• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

  • ४. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ५. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ६. एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ९. रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

  • १०. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै ठूलो जनादेश


  •   मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
  • काठमाडौं — जेन–जी आन्दोलनको पृष्ठभूमिमा भएको प्रतिनिधिसभा निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दुई तिहाइ बहुमतको नजिक पुर्‍याएको छ। प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा रास्वपाले प्राप्त गरेको मत प्रतिशत नेपालको संसदीय इतिहासमै सबैभन्दा ठूलो मानिएको छ।
    २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनले रास्वपालाई अभूतपूर्व जनादेश दिएको छ। मुलुकमा प्रजातन्त्र स्थापनामा भूमिका खेलेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा सशस्त्र संघर्षबाट उदाएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको पृष्ठभूमि बनाएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई भने मतदाताले कडा सन्देश दिएका छन्।
    रास्वपाले पाएको मतादेशको परिमाणले स्वयं पार्टी नेतृत्वलाई पनि चकित बनाएको छ। कांग्रेस, एमालेसहितका परम्परागत दलहरूले समेत यति ठूलो राजनीतिक धक्का आउने पूर्वानुमान गरेका थिएनन्।
    नेपालमा २००७ सालमा राणा शासन अन्त्यपछि बहुदलीय व्यवस्थामा अहिलेसम्म नौ पटक प्रतिनिधिसभा निर्वाचन भएका छन्। पहिलो आमनिर्वाचन २०१५ फागुन ७ मा सुरु भई ४५ दिनपछि चैत २८ मा सम्पन्न भएको थियो। त्यसपछि २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ र २०८२ मा निर्वाचन भएका छन्।
    फागुन २१ को निर्वाचनले पुराना दलहरूलाई विस्थापित गर्दै वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपालाई स्थापित मात्रै गरेको छैन, यसले धेरै ऐतिहासिक रेकर्ड पनि बनाएको छ।
    एक सय ६५ सिटका लागि प्रत्यक्षतर्फ भएको मतदानमा रास्वपाले १२५ सिट जितेको छ। यो करिब ७६ प्रतिशत हो। संसदीय निर्वाचनको इतिहासमा एउटै दलले प्रत्यक्षतर्फ यति धेरै सिट जितेको पहिलो पटक हो।
    यसअघि २०१५ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले १०९ सिटमध्ये ७४ सिट जितेको थियो, जुन झन्डै ६८ प्रतिशत थियो। २०४८ सालको निर्वाचनमा कांग्रेसले २०५ मध्ये ११० सिट जित्दै करिब ५४ प्रतिशत जनमत पाएको थियो।
    २०५६ सालको चुनावमा पनि कांग्रेसले २०५ मध्ये १११ सिट जितेर करिब ५४ प्रतिशत सिट हासिल गरेको थियो। २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीले २४० मध्ये १२० सिट जित्दै करिब ५० प्रतिशत सफलता पाएको थियो। २०५१, २०७०, २०७४ र २०७९ का निर्वाचनमा भने कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेका थिएनन्।
    यसपटक जारी मतगणनाअनुसार समानुपातिकतर्फ पनि रास्वपाको अग्रता ऐतिहासिक देखिएको छ। कुल एक करोड ९ लाख मतमध्ये करिब ९५ लाख मत गणना भइसक्दा रास्वपाले ४६ लाख मत प्राप्त गरेको छ, जुन ४८ प्रतिशतभन्दा बढी हो।
    यस परिणामले नेपालको दलगत शक्ति सन्तुलनमा ठूलो परिवर्तन आएको विश्लेषण गरिएको छ। पुराना दलहरूको प्रभाव घट्दै जाँदा रास्वपा मुख्य राजनीतिक शक्तिका रूपमा उदाएको संकेत यस निर्वाचनले दिएको छ।

    Advertisement

    मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ६.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation