कोरोना प्रभाव : लमही सब्जीमण्डीमा तरकारी छैन

ओमप्रकाश गुप्ता,लमही  । कोरोना भाइरसको त्रास बढे सँगै दाङको लमही सब्जीमण्डीमा तरकारीको अभाव भएको छ । स्थानीय निकाय,उद्योग वाणिज्य संघले गरेको बजार बन्द सँगै नेपाल सरकारले लकडाउन गरेपछि किसानहरूले उत्पादन गरेको तरकारी बजारमा नजाँदा र नाका क्षेत्र समेत बन्द भएपछि तरकारीको अभाव सिर्जना भएको सत्यसाई तरकारी पसलका सञ्चालक कोमानन्द पाण्डेले जानकारी दिएका छन् । बजारमा अहिले थोरै मात्रामा अालु,खुर्सानी र बन्दा गोभी बाहेक कुनै पनि हरियो तरकारी नरहेको तरकारी व्यापारीहरूले बताएका छन् । भएका तरकारी पनि बिक्री नभएको व्यापारीहरूको भनाई छ । तरकारीको अभाव भए पनि भएको तरकारीको मुल्य भने यथावत रहेको मामा एण्ड सन्स पसलका सञ्चालक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.