लकडाउनमा थप कडाई: एक पालिकाबाट अर्कोमा जान रोक

काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि हाल लगाइरहेको लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । कोरोना भाइरस समुदायमा फैलन थालेको निस्कर्षसहित सरकारले एक स्थानीय तहबाट अर्कोमा जान कडाई गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको मन्त्रिपिरिषद बैठकले एक जिल्लाबाट अर्को जिल्ला र एक पालिकाबाट अर्को पालिका आउजाउ गर्न कडाई गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।हालसम्मको लकडाउन सफल भएको निस्कर्ष पनि सरकारको छ ।कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि पहिलोपटक लगाइएको लकडाउन १८ चैतपछि दोश्रोपटक थप भएको थियो । उक्त अवधि २५ चैतमा सकिँदैछ ।चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।

Sharing Now!

You might also like

Comments are closed.