• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, पुष ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु

कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा

नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

  • २. जेन्जी आन्दोलनलाई संस्थागत गर्न मिरज ढुगांना संयोजक घोषित

  • ३. नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन

  • ४. गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

  • ५. भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

  • ६. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

  • ७. कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा

  • ८. पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

  • ९. मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु

  • १०. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

बिपी राजमार्गमा बस दुर्घटना, तीनको मृत्यु छ जना गम्भीर घाइते (अपडेट)


  •   शुक्रबार, असोज २६, २०७५ मा प्रकाशित
  • सिन्धुली : बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ५ रिठ्ठेभिरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ। ६ जना गम्भीर घाइते छन्। एकजना बेपत्ता छन्।

    Advertisement

    दुर्घटनामा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ८ का २८ वर्षीय रवि खड्का, मरिण गाउँपालिका ७ का रतनबहादुर लामाका दुई छोरा राजकुमार लामा र अभित लामाको मृत्यु भएको हो। राजकुमार बसका चालक हुन्।

    खड्काको घटना स्थलमै र लामा दाजुभाइको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए। मृतक लामाका माइलो भाइ आशिष लामा गम्भीर घाइते छन्।

    ‘सिन्धुलीको मरिणबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बासुकी यातायातको बस रिठ्ठेभीरबाट सुनकोसी नदीमा खस्दा खड्का र लामा दाजुभाइको मृत्यु भएको छ,’ प्रवक्ता थापाले भने।

    रिठ्ठेभिरमै २०६७ साल असोज २६ गते सिन्धुलीबाट काठमाडौं यात्रु लिएर जाँदै गरेको बस दुर्घटना हुँदा ४१ जनाको घटना स्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो।

    त्यसको केही दिन अघि सोही ठाउँमा बस दुर्घटना हुँदा १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो। सोही स्थानमै शुक्रबार पुनः दुर्घटना हुँदा थप तीन जनाको मृत्यु भएको हो। एकै स्थानमा भएको दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको थापाको भनाइ छ। एक सय ५० बढी घाइते भइसकेका छन्।

    शुक्रबार मरिणबाट दसैंमा घर फर्कने यात्रु लिन काठमाडौँ हिँडेको बस काठमाडौँबाट सिन्धुलीको फिक्कल गाउँपालिका ३ खाङ्साङ तर्फ आइरहेको ९९ प २५५७ नम्बरको मोटर साइकलसँग ठोक्किदा सुनकोसी नदीमा खसेको थियो।

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चाकल फिक्कल गाउँपालिका ३ खाङ्साङका देवेन्द्र विक, बसमा सवार मरिण गाउँपालिका सिन्धुलीका बसका सहचालक विजयकुमार थोकर लगायतका ६ जनालाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल र काठमाडौं पठाइएको छ।

    दुर्घटना भएको मोटरसाइकल सडक नजिकै अड्किएको थियो भने बस नदीमा डुबेको छ। बसमा चार यात्रु र चार स्टाफ गरी आठजना सवार रहेको प्रहरीको भनाइ छ।

    प्रहरीले मृतकबाहेक मोटरसाइलकमा सवारसहित ६ जना घाइतेको उद्धार गरेको र एकजना बेपत्ता रहेको जानकारी दिएको छ। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।

    मृतको शव सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। बसका अधिकांश भागहरु सुनकोसी नदीमा डुबेकाले बसमा कोही भए नभएको एकिन गर्न कठिन भएको प्रहरीको भनाइ छ।

    शुक्रबार, असोज २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने
    सापडाडाका अशक्त दिलिपलाई घरमै पुगेर नागरिकता

    लोकप्रिय

    • १.
      अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

    • २.
      जेन्जी आन्दोलनलाई संस्थागत गर्न मिरज ढुगांना संयोजक

    • ३.
      नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ

    • ४.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • ५.
      भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम

    • ६.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • २.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    • ३.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • ४.
      भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

    • ५.
      अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

    • ६.
      पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

    • ७.
      मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु

    • ८.
      कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation