काठमाडौंं। बुधबार साँझ प्रधामन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका मन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट बाहिरिँदै गर्दै फरक दृष्य देखियो। श्रम तथा रोजगार मन्त्रीबाट बाहिरिएपछि आज अन्तिम दिन मन्त्रालय पुगेका उनी लुखुर लुखुर हिँड्दै सिंहदरबारको दक्षिण ढोकाबाट निस्किए । त्यसपछि ट्याक्सीको खोजीमा लागे।सडक छेउमा उभिएर शुभचिन्तकहरुसंग गफिए। केही बेरमा ट्याक्सी आयो। बिष्टले सँगै आएका शुभेच्छुकलाई हात हल्लाए । उनले ट्याक्सी रोके र चढे। त्यसपछि लागे सामाखुसीमा रहेको आफ्नै घर। ‘म मन्त्री रहिन। मन्त्रालयको गाडी चढ्ने कुरा भएन,’ ट्याक्सीमा बाहिरिँदै गरेका उनले मोबाइलबाटै भने, ‘त्यसैले ट्याक्सी चढेको हुँ।’ बिष्टले बिहीबार मन्त्रालय पुगेर नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई स्वागत गरे र सफल कार्यकालको शुभकामना दिए,कर्मचारीलाई धन्यवाद दिए । मन्त्रालयमा केहीबेर उनले आफ्नो कार्यकालमा मन्त्रालयमा गरेका कामको बारे उल्लेख गरे ।उनले मन्त्री हुँदा लिएको गाडी बिहीबार विहानै फिर्ता गरेका थिए । आफ्नो कार्यकालमा जापानमा रोजगारीको ढोका खोलेको, बैदेशिक रोजगारीमा रहेका श्रमिकको हक हितका लागि काम गरेको, विदेशमा घाइते, अंगभंग भएका श्रमिकको उद्धार गरेको उल्लेख गरे । रोजगार सम्बन्धी ऐन, सम्पूर्ण स्थानीय तहमा रोजगार सिर्जना केन्द्र स्थापना, स्वदेशमा १ लाख ८७ हजारलाई रोजगारी सिर्जना गर्ने काम गरेको बताएका थिए । श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा ल्याउन सफल भएको र १ लाख १५ हजार श्रमिक सूचिकृत भएको उल्लेख गरेका थिए । उनी विहीबार नै पुल्चोकस्थित मन्त्री निवासबाट सरेका छन् ।यसअघि २०६८ सालमा ऊर्जा मन्त्रीबाट पदमुक्त भएपछि पनि विष्ट ट्याक्सी चढेरै घर गएका थिए । सामाजिक सञ्जालमा मन्त्री विष्ट योग्य हुँदाहुँदै पनि हटाइएको भन्दै चर्को आलोचना समेत भएको छ।
शुभेच्छुकलाई हात हल्लाउंदै ट्याक्सी चढेर घर फर्किए विष्ट
शुभेच्छुकलाई हात हल्लाउंदै ट्याक्सी चढेर घर फर्किए विष्ट
Advertisement
तपाईको प्रतिक्रिया