• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ३. भान्साबाट देश चिनाउने युवराजको सपना

  • ४. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ५. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • ६. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ७. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ८. जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

  • ९. बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

  • १०. बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

मञ्जु पौडेलको ‘छैन नि फरिया’ गीतमा गाउँले स्वाद र संस्कारको सुगन्ध


  •   बिहिबार, साउन १६, २०८२ मा प्रकाशित
  • गुल्मी । हिन्दू नारीहरूको महान चाड तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा तीज गीतहरूको रौनक सुरु भइसकेको छ । यही सन्दर्भमा गायिका मञ्जु पौडेलले नयाँ तीज गीत ‘छैन नि फरिया’ सार्वजनिक गरेकी छन् ।
    पछिल्लो समय तीजका नाममा अश्लीलता र विकृति बढिरहेको गुनासोबीच उनले मौलिक लोकभाव र सांस्कृतिक बोकेको तीज गीत बिहिबार साँझ सार्वजकिन गरेकी हुन् । गीतमा गायिका पौडेलसँगै गायक एवं गीतकार रेशम चौधरीको आवाज रहेको छ भने शब्द पनि चौधरीकै सिर्जना हो ।
    दुवै कलाकारले गीतमा प्रस्तुत गरेका भाव, लय र प्रस्तुतिले नेपाली महिलाहरूको चाड तीजको मौलिकता र भावनात्मक पक्षलाई उजागर गरेका छन् । पछिल्ला वर्षहरूमा तीज गीतहरू व्यवसायिकता र मनोरञ्जनको नाममा मौलिकताबाट टाढा गइरहेका बेला पौडेल र चौधरीको यो सांगीतिक प्रयास मौलिक नेपाली लोकसंस्कृतिको संरक्षणतर्फ ध्यान केन्द्रित गराउने खालको गीत सार्वजनिक गरेका हुन् ।
    गीतको शीर्षक ‘छैन नि फरिया’ नै महिलाको पहिरन, भावनात्मक चाहना र नेपाली परिवेशमा आधारित जीवनशैलीसँग गहिरो सम्बन्ध राख्दछ । गीतले महिलाहरूको संस्कृति, रहनसहन, तथा चाडपर्वमा हुने भावना र अपेक्षालाई गहिरो रूपमा चित्रण गर्ने प्रयास गरेको गायिका मञ्जु पौडेलले बताइन ।
    तिज गीत गायिका मञ्जु पौडेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतसँगै भिडियो पनि प्रस्तुत गरिएको छ ।
    जसमा परम्परागत पहिरन, नृत्य र भाव भंगिमा प्रयोग गरिएको छ । भिडियोको छायांकन, सम्पादन र निर्देशनले पनि गीतको मौलिकतालाई अझ उजागर गरेको देखिन्छ ।
    गायिका मञ्जु पौडेलले यसअघि पनि थुप्रै तीज गीतहरू सार्वजनिक गरिसकेकी छन् । जसले मौलिकता, सामाजिक सन्देश र सांगीतिक परिष्कारमा आधारित भएर श्रोता–दर्शकमाझ लोकप्रियता कमाएका छन् ।

    Advertisement

    पछिल्लो समय तीजका गीतहरूमा प्रयोग हुने भाषा, पहिरन र दृश्यहरूले नेपाली समाजमा आलोचना खेप्दै आएका छन् । यस्ता गीतहरूले नेपाली चाडपर्वको मौलिकता नै हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरिँदै आएको छ ।
    यस्ता अवस्थाबीच ‘छैन नि फरिया’ जस्तो गीतले मौलिकपन र मूल्य–मान्यतालाई अगाडि ल्याएर तीजको वास्तविक सम्झाउने काम गरेको गायिका पौडेलले बताइन ।
    मञ्जु पौडेल र रेशम चौधरीको यो साङ्गीतिक कोसेलीले तीजको सांस्कृतिक र भावनात्मक पक्षलाई सम्मान गर्दै लोकसंगीतमा एक सकारात्मक सन्देश दिने प्रयास गरेको छ । गीतले बजारमुखी तडकभडकभन्दा पर गई संस्कार र संस्कृति जोगाउने पक्षलाई प्राथमिकता दिएको गायिका पौडेलको भनाइ छ ।
    गीतमा प्रस्तुत मौलिकताले गर्दा श्रोताहरूले यसलाई मन पराउने उनले बताइन ।

     

    बिहिबार, साउन १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ३.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ४.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा

    • ५.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार

    • ६.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    भर्खरै

    • १.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • २.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ३.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    • ४.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • ५.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ६.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ७.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    • ८.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation