रुपन्देहीमा एक भारतीय नागरिकको करेन्ट लागेर मृत्यु

बुटवल। खोलामा माछा मार्न जाँदा करेन्ट लागेर रुपन्देहीमा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको बिहार राज्य लौडगंगा राँची निवासी ३० बर्षीय संजय मौर्यकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ ।न्यु हीरा ईटा कारखानामा काम गरिरहेका बेला उनी शुक्रवार राती नौ बजे मायादेबी ३ बरेवा नजिकै खोलामा करेन्ट माछा मार्न खोज्दा करेन्ट लागेर मृत्यु भएको हो ।मृतक मौर्यको शव भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराई आवश्यक कार्यवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता डी.एस.पी. खडग बहादुर खत्रीले जानकारी गराए ।

Sharing Now!

You might also like

Comments are closed.