि ११ औ महादिबेशनले लागू गरेको एउटा निर्णयले गर्दा आम विद्यार्थीहरु मा खुसी जागेको थियो, त्यो हो उमेरको मुद्दा। ११ औ महादिबेशनबाट पारित भएको ३२ को उमेर हदबन्दी। त्यही ३२ कै हदबन्दीले गर्दा १२ औ महादिबेशन अनिश्चित छ। एउटा सभापति, उपाध्यक्ष, अनि महामन्त्रीहरुको टिम त बनाइएको छ, १२ औ महादिबेशन सम्पन्न गराउन भनी। तर महादिबेशन ६ महिनामा सम्भब छैन। केन्द्रिय समिती अझै बन्न सकेको छैन, ६ महिना त संगठनले पुर्णता पाउनै लाग्छ। त्यस्पछी यसले गर्न सकेन भनिन्छ, अर्को टिम बनाइन्छ,फेरि। कि म्याद थप गरिन्छ। तर यो अनुमानलाई गलत सबित गर्न सकोस, बर्तमान केन्द्रिय समिती। आफ्ना अनेक ब्यक्तिगत स्वार्थ, गुटगत इगो सबैभन्दा माथी उठेर इमान्दार पुर्वक १२ औ महादिबेशन सम्पन्न गर्न यहि नेतृत्व सफल होस।सायद प्रजातन्त्र प्राप्तीको आन्दोलनमा नेबि संघको झन्डा समातेर होमिएकै भरमा जीवन आहुती दिनु परेका शहिदहरुले पनि शान्ती पाइरहेका छैन्न होला, नेपाल विद्यार्थी संघ अस्त ब्यस्त हुदा। अचम्म लाग्ने कुरा छ है, अति प्रतिकुल अवस्थामा जुजारु रहेको सङठन लोकतन्त्र प्राप्ती पछि किन यो हालतमा पुग्यो? प्रश्न गम्भीर छ। ६२/६३ भन्दा अगाडि कांग्रेसलाई हात समाएर लोकतान्त्रिक गणतन्त्रमा लेराउने विद्यार्थी सङठनले आज आफ्नो १२ औ महादिबेशन सम्पन्न गर्नका लागि संघर्ष गर्नु गरेको छ। नेबि संघ धेरै राजनैतिक खेलाडीका फुट्वल ग्राउड भएको छ। पार्टी सभापती शेरबहादुर देखि गगन प्रदिप कुन्दन सम्म पार्टिको केन्द्रिय समितीमा पनि धेरै जसो नेबि संघ कै नेतृत्वबाट पुग्नुभएका नेतागण हुनुहुन्छ, तर पनि किन नेबि संघलाई असफल पार्ने प्रयास हुन्छ्न। ५०औ स्थापना दिवस मानाउदै गर्दा नेपाल विद्यार्थी संघ यो विषम परिस्थितीमा पुराउनुमा को कस्को दोष छ? यो खोजनिय बिषय होला। तर के साच्ची हामी सबै संघ प्रती इमान्दार छौ त?संघलाई बिबादमा रोमलाएर ब्यक्तीगत फाइदा लिने र हाबी हुने काम हामी इकाई देखि केन्द्र सम्म सबैले गरिरहेका छौ।तर पनि लाखौ विद्यार्थीहरुको आस्थाको केन्द्र नेबि संघले यस्ता हरेक चरण र परिस्थितिको सामना गर्दै अगि बढ्ने छ, हिजो पार्टी बाहिरका सामन्त हरु सङ्ग लडेको संघले अब पार्टी भित्रका सामन्तको हैकमवादी चक्रबियुलाई टोड्दै विद्यार्थीहरुलाई अपनत्वको भावना जागृत गराउने छ। आशा गरौ, हामि समयमै १२ औ महादिबेशन सम्पन्न गर्न सक्नेछौ। आन्तरिक कलह र द्वेषभन्दा माथी उठेर हामी विद्यार्थी हक हित अनि प्रजातन्त्र मज्बुतीका अनेक आयममा छलफल गरि शैक्षिक मुद्दामा केन्द्रित हुने बतावरण बनोस। हिजो जसरी विभिन्न इतिहासिक कालखण्डमा अनेक प्रतिकुल अवस्थामा नि आफ्नो कुशल नेतृत्वको परिचय दिन सफल हाम्रो नेबि संघ फेरि पनि सफल होस। नेपाल विद्यार्थी संघमा आस्था राख्ने सम्पुर्ण विद्यार्थीहरुलाई ५० औ स्थापना दिवसको शुभकामना!

    Advertisement

    लेखक बर्दघाट ४ नवलपरासी निबासी हुनुहुन्छ।

    शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति
    तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल
    झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा
    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    लोकप्रिय

    • १.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित

    • २.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ३.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ४.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ५.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ६.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    भर्खरै

    • १.
      दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

    • २.
      गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

    • ३.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

    • ४.
      प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    • ५.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ६.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    • ७.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ८.
      लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation