टीकाको दिन पोखरामा प्रहरीको निःशुल्क बस

कात्तिक २ गते दसैंको टीकाको दिन सशस्त्रको हुलदङ्गा व्यवस्थापन तालीम शिक्षालय लामापाटनको एउटा बसले सर्वसाधारणलाई निःशुल्क सेवा दिने भएको तालीम शिक्षालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए।

लामा पाटनबाट बिहान १० बजे छुट्ने बस अमरसिंहचोक, मुस्ताङचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सिर्जनाचोक, न्यूरोड, चिप्लेढुङ्गा, नदीपुर, बगर, रानीपौवाको रुटमा दिउँसो ४ बजेसम्म चल्नेछ।

टीकाको दिन सेनाको निःशुल्क यात्रुबस, यस्तो छ रुट
बस्नेतले भने, ‘दसैं हामी पनि मान्छौँ तर जनता हाम्रो पहिलो प्राथमिकता हो। सशस्त्र प्रहरी र जनताको सम्बन्धलाई सेवा सञ्चालनबाट अझ नजिक बनाउन मद्दत गर्दछ।’
बस सेवाबाट प्रहरीको गस्तीका साथसाथै सेवा पनि हुने भएकाले जनतालाई थप सहज हुने विश्वास गरिएको छ। त्यस्तै तालीम शिक्षालयले टीकाको दिन पोखरा बजारभित्र आकस्मिक अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ। तालीम शिक्षालयको हटलाइन नं ९८५१२७२०६० र ९८५१२७२०१८ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने बताइएको छ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...