• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, कार्तिक ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • २. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ३. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ४. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा


  •   बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
  • दाङ । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालबाट पाइने उपचार सेवा अब दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि लिन सकिने भएको छ। दुवै संस्थाबीच बुधबार सेवा विस्तारसम्बन्धी सम्झौता भएको हो।
    सम्झौतापत्रमा निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले हस्ताक्षर गरेका छन्।
    सम्झौताअनुसार बहालवाला निजामती कर्मचारी तथा उनीहरूका आश्रित परिवारले निजामती अस्पतालमा पाइने उपचार सेवा अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि लिन सक्नेछन्। आश्रित परिवारअन्तर्गत बुवा, आमा, श्रीमान् वा श्रीमती तथा २१ वर्षभन्दा कम उमेरका दुई सन्तान गरी अधिकतम ६ जनासम्मलाई उपचारमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
    त्यस्तै, अवकाशप्राप्त निजामती कर्मचारीलाई सबै प्रकारका सेवामा ५० प्रतिशत छुट दिइनेछ। तर यो सुविधा ओपिडी सेवा, एम्बुलेन्स र औषधिमा भने लागू नहुने जनाइएको छ।
    उपचार सुविधा लिन कर्मचारीको विवरण निजामती किताबखानामा दर्ता भएको हुनुपर्नेछ। अस्पतालले सफ्टवेयरमार्फत किताबखानाको अप्टिकल फाइबर नेटवर्कसँग जोडेर कर्मचारीको विवरण प्रमाणीकरण गर्ने व्यवस्था मिलाइने बताइएको छ। विवरण दर्ता नभएको अवस्थामा सम्बन्धित कार्यालय प्रमुखको सिफारिस आवश्यक पर्नेछ।
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उक्त सेवा २०८३ साल वैशाख १ गतेदेखि सुरु गर्ने तयारी गरेको जनाएको छ। निमित्त उपकुलपति लम्सालका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये निजामती कर्मचारीका लागि यस्तो पहल गर्ने राप्ती पहिलो संस्था हो।
    निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक रेग्मीले देशका सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनाअनुसार सहकार्य गरिएको बताए।
    सम्झौतामा उपचार सेवासँगै जनशक्ति तालिम तथा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा पनि दुवै संस्थाबीच सहकार्य गर्ने उल्लेख गरिएको छ। पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम र विशिष्टीकृत अस्पताल सेवाको विस्तारलाई तीव्रता दिँदै आएको छ।

    Advertisement

    बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ४.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation