बृजेश यादव,कपिलवस्तु। कपिलस्तुको महाराजगंज नगरपालिकाले लकडाउनको मारमा पारेका बाइस सय नगरवासीलाई राहत वितरण दिने भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नाको लागि नेपाल सरकारले लागु गरेको लकडाउनको मारमा परेका नागरिकहरुको लागत संकलन गरी राहत दिने निर्णय गरीएको छ ।
महाराजगंज नगरपालिका भित्र दैनिक ज्यालागरी आफनो परिवार पाल्ने अति गरिब परिवारलाई राहत वितरण गर्न लागेको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।
महाराजगंज नगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकले प्रत्येक वडाबाट २ सय गरिब मजदुरको लागत संकलन गरि अब दुई दिन भित्र राहत वितरण गरिने उहाले बताउनु भयो ।
राहतका लागि तत्काल रु ५५ लाखको राहत कोष खडा गरि वडा कार्यालय मार्फत राहत वितरण कार्य गरिने नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।
उहांले नगरपालिकाको विपत व्यवस्थापन समितीको वजेटले मात्र राहत वितरण गर्न नपुग्ने भएकाले संघीय सरकार प्रदेश सरकार स्थानियसामाजिक संस्था र निजी क्षेत्रलाई पनि यो अभियानमा सरिक हुन आग्रह गर्नुभएको छ ।
स्वाथ्यकर्मीहरुले चेकजाचमा कडाई गरेको र भारत तथा विदेशवाट आएका नागरिकलाई क्वारेन्टाईनमा राख्ने गरेको वताउनुभएको छ । उहांले लकडाउनको पुर्णपालना गर्न समेत नगरवासीमा अपिल गर्नुभएको छ । राहत स्वरुप खाद्यन्न र सरसफाईका सामाग्री वितरण गरीने बताइएको छ ।
महाराजगंज नगरपालिकाको महाराजगन्जमा६,पडरियामा २७ ,सेमरहनामा २३सोनबर्षामा १३ जना गरि जम्मा ६९ जनालाई क्वारेन्टटाईनमा राखिएको स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवालले जानकारी दिनुभयो । यस्तै नगरपालिकाको सबै वडामा क्वारेन्टाईन स्थापना गरिएको प्रमुख जयसवालले वताउनुभएको छ ।
महाराजगंज नगरपालिकाको हरदौना, कुशहवा, सोनबर्षा, महुवा, शिवभारी , सानोबुटहानिया, बनगाई जमुनिमा समेत क्वारेन्टाइन स्थापना गर्ने निर्णय भएको बताउनु भयो ।
महाराजगंजमा २२ सय घर परिवारलाई राहत दिने तयारी
महाराजगंजमा २२ सय घर परिवारलाई राहत दिने तयारी
Advertisement
तपाईको प्रतिक्रिया