घुस नखाने कसम खाएको १० दिन नबित्दै १६ पक्राउ, १९ विरुद्ध मुद्दा

काठमाडौं । सरकारले १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो। सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए। तर, घुस लिन छाडेनन्। प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक साता नबित्दै १६ कर्मचारी कार्यालय समयमै घुस लिँदालिँदै पक्राउ परे। १९ जना विरुद्ध अख्तियारले भ्रष्टचार मुद्दा समेत दायर गर्‍याे,।

‘घुस खाँदिनँ भनेर शपथ लिनुको कुनै अर्थ देखिएन’, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले भने, ‘घुस खाने कर्मचारी पक्राउ पर्न कम भएको छैन।’ कर्मचारीले घुस खानै नपाउने व्यवस्था चाहिएको दंगालले जिकिर गरेका छन्। ‘शपथले पुग्दैन, सरकारी सेवामा संरचनागत परिवर्तन र सुधारको खाँचो छ’, उनले भने, ‘बाहिर घुस खान्नँ भने पनि अन्तर्आत्मादेखि त्यो अभिव्यक्त भएको छैन।’ अाजकाे अन्नपूर्ण पाेस्टमा खबर रहेकाे छ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...