राम बहादुर बिश्वकर्मा,प्युठान। बिहिबार बिहानैदेखि प्युठानमा झरी परिरहेको थियो। उसो त बुधवारको दिन र रातभर पनि पानी बिसिएन। लागातार परिरहेको पानीका कारण मौसम चिसिएकै थियो ।झरी र चिसो मौसमका बाबजुत पनि प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपती,उपप्रमुख शान्ता आचार्य,सुरक्षाकर्मी र स्थानिय छाता र रेनकोटले ओतिदै बजार क्षेत्रको नाला र सडकमा यत्रतत्र छरिएको फोहोर संकलन गरिरहेका देखिन्थे। चिसो मौसम र झरीको समेत परवाह नगरी बजार सफाईमा मेयर सहितको टोलि लागिरहेको थियो। मेयर सहितको टोलिलाई झरी र चिसोले समेत रोक्न सकेन। आज बिहान देखि नै बिजुवार क्षेत्रमा झरीमा रुझ्दै फोहोर संकलन गरिएको छ। असोज ३ गते शुक्रवार मनाउन लागिएको संघीय गणतान्त्रिक नेपालको चौथौं संविधान दिवसको अबसरमा प्युठान नगरपालिकाले बजार सफाई गरेको हो ।यो कार्यक्रम नगरका सबै वडामा पुर्याईने बताईएको छ। संविधान दिबसको पुर्ब सन्ध्यामा प्युठान अस्पतालमा रहेका बिरामिलाई फलफूल बितरण गरिएको बताइएको छ। ब्यक्तिको अमुल्य सम्पत्ति स्वास्थ्य भएकालेे नगरबासिलाई स्वास्थ्य र चेतना अभिबृद्धि गराउने उद्देश्यले यस्तो सरसफाइ अभियान सुरु गरिएको प्युठान नगरपालिका मेयर अर्जुनकुमार कक्षपतिले बताउनुभयो। तर उता नगरवासीले भने, विशेष अबसर या दिवस बाहेक अरु बेला प्युठान नगरपालिकाले बजार सफाईमा खासै ध्यान दिन नसकेको बताएका छन।
झरीमा रुझ्दै बजार सफाई (फोटोमा हेर्नुहोस)
झरीमा रुझ्दै बजार सफाई (फोटोमा हेर्नुहोस)
Advertisement
तपाईको प्रतिक्रिया