९ वर्षीया बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

असोज २८/सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ४ की एक बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
सोलुखुम्बुको हिमालय आधारभूत विद्यालयमा कार्यरत शिक्षक ५५ वर्षीय मोहन घिमिरेलाई नियन्त्रणमा लिएको हो ।

घिमिरेले स्थानीय ९ वर्षीया बालिकालाई आफ्नो कोठामा बोलाएर बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रदेश १ प्रहरीले जनाएको छ । बालिकालाई परीक्षणका लागि जिल्ला अस्पताल सोलुखुम्बु पठाइएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...