• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, कार्तिक ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ४. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ५. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

मञ्जु पौडेलको ‘छैन नि फरिया’ गीतमा गाउँले स्वाद र संस्कारको सुगन्ध


  •   बिहिबार, साउन १६, २०८२ मा प्रकाशित
  • गुल्मी । हिन्दू नारीहरूको महान चाड तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा तीज गीतहरूको रौनक सुरु भइसकेको छ । यही सन्दर्भमा गायिका मञ्जु पौडेलले नयाँ तीज गीत ‘छैन नि फरिया’ सार्वजनिक गरेकी छन् ।
    पछिल्लो समय तीजका नाममा अश्लीलता र विकृति बढिरहेको गुनासोबीच उनले मौलिक लोकभाव र सांस्कृतिक बोकेको तीज गीत बिहिबार साँझ सार्वजकिन गरेकी हुन् । गीतमा गायिका पौडेलसँगै गायक एवं गीतकार रेशम चौधरीको आवाज रहेको छ भने शब्द पनि चौधरीकै सिर्जना हो ।
    दुवै कलाकारले गीतमा प्रस्तुत गरेका भाव, लय र प्रस्तुतिले नेपाली महिलाहरूको चाड तीजको मौलिकता र भावनात्मक पक्षलाई उजागर गरेका छन् । पछिल्ला वर्षहरूमा तीज गीतहरू व्यवसायिकता र मनोरञ्जनको नाममा मौलिकताबाट टाढा गइरहेका बेला पौडेल र चौधरीको यो सांगीतिक प्रयास मौलिक नेपाली लोकसंस्कृतिको संरक्षणतर्फ ध्यान केन्द्रित गराउने खालको गीत सार्वजनिक गरेका हुन् ।
    गीतको शीर्षक ‘छैन नि फरिया’ नै महिलाको पहिरन, भावनात्मक चाहना र नेपाली परिवेशमा आधारित जीवनशैलीसँग गहिरो सम्बन्ध राख्दछ । गीतले महिलाहरूको संस्कृति, रहनसहन, तथा चाडपर्वमा हुने भावना र अपेक्षालाई गहिरो रूपमा चित्रण गर्ने प्रयास गरेको गायिका मञ्जु पौडेलले बताइन ।
    तिज गीत गायिका मञ्जु पौडेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतसँगै भिडियो पनि प्रस्तुत गरिएको छ ।
    जसमा परम्परागत पहिरन, नृत्य र भाव भंगिमा प्रयोग गरिएको छ । भिडियोको छायांकन, सम्पादन र निर्देशनले पनि गीतको मौलिकतालाई अझ उजागर गरेको देखिन्छ ।
    गायिका मञ्जु पौडेलले यसअघि पनि थुप्रै तीज गीतहरू सार्वजनिक गरिसकेकी छन् । जसले मौलिकता, सामाजिक सन्देश र सांगीतिक परिष्कारमा आधारित भएर श्रोता–दर्शकमाझ लोकप्रियता कमाएका छन् ।

    Advertisement

    पछिल्लो समय तीजका गीतहरूमा प्रयोग हुने भाषा, पहिरन र दृश्यहरूले नेपाली समाजमा आलोचना खेप्दै आएका छन् । यस्ता गीतहरूले नेपाली चाडपर्वको मौलिकता नै हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरिँदै आएको छ ।
    यस्ता अवस्थाबीच ‘छैन नि फरिया’ जस्तो गीतले मौलिकपन र मूल्य–मान्यतालाई अगाडि ल्याएर तीजको वास्तविक सम्झाउने काम गरेको गायिका पौडेलले बताइन ।
    मञ्जु पौडेल र रेशम चौधरीको यो साङ्गीतिक कोसेलीले तीजको सांस्कृतिक र भावनात्मक पक्षलाई सम्मान गर्दै लोकसंगीतमा एक सकारात्मक सन्देश दिने प्रयास गरेको छ । गीतले बजारमुखी तडकभडकभन्दा पर गई संस्कार र संस्कृति जोगाउने पक्षलाई प्राथमिकता दिएको गायिका पौडेलको भनाइ छ ।
    गीतमा प्रस्तुत मौलिकताले गर्दा श्रोताहरूले यसलाई मन पराउने उनले बताइन ।

     

    बिहिबार, साउन १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ४.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ५.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation