बिच बाटोमा अलपत्र २२ जना मजदुरको उद्धार

अर्घाखाँची (शितगंगा)। गुल्मिको रुरु क्षेत्रबाट आएका २२ जना मजदुरको उद्धार गरि गन्तव्य तर्फ पठाइएको छ । पुल बनाउने काममा गुल्मी पुगेका उनिहरु काम रोकिए पछि अलपत्र परेर घर फर्कन क्रममा हिजो शितगंगा नगरपालिकामा पुगेका थिए । शितगंगा नगरपालिका २ शितापुरमा प्रतिक्षालयमा बसेका उनिहरुको स्थानिय झनक केसीको नेतृत्वमा उद्धार गरि बस्ने ब्यवस्था मिलाइएको थियो । साथै घर पुग्न लामो दुरी पार गर्नु पर्ने भएकोले जान सवारीको ब्यवस्थापन गरि पठाइएको छ। सामाजिक सस्थाले उनिहरुको यातायातको खर्च ब्यवस्थापन गरेसँगै उनिहरुलाई घर सम्म पुग्ने ब्यवस्था गरिएको हो । आज नगरपालिकाले सम्पुर्णलाइ माक्स तथा पिउनेपानीकोब्यवस्थापन गरि सवारीपास बनाइ प्रहरी सँग समन्वय गरि पठाइएको प्रमुख प्रसासकिय अधिकृत अर्जुन गौतमले जानकारी दिनु भयो ।

Sharing Now!

You might also like

Comments are closed.