सागर थापा,दाङ।प्रहरीले साढे आठ किलो लागुऔषध चरेससहित दाङबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नं. ४ निवासी २१ बर्षीय गणेश वली, सोही ठाउँ निवासी २७ बर्षीय भूपेन्द्र थापा र ४० बर्षीय अमृत थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहका अनुसार उनीहरु तीनै जनालाई बुधवार दिउँसो दाङ-होलेरी सडकखण्डको घोराही उपमहानगरपालिका वडा नं. १९ खम्वास भन्ने स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको साथबाट रा३प ४५५९ नम्बरको मोटरसाईकल समेत बरामद भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। दाङ प्रहरी प्रमुख एसपी जनक भट्टराई दाङमा आएपछी १५ दिनको अवधिमा ९ जना विभिन्न व्यक्ति प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका छन् । पक्राउ परेका सबै विरुद्ध मुद्दा दायर गरी कानुनी कारवाही अगाडि बढाइएको दाङ प्रहरीले जानकारी दिएको छ ।
साढे ८ किलाे चरेससहित दाङबाट ३ जना पक्राउ
साढे ८ किलाे चरेससहित दाङबाट ३ जना पक्राउ
Advertisement
तपाईको प्रतिक्रिया