• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा


  •   बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
  • दाङ । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालबाट पाइने उपचार सेवा अब दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि लिन सकिने भएको छ। दुवै संस्थाबीच बुधबार सेवा विस्तारसम्बन्धी सम्झौता भएको हो।
    सम्झौतापत्रमा निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले हस्ताक्षर गरेका छन्।
    सम्झौताअनुसार बहालवाला निजामती कर्मचारी तथा उनीहरूका आश्रित परिवारले निजामती अस्पतालमा पाइने उपचार सेवा अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि लिन सक्नेछन्। आश्रित परिवारअन्तर्गत बुवा, आमा, श्रीमान् वा श्रीमती तथा २१ वर्षभन्दा कम उमेरका दुई सन्तान गरी अधिकतम ६ जनासम्मलाई उपचारमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
    त्यस्तै, अवकाशप्राप्त निजामती कर्मचारीलाई सबै प्रकारका सेवामा ५० प्रतिशत छुट दिइनेछ। तर यो सुविधा ओपिडी सेवा, एम्बुलेन्स र औषधिमा भने लागू नहुने जनाइएको छ।
    उपचार सुविधा लिन कर्मचारीको विवरण निजामती किताबखानामा दर्ता भएको हुनुपर्नेछ। अस्पतालले सफ्टवेयरमार्फत किताबखानाको अप्टिकल फाइबर नेटवर्कसँग जोडेर कर्मचारीको विवरण प्रमाणीकरण गर्ने व्यवस्था मिलाइने बताइएको छ। विवरण दर्ता नभएको अवस्थामा सम्बन्धित कार्यालय प्रमुखको सिफारिस आवश्यक पर्नेछ।
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उक्त सेवा २०८३ साल वैशाख १ गतेदेखि सुरु गर्ने तयारी गरेको जनाएको छ। निमित्त उपकुलपति लम्सालका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये निजामती कर्मचारीका लागि यस्तो पहल गर्ने राप्ती पहिलो संस्था हो।
    निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक रेग्मीले देशका सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनाअनुसार सहकार्य गरिएको बताए।
    सम्झौतामा उपचार सेवासँगै जनशक्ति तालिम तथा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा पनि दुवै संस्थाबीच सहकार्य गर्ने उल्लेख गरिएको छ। पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम र विशिष्टीकृत अस्पताल सेवाको विस्तारलाई तीव्रता दिँदै आएको छ।

    Advertisement

    बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation