• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ३१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

लोकप्रिय समाचार

  • १. शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

  • २. पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

  • ३. गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

  • ४. ‘दुःख सुनाएर के काम ?’

  • ५. प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

  • ६. साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

  • ७. कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

  • ८. गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

  • ९. रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै

  • १०. तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

ऋण नदिएको झोकमा अपहरण गरेर बालकको हत्या


  •   आइतबार, असोज २८, २०७५ मा प्रकाशित
  • असोज २८/ दुई लाख ऋण नदिएको झोकमा बालकको हत्या गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय बाराले आइतबार सार्वजनिक गरेको छ।

    Advertisement

    सिम्रौनगढ नगरपालिका ३ नयकाटोलाका धनेश्वरप्रसाद यादवका ६ वर्षीय छोरा गोलु भनिने दिपकको अपहरण गरी हत्या गर्ने १७ वर्षीय हरेन्द्रकुमार कुशवाहा र २३ वर्षीय श्याम बैठालाई प्रहरीले सार्वजनिक गरेको हो।

    गाउँमै लागेको मेला हेर्न गएका दिपकको गत बुधबार अपहरण भएको थियो। मेलाबाट बालक अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

    बालक हराएको सूचना पाएपछि खोजी सुरु गरेको प्रहरीले शनिबार राति स्रिमौनगढ नगरपालिका-३ स्थित सार्वजनिक जंगलमा बालकको शव फेला पारेको हो।

    प्रहरीका अनुसार अपहरणकारीले बालकलाई अपहरण गरेको भोलिपल्टै हत्या गरेका थिए। अपहरणलगत्तै बालकको बुबा धनेश्वरसँग फोनमार्फत १० लाख फिरौती माग गरेका उनीहरुले बालकको हत्या गरी शव जंगलमा फालेको बयान प्रहरीलाई दिएका हुन्।

    कल डिटेलको आधारमा घटनामा संलग्न व्यक्तिसम्म पुगेको प्रहरीले बयानका आधारमा बालकको शव फेला पारेको हो।

    फिरौतीमा प्रयोग गरिएको मोबाइल नम्बरका आधारमा घटनामा संलग्न व्यक्तिलाई शनिबार दिउँसो पक्राउ गरिएको र उनीहरुकै वयानपछि बालकको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।

    ‘फिरौतीमा प्रयोग गरिएको मोबाइल नम्बरबाट हामीले उनीहरुलाई पक्राउ गर्न सफल भयौँ’, राठौरले भने, ‘बयानकै आधारमा शनिबार राति गाउँकै जंगलबाट प्रहरीले शव बरामद गरेको हो।’

    प्रहरीका अनुसार अपहरणकारीले बालकको हात खुट्टा बाँधी घाटी थिचेर हत्या गरेका थिए। अपरहण गरेर गाउँकै धान खेतमा बुधबार राति लुकाएर राखेका अपहरणकारीले बिहीबार बिहानै बालकको हत्या गरेको बयान प्रहरीलाई दिएको प्रवक्ता राठौरले बताए।

    पक्राउ परेका मध्ये हरेन्द्रले एक महिना अघि बालकका बुवासँग दुई लाख रुपैयाँ ऋण मागेको र ऋण दिन अस्वीकार गरेपछि रिसिबी साध्न हत्या गरेको प्रहरीको भनाइ छ। ऋण नदिएपछि हरेन्द्रले बालकका बुवालाई समय आएपछि देखाउछु भन्दै धम्की दिएका थिए। प्रहरीसँंगको बयानमा हरेन्द्रले ऋण नदिएको रिसबी साध्न बालकको अपहरण गरी हत्या गरेको बताएका छन्।

    पक्राउ परेका दुबैलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको छ। दसै बिदाका कारण घटस्थापनादेखी बन्द रहेको अदालतमा उपस्थित गराउन नसकिएको र अदालती प्रक्रियाका लागि पत्राचार गरिएको प्रवक्ता राठौरले जानकारी दिए।

    पक्राउ परेका दुवैजनालाई शरीर बन्धक, अपहरण तथा कर्तव्य ज्यान मुद्दामा कारवाहीका लागि अदालतमा उभ्याईने राठौरले जानकारी दिए।

    तीन महिनाभित्रै बारामा बालकको हत्या भएको यो दोस्रो घटना हो। यसअघि बाराको जीतपुरका व्यापारी ललन गुप्ताका ९ वर्षीया छोरा अंकित गुप्ताको अपरहणपछि हत्या भएको थियो। अंकित परिवारले एक करोड भन्दा बढी रकम फिरौती बापत बुझाएपछि अपहरणकारीले बालकको हत्या गरेका थिए। हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

    आइतबार, असोज २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत
    गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
    विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ
    प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै
    रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै
    प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

    लोकप्रिय

    • १.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    • २.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • ३.
      गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

    • ४.
      ‘दुःख सुनाएर के काम ?’

    • ५.
      प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

    • ६.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको

    भर्खरै

    • १.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

    • २.
      पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

    • ३.
      रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

    • ४.
      भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

    • ५.
      टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

    • ६.
      गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

    • ७.
      बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

    • ८.
      गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation