देउराली यातायातद्धारा सबै स्थानिय तहलाई एक लाखका दरले सहयोग

अर्घाखाँची।देउराली यातयात अर्घाखाँचीले जिल्लाका प्रत्येक स्थानीय तहमा १ लाख १ हजारका दरले सहयोग प्रदान गरेको छ । जिल्लाका ६ स्थानीय तहमा गरेर ६ लाख ६ हजार सहयोग गरीएको बताईएको छ। ।जिल्लामा ३/३ गाउँ र नगरपालिका रहेका छन ।विशेष गरी अति विपन्न परीवारको लागी दैनीकी चलाउन सहयोग होस भने उदेश्यले सो रकम हस्तान्तरण गरीएको हो । जिल्लाका स्थानीय तहमा रहेका राहत कोषमा उक्त रकम जम्मा गरिएको हो। रकम चेक मार्फत हस्तान्तरण गरीएको देउराली यातयात प्रालि अर्घाखाँचीका अध्यक्ष योगेन्द्र बहादुर खड्काले जानकारी दिनु भयो ।चेक हस्तान्तरण कार्यक्रममा सहअध्यक्ष भेष बहादुर बिसि माहासचिव प्रेम पान्डे,प्रभक्ता गोबिन्द बन्जाडे लगायतको सहभागीता रहको थियो ।

Sharing Now!

You might also like

Comments are closed.