• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ४. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ५. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

  • ६. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ७. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • ८. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ९. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • १०. झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

कोरोना रोग विश्वअर्थंतन्त्र र नेपालमा यसले पारेको प्रभाव: शशिधर पन्थी


  •   आइतबार, चैत २३, २०७६ मा प्रकाशित
  • शशिधर पन्थी। पछिल्लो समय कोरोना रोगबाट विश्वनै आक्रान्त भइरहेको छ ।यो सरुवा रोग भएकाले यसले संसारमा एक माहामारीको रुप लिएको छ भने अझैसम्मपनि यो रोगको समाधानको निमित कुनै विशेष विश्व स्वास्थ्य सगठनबाट स्वीकृत औषधी पत्ता लागेको छैन। साथै विश्वमा करिव दश लाख तिस हजार भन्दा बढि सक्रमित र साठी हजार भन्दा बढि मानिसहरुको मृत्यु भएको छ ।अमेरीका ,इटाली, स्पेन ,जर्मनी ,फ्रान्स, चिन आदि देशहरु यो रोगको चपेटामा छन। यसका साथै सबै देशमा लकडाउनको व्यबस्था गरी यसको फैलावटमा तथा सण्क्रमणको जोखिम कमगर्ने प्रयास गरिएको छ। प्राय सबैराज्यहरु लकडाउनको अबस्थामा छन। यस अबस्थामा विश्व अर्थतन्त्रनै धरासायी बन्न पुगेको छ भने आर्थीक क्रियाकलापहरु ठप्प छन। विश्व अर्थतन्त्रमा प्रभावपार्ने पर्यटन होटल व्यवसाय तथा अन्य पर्यृटनसग सम्बन्धित सबै व्यवसाय धरासायी बन्न पुगेको अबस्था छ ।यसले गर्दा सम्पुण रोजगारीमा कमिआइृ विश्व अर्थतन्त्रमा मन्दी आएको अवस्था छ । रोजगारदाता कम्पनीपनि आफ्ना कामदार तथा कर्मचारीहरुलाई बेतलवी विदामा राखेको छ । विश्व माहामारीको रुपमा फैलिएको यस कोरोना कोभिड १९ र अर्थतन्त्रको बर्तमान स्थीतिको बारेमा ।बर्तमान विश्व बजारमा आवश्यक पर्ने इन्धन अर्थात तेलको मुल्यमा भारी गिरावट आएको छ ।यसो हुनुमा के देखिन्छ भने विश्व वजारको समग्र आर्थिक क्रियाकलापमा व्यापक कमि आउनुका साथै समग्र अर्थव्यवस्थानै ध्वस्थ हुने विकराल समस्या उत्पन्न भएको देखिन्छ ।यसले सम्पुर्ण अर्थतन्त्रका आयामहरुनै कमजोर वन्ने अबस्था रहेको छ ।सरसर्ती हेर्दा यसले उत्पादन रोजगारी व्याजदर वचत तथा लगानी सबै प्रभाबित हुने देखिन्छ ।उत्पादनमा कमिले रोजगारीमा र बिस्तारै आम्दानी र उपभोगमा समेत व्यापक कमि आएको छ । यसका अलावा सम्पुण उपभोग्य सामान समेतको व्यापारमा रोकावटको स्थिति उत्पन्न भएको छ केवल अति आवश्यक वस्तुहरुको मात्र ।यसका अतिरिक्त अन्य व्यापार जस्तै लत्ताकपडा निर्माण सामाग्रीहरुको व्यापारमा पनि शुन्यता छाएको छ ।मानिसहरुको मनस्थितिनै विचलित हुन पुगेको देखिन्छ । प्राय सबै मानिसहरुमा समस्या झन बढ्छकि भन्ने डर देखिन्छ । साथै यसका बिभिन्न आयामहरुको कुरा गरौ । यसले प्रतक्ष प्रभाव रोजगारी उत्पादन तथा वित्तिय क्षेत्रमा समेत तत्कालै देखिन थालेको छ। अन्तराष्टीय मुद्राकोषले विश्व अर्थतन्त्रमा मन्दीको अवस्था सुरु भएको बताइसकेको छ। यसको प्रभाव सन २००८ को मन्दीभन्दा भयावह हुने देखिन्छ भनेर अन्तराष्टीय मुद्राकोषले बताइसकेको छ। सन २००८ को मन्दीमा अमेरीकाको इन्भेष्टमेन्ट बैङकिङ कम्पनी लेहम्यान ब्रदर्स टाट पल्टेर उत्पन्न भएको थियो ।यसले विश्व अर्थतन्त्रलाई नै प्रभावित पारेको थियो ।वर्तमान स्थिती त्यो भन्दा अझ गम्भिर देखिन्छ किनकी यो समयमा विश्व आर्थीक गतिविधि सबै ठप्पजस्तो देखिन्छन ।विश्वका सबै राष्टहरु एकैसाथ लकडाउनको अवस्था भोग्न बाध्य छन । यसबाट पक्कै नेपाल पनि अछुतो रहन सक्दैन ।हाम्रा पनि विकासका सम्पुर्ण काम ठप्प छन ।व्यापार व्यवसायका साथसाथै सम्पुर्ण आर्थिक क्रियाकलापहरुमा शुन्यता आइसकेको छ ।
    विकासका कार्यहरु सञ्चालन गर्न ठप्प कामहरुलाई पुनह सूचारु गर्न अवस्यनै केहि समय लाग्ने देखिन्छ ।अझ भनौ हामीसग उपलव्ध बजेट तथा साधनहरुको अधिकांश भाग कोरोना उपचार र व्यवस्थापनमा खर्चहुने देखिन्छ ।भन्सार महसुल कर आम्दानीमा व्यापक कमि आउने देखिन्छ । बैंक तथा वित्तिय सस्थाहरुपनि मुख्यरुपमा यसको असर पर्ने देखिन्छ ।अब यस को समाधान के त भन्नेतर्फ एकपटक सोचौ । यसमा दुइ उपायहरु सरकारले अवलम्बन गर्न सक्ने देखिन्छ ति हुन मौद्रिक निति तथा वित्तिय निति ।मौद्रिक निति अन्र्तगत केन्द्रीय वैंकले मुद्राको माग र आपुर्तीको माध्यमबाट अर्थव्यवस्थामा मुद्राको तरलतामा बृद्धिे गरि शिथिल अर्थव्यवस्थालाइ गतिशिलता प्रदान गर्दछ ।जस अन्र्तगत व्याजदर समायोजन पर्दछ।यदि व्याजदरमा कमि आएमा अर्थतन्त्रमा लगानीको मात्रामा बृद्धि हुन्छ ।यस अन्र्तगत विदेसी सहायता ऋण आदी पनि हुन सक्दछन जसले आर्थीक क्रृयाकलापमा बृद्धि हुन्छ ।यसका साथै मुद्राको छपाइ गरेर मुद्राको मात्रामा बृद्धि गर्दछ जसले पनि आर्थीक क्रृयाकलापमा बृद्धि हुन्छ ।  सरकारको वित्तिय निति अन्र्तगत सरकारले जनताहरुको आम्दानी उपभोग बढाउनतर्फ काम गर्दछ । यस अन्तर्गत करमा कटौती गर्नुका साथै पुर्वाधारहरुको विकासमा रकम खर्चगरी मानिसहरुको आम्दानीका साथसाथै उपभोेग बढाउनतर्फ लाग्दछ ।जसले गर्दा उपभोग तथा आर्थीक क्रियाकलापको बृद्धि भइ समग्र अर्थतन्त्रमा सुधार हुनथाल्दछ तर यसको नतिजा अलि लामो समयमा देखिने हुदा अलि समय लाग्दछ । यस संकटले अर्थतन्त्रमा तथा विशेषत वैंकिध्र क्षेत्रमा समस्या उत्पन्न गराउदछ ।ति सबै बैंक तथा वित्तिय सस्थाहरुले केन्द्रीय बैंकको अधिनमा रही व्याजदरमा सहुलियत प्रदान गर्नुका साथै भुक्तानीको समय सिमा बढाइ लगानीलाइ प्रोत्साहन गर्दछन। साथै विश्व बैंक अन्तराष्टीय मुद्राकोष जस्ता निकायहरुले समेत यस्ता माहामारीबाट बच्न अतिकम वा शुन्य व्याजदरमा ऋण प्रदान गरेका हुन्छन भने विभिन्न सहयोग रकम समेत उपलव्ध गराएका हुन्छन । सरकारले यस्तो रकम विकासमा लगाउन सक्दछ ।हाम्रो अर्थतन्त्र पुर्णतया विकसित अर्थतन्त्र होइन तर विकसित देशको तुलनामा यसको असर विकाससिल राष्ट्रलाई अलि कम पर्ला तर पनि अवस्य पर्छ । अब हाम्रो नेपालको अर्थतन्त्र विशेषत रेमिटान्स कृषि उत्पादन र सेवामुलक व्यवसायमा आधारित छ । केहि समयपछि रेमिटान्स अर्थात बैदेसिक मुद्राको मात्रामा पनि अबस्य कमि आउनेछ किनकि हाम्रा अधिकांश नेपालीहरु बेतलवी रुपमा समय विताउन थाल्नुभएको छ ।सेवामुलक व्यवसायपनि यसबाट प्रतक्ष प्रभावित हुन पुगेका छन जस्तै व्यापार व्यवसाय इत्यादी।यसका अलावा कृषि उत्पादनमा भने यसको असर कम पर्ला किनकि यस पटक राम्रो मौषमका कारण कृषि उत्पादन बढ्ने देखिन्छ । अन्य क्षेत्र जस्तै शैक्षिक क्षेत्रमा पनि यसको असर देखिने अनुमान गर्न सकिन्छ ।

    Advertisement

    लेखक प्यूठान नगरपालिका ८ प्यूठानका स्थानिय हुनुहुन्छ।

    आइतबार, चैत २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ४.
      तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम

    • ५.
      काभ्रे घटना : बिदा लिएर निस्किएका असई

    • ६.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    भर्खरै

    • १.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • २.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ३.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    • ४.
      मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    • ५.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    • ६.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    • ७.
      प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    • ८.
      भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation