• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

लोकप्रिय समाचार

  • १. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • २. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

  • ३. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ४. नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

  • ५. राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

  • ६. विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

  • ७. पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

  • ८. भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

  • ९. रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

  • १०. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै


  •   मङ्गलबार, जेठ २८, २०८२ मा प्रकाशित
  • प्युठान। प्युठान जिल्लाका ग्रामीण क्षेत्रहरूमा कालोपत्रे सडकहरू विस्तार हुँदै गएका छन् । यसले स्थानीय जनजीवनमा उल्लेखनीय सुधार ल्याएको छ ।
    ऐरावती गाउँपालिका–१ को चेरनेटा–पुरन्ठाँटी–जोगिटारी सडकअन्तर्गत कैरनदेखि पकला (पिकनिक पार्क) खण्डमा हालै कालोपत्रे सम्पन्न भएको छ । ८ करोड २६ लाख रुपियाँ लागतमा सडक पूर्वाधार विकास कार्यालय, प्युठानमार्फत निर्माण भएको यो सडकको बाँकी ३ किलोमिटर खण्ड कालोपत्रे भएपछि बरौला केन्द्रसम्मको पहुँच सहज हुने कार्यालय प्रमुख चन्द्र शाहले जानकारी दिनुभयो । यसअघि चेरनेटा–कैरन खण्डको ६ किलोमिटरमा कालोपत्रे भइसकेको थियो ।
    सरुमारानी गाउँपालिकाले बड्डाँडा–ऐरावती मन्दिर सडकको १७ किलोमिटर खण्ड कालोपत्रे गर्ने योजना अघि सारेको छ । हाल ओखरडाँडा–गुरुङडाँडा जोड्ने २ हजार ३५० मिटर सडक कालोपत्रे प्रक्रियामा छ ।
    बड्डाँडा–रानीपौवा, बड्डाँडा–जस्पुर, दर्भान–रत्ने, मैदान–बर्नवीर खण्डहरूमा गरी हालसम्म ३ हजार १६० मिटर कालोपत्रे भइसकेको इञ्जिनियर सुवास गौतमले जानकारी दिनुभयो ।उहाँका अनुसार ८ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।
    नौबहिनी गाउँपालिकामा सडक विकासको काम तीव्र गतिमा अघि बढ्दैछ। प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलका अनुसार बहाने बजार क्षेत्रमा १ करोड रुपैयाँ लागतमा ५ सय ७२ मिटर पक्की नाला सहितको सडक ढलान सम्पन्न भइसकेको छ। यसअघि २०७८/७९ मा ६० लाख रुपैयाँ खर्चेर बहाने लिघा सडक ३ सय ७५ मिटर बनाइएको थियो भने बहाने–लुङ्ग सडक ५० लाखमा ३ सय ७० मिटर कालोपत्रे गरिएको छ। संघीय समपुरक कार्यक्रमअन्तर्गत बहाने डाम्री–सिर्प सडकमा २ करोड ७६ लाखभन्दा बढी रकमको ठेक्का गरी २ किलोमिटर कालोपत्रे र अन्य आवश्यक कामहरू जारी छन्। प्रदेश समपुरक अन्तर्गत बहाने लुङ्ग तुषारा सडकमा ४८ लाख रुपैयाँभन्दा बढी खर्चेर ४ सय ९५ मिटर पक्की नाला सहितको कालोपत्रे भइरहेको छ भने बल्ले–मैरामारे रोल्पा सडकमा ५१ लाख रुपैयाँको लागतमा ५० मिटर आरसिसी ढलानसहित ३ सय मिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ।
    गौमुखी गाउँपालिकामा ठूलाबेसीको पुलदेखि पूजा स्थलतर्फको ८ सय मिटर सडक कालोपत्रे गरिएको छ ।
    मल्लरानी गाउँपालिकाले खलङ्गादेखि मल्लरानीसम्मको ५ किलोमिटर सडक कालोपत्रे गरेको छ । ४ करोड रुपैयाँ लागतमा सम्पन्न भएको उक्त सडकसँगै खलङ्गा–जोगिटारी १९ किलोमिटर सडक पनि राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (क्ल्च्त्) अन्तर्गत कालोपत्रे गरिएको छ ।
    स्वर्गद्वारी नगरपालिकाले हालसम्म ४ हजार ८ सय ९३ मिटर सडक कालोपत्रे गरिसकेको जनाएको छ । स्वास्थ्य चौकी–प्रहरी चौकी, एकेडेमी–नयाँ बसपार्क, धर्मशाला–मालुङ, जिमुरपाटा, स्वास्थ्य केन्द्र–घुम्ती मार्गलगायत सडकहरू कालोपत्रे गरिएको प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टराईले जानकारी दिनुभयो। भिङ्री–स्वर्गद्वारी पर्यटकीय सडक पनि कालोपत्रे भएको छ ।
    प्युठान नगरपालिकाले विभिन्न वडामा गरी ३ किलोमिटर सडक कालोपत्रे गरिसकेको छ । इञ्जिनियर प्रेम नारायण पौडेलका अनुसार चालु आर्थिक वर्षभित्र थप २ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य छ । बाग्दुला–दम्ती सडक पनि कालोपत्रे गरिएको हो ।
    २०६४/६५ सालदेखि जिल्लाभरि जिविस, गाविस र स्थानीय तहबाट ग्रामीण सडक विस्तार भइरहेको छ । गरिबी निवारण कोषबाट समेत सडक निर्माण भएका छन् । सडक पूर्वाधार कार्यालय प्युठानका अनुसार जिल्लाभित्र अधिकांश ट्याकओपन गरिसकिएको छ र स्तरोन्नतिको काम भइरहेको छ ।
    ग्रामीण सडक विस्तारसँगै स्थानीय आवतजावत सहज भएको छ । कृषकहरूले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन सक्षम भएका छन्। पक्की सडकको पहुँचले गाउँको समग्र जीवनशैली नै फेरिदिएको छ ।

    Advertisement

    मङ्गलबार, जेठ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा
    विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति
    झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा
    भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान
    पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन
    राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    लोकप्रिय

    • १.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • २.
      मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने

    • ३.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • ४.
      नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

    • ५.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ६.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न

    भर्खरै

    • १.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    • ३.
      झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    • ४.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • ५.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ६.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ७.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ८.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation