• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

ऋण नदिएको झोकमा अपहरण गरेर बालकको हत्या


  •   आइतबार, असोज २८, २०७५ मा प्रकाशित
  • असोज २८/ दुई लाख ऋण नदिएको झोकमा बालकको हत्या गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय बाराले आइतबार सार्वजनिक गरेको छ।

    Advertisement

    सिम्रौनगढ नगरपालिका ३ नयकाटोलाका धनेश्वरप्रसाद यादवका ६ वर्षीय छोरा गोलु भनिने दिपकको अपहरण गरी हत्या गर्ने १७ वर्षीय हरेन्द्रकुमार कुशवाहा र २३ वर्षीय श्याम बैठालाई प्रहरीले सार्वजनिक गरेको हो।

    गाउँमै लागेको मेला हेर्न गएका दिपकको गत बुधबार अपहरण भएको थियो। मेलाबाट बालक अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

    बालक हराएको सूचना पाएपछि खोजी सुरु गरेको प्रहरीले शनिबार राति स्रिमौनगढ नगरपालिका-३ स्थित सार्वजनिक जंगलमा बालकको शव फेला पारेको हो।

    प्रहरीका अनुसार अपहरणकारीले बालकलाई अपहरण गरेको भोलिपल्टै हत्या गरेका थिए। अपहरणलगत्तै बालकको बुबा धनेश्वरसँग फोनमार्फत १० लाख फिरौती माग गरेका उनीहरुले बालकको हत्या गरी शव जंगलमा फालेको बयान प्रहरीलाई दिएका हुन्।

    कल डिटेलको आधारमा घटनामा संलग्न व्यक्तिसम्म पुगेको प्रहरीले बयानका आधारमा बालकको शव फेला पारेको हो।

    फिरौतीमा प्रयोग गरिएको मोबाइल नम्बरका आधारमा घटनामा संलग्न व्यक्तिलाई शनिबार दिउँसो पक्राउ गरिएको र उनीहरुकै वयानपछि बालकको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।

    ‘फिरौतीमा प्रयोग गरिएको मोबाइल नम्बरबाट हामीले उनीहरुलाई पक्राउ गर्न सफल भयौँ’, राठौरले भने, ‘बयानकै आधारमा शनिबार राति गाउँकै जंगलबाट प्रहरीले शव बरामद गरेको हो।’

    प्रहरीका अनुसार अपहरणकारीले बालकको हात खुट्टा बाँधी घाटी थिचेर हत्या गरेका थिए। अपरहण गरेर गाउँकै धान खेतमा बुधबार राति लुकाएर राखेका अपहरणकारीले बिहीबार बिहानै बालकको हत्या गरेको बयान प्रहरीलाई दिएको प्रवक्ता राठौरले बताए।

    पक्राउ परेका मध्ये हरेन्द्रले एक महिना अघि बालकका बुवासँग दुई लाख रुपैयाँ ऋण मागेको र ऋण दिन अस्वीकार गरेपछि रिसिबी साध्न हत्या गरेको प्रहरीको भनाइ छ। ऋण नदिएपछि हरेन्द्रले बालकका बुवालाई समय आएपछि देखाउछु भन्दै धम्की दिएका थिए। प्रहरीसँंगको बयानमा हरेन्द्रले ऋण नदिएको रिसबी साध्न बालकको अपहरण गरी हत्या गरेको बताएका छन्।

    पक्राउ परेका दुबैलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको छ। दसै बिदाका कारण घटस्थापनादेखी बन्द रहेको अदालतमा उपस्थित गराउन नसकिएको र अदालती प्रक्रियाका लागि पत्राचार गरिएको प्रवक्ता राठौरले जानकारी दिए।

    पक्राउ परेका दुवैजनालाई शरीर बन्धक, अपहरण तथा कर्तव्य ज्यान मुद्दामा कारवाहीका लागि अदालतमा उभ्याईने राठौरले जानकारी दिए।

    तीन महिनाभित्रै बारामा बालकको हत्या भएको यो दोस्रो घटना हो। यसअघि बाराको जीतपुरका व्यापारी ललन गुप्ताका ९ वर्षीया छोरा अंकित गुप्ताको अपरहणपछि हत्या भएको थियो। अंकित परिवारले एक करोड भन्दा बढी रकम फिरौती बापत बुझाएपछि अपहरणकारीले बालकको हत्या गरेका थिए। हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

    आइतबार, असोज २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation