• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

राहत कहाँ हरायो ? मान्डवीका पीडित ४ वर्षदेखि पर्खाइमै


  •   सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
  • प्युठान। माण्डवी गाउँपालिका–२ मर्कावाङ्गस्थित धन्चौरमा २०७९ असोज २२ गते आएको अविरल वर्षापछिको पहिरोले बस्ती नै बगाएको चार वर्ष नाघ्न लाग्दा पनि प्रभावित परिवार अझै सुरक्षित पुनर्स्थापनाबाट वञ्चित छन्। पालिकाको तथ्यांकअनुसार १० घरगोठ बगाएको र १ सय ६३ भन्दा बढी घर विस्थापित भएको उक्त घटनापछि संघ, प्रदेश र स्थानीय सरकारको पुनर्स्थापना प्रक्रिया कागजमै सीमित भएको पीडितहरूको गुनासो छ।
    पहिरोपछि घरबारविहीन बनेका बलबहादुर खत्री चार वर्षदेखि दाङको देउखुरीमा डेरा जीवन बिताइरहेका छन्। उनी भन्छन्,
    “सरकारले सुरक्षित आवास बनाइदिन्छ भनेको चार वर्ष भयो। एक वर्षअघि जिल्ला प्रशासनबाट ३० हजार रुपैयाँ राहत पायौं, त्यसपछि केही छैन।”
    उनका छोरा हुताराम खत्रीका अनुसार परिवार ठूलो संकटमा छ।
    “आमा, बुहारी र नातिनातिना सबै डेरामा बस्न बाध्य छौं। सुरक्षित आवासको टुंगो नहुँदा जीवन अस्थिर बनेको छ,” उनले भने।
    स्थानीय रामकली नेपाली अझै जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य छिन्।
    “घरबारी सबै बगायो, अहिले भैंसीगोठमा बस्दैछु। सरकारले दिने आशा पनि अब छैन,” उनले भनिन्।
    माण्डवी गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति बलराम पौडेलका अनुसार धन्चौरसहित वडा–१, २ र ४ का १ सय ७३ घरपरिवार प्रभावित भएका थिए। तीमध्ये १० घर पूर्ण क्षति, ४३ पुनर्निर्माण आवश्यक, ४५ पुनर्निर्माणयोग्य र ७५ मर्मत आवश्यक रहेको विवरण तयार गरिएको छ।
    “२०७९ असोज ३१ गते प्रारम्भिक विवरण जिल्ला प्रशासनमा पठाइएको थियो। मंसिर १९ गते पुनः विस्तृत विवरण पठाइयो र NDRRMA प्रणालीमा इन्ट्री गरियो,” पौडेलले भने। उनका अनुसार २०८० जेठ ३१ गते जिल्ला विपद् व्यवस्थापन समितिबाट लाभग्राही सूची पनि अनुमोदन गरिएको छ।
    २०७९ असोज २६ गते तत्कालीन मुख्यमन्त्री कुलबहादुर केसीसहितको टोलीले स्थलगत अनुगमन गर्दै भूगर्भीय अध्ययनपछि मात्र पुनर्स्थापना गर्ने घोषणा गरेको थियो। तर त्यसयता ठोस पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन।
    “भूगर्भविद ल्याएर अध्ययन गर्ने भनिएको थियो, तर त्यो काम कागजमै सीमित भयो,” स्थानीयको भनाइ छ।
    जिल्ला प्रशासन स्रोतका अनुसार पीडितलाई तीन किस्तामा ३ लाख ६० हजार रुपैयाँ दिने निर्णय भए पनि अधिकांश लाभग्राहीले पूर्ण रकम प्राप्त गर्न सकेका छैनन्। केही अस्थायी आवासका लागि सहयोग भए पनि स्थायी पुनर्निर्माण अझै सुरु हुन सकेको छैन।
    वडा–१ का अध्यक्ष बामबहादुर बुढाका अनुसार,
    “उजुरीपछि प्रक्रिया झन् जटिल बन्यो। तीन तहबीच समन्वय कमजोर हुँदा पुनर्स्थापना ढिला भएको हो।”
    २०८१ वैशाख ३१ गते जिल्ला प्रशासनमा परेको बेनामी उजुरीपछि जग्गा व्यवस्थापन र लाभग्राही छनोटमा थप विवाद देखिएको छ। उजुरीपछि छानबिन समिति बने पनि ठोस निष्कर्ष नआएको स्थानीयको आरोप छ।
    जिल्ला प्रशासन स्रोतका अनुसार केही जग्गा जोखिमयुक्त रहेको निष्कर्षसहित बाहिरी जिल्लामा जग्गा भएका व्यक्तिलाई मुआब्जा नदिने निर्णयसमेत गरिएको छ।
    त्यस्तै, २०८२ साउन २२ मा पालिकाले पुनः १० जनाको नामावली पुनर्स्थापनाका लागि प्रशासनमा पठाएको भए पनि विवाद अझै समाधान हुन सकेको छैन।
    यसबीच संघीय, प्रदेश र स्थानीय सरकारको संयुक्त लागत साझेदारीमा केही घर निर्माण प्रक्रिया सुरु भए पनि अधिकांश परिवार अझै सूचीमै सीमित छन्।
    सरकारका विभिन्न निकायबाट हालसम्म करिब ७९ लाख रुपैयाँभन्दा बढी राहत तथा सहयोग संकलन भएको पालिका स्रोतले जनाएको छ। साथै, १९ औँ गाउँसभाले २०८३ को आर्थिक सहायता मापदण्ड स्वीकृत गर्दै २० हजारदेखि १ लाख रुपैयाँसम्म राहत दिने निर्णय गरेको छ।
    तर चार वर्ष बितिसक्दा पनि धन्चौरका पीडितहरू अझै अस्थायी बासमै जीवन गुजार्न बाध्य छन्। उनीहरूको आश र प्रश्न उस्तै छ—
    “राहत आयो, तर घर कहिले आउँछ?”

    Advertisement

    सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो
    पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव
    लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन
    सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने
    तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर
    रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation