• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ८. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

ज्योति मगरको व्यंग्य : ‘अर्कोपटक सुनको घोडा चढेर आउँछु’


  •   मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मीमा जारी महोत्सवमा चर्चित लोकदोहोरी गायिका ज्योति मगरले आफ्नो प्रस्तुति मात्र होइन, अनौठो घोषणाले पनि दर्शकको ध्यान खिचेकी छिन् । भीडले भरिएको स्टेजमा धमाकेदार प्रस्तुति दिएपछि उनले हँसिलो शैलीमा भनिन्, ‘अहिलेसम्म गाडीमै आएको थिएँ, अब अर्को पटक त सुनको घोडामै आउँछु । ’    उनको यो भनाइले दर्शकबीच हाँसो र तालीको गुन्जायमान भयो । खुला बोली र फरक स्टाइलका कारण सदैव चर्चामा रहने ज्योति मगरको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा पनि भाइरल बन्दैछ।    हिजो अर्थात सोमबार वैशाख १५ गते आफनो प्रस्तुती दिन गुल्मी पुगेकी मगरले दिएको अभिव्यक्ति व्यङ्यात्मक थियो । उनको यो भनाइ सोहि कार्यक्रममा हेलिकप्टर मार्फत पुगेका गायक दुर्गेश थापालाई लक्षित थियो ।    पछिल्लो समय बिरलै एउटै मञ्चमा नदेखिने गरेका गायिका ज्योति मगर र दुर्गेश थापाको एकै दिन पालो परेको थियो । सोहि क्रममा थापा हेहिकप्टरमा महोत्सवमा आएका थिए ।    उनि साढे दुई बजे आएका थिए । सिधै स्टेजमा गएर करिब डेढ घण्टासम्म आफना प्रस्तुती राखे ।    उनि त्यस लगत्तै फर्कि हाले । करिब साढे चार बजे गायिका मगर आफनो प्रस्तुती दिन महोत्सवमा पुगेकी थिइन ।    सो क्रममा उनले कैयौं गीतहरु प्रस्तुत गरिन । प्रस्तुती राख्ने क्रममा उनले अत्यतिर व्यंग्य प्रहार भनेकी थिइन, ‘ज्योति मगर थोत्रो कारमा आउदै, लोकल कलाकार चप्पल पडकाउदै आउदै आउने यहिँ हो पफमेन्स गर्ने यहि हो, आउदै भने सक्कि गो ।’    उनले भनिन, ‘अनि म कन्फ्युज हुन्छु के थाहा छ मान्छेहरुले दुर्गेश थापा हेर्न आइजा भनेको हो की हेलिकप्टर हेर्न आइजा भनेको हो ।’ ज्योति मगर ज्योती मगर हो ।    यस क्रममा उनले भनिन, ‘नेपालमा हेर्न लायक भनेको दुर्गेश थापा चढ्ने हेलिकप्टर र ज्योति मगर ।’ त्यसैले अर्को पटक मैले सोचि रहेको छु के एस्सो मिलाएर सुनको घोडा चढेर आउ की भनेर सोचि रहेको छु ।     मैलाको प्रचारप्रसार गर्ने मान्छेले गरोस के ज्योति मगर त सुनको घोडामा चढेर आउदै भनेर उनले थपिन, ‘शान्तिश्री परियार त पित्तलको हात्तिमा चढेर आउदै बिर्सेर फेरि एक सिङे गैडामा चढेर आउदै भनेर भन्न हुदैन है मलाइ त एक सिङे गैंडा सित डर लाग्छ है ।’ यत्ति भनेर उनले कार्यक्रम सकिएको छैन एक छिन बस्नुस भनेर दर्शकलाई आग्रह गरेकी थिइन ।    उनको यो भनाइ गायक थापा र गायिका शान्तिश्री परियारलाई व्यंग्य लक्षित गरेको पाइन्छ । उनको भनाई सामाजिक संजालमा भाइरल बन्न लागेको छ ।    गुल्मी महोत्सवमा उनको प्रस्तुति हेर्न टाढा–टाढाबाट दर्शक आएका थिए । ज्योति मगरले आफ्ना चर्चित गीतहरू गाएर महोत्सवमा झनै रौनक थपेकी थिइन । आयोजकहरूका अनुसार महोत्सवमा यस वर्ष देशभरका चर्चित कलाकारहरूको सहभागिता रहेको जनाएको छ ।     गुल्मीमा कृषि, पर्यटन उद्योग र व्यापार प्रवद्र्धन गर्न भन्दै वैशाख ५ गतेदेखि सञ्चालन भइरहेको महोत्सव वैशाख १७ गतेसम्म चल्नेछ । आयोजकले महोत्सवलाई केहि दिन थप्ने तयारी समेत गरेको छ ।    गुल्मी चेम्बर अफ कमर्सको आयोजना र जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.ली बुटवल, रूपन्देहीको व्यवस्थापनमा महोत्सव सञ्चालन भइरहेको छ । जिल्लामा भएका मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।     महोत्सवमा स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीको प्रदर्शन गरिनुका साथै कृषि उत्पादनको प्रदर्शन गरेर बजारीकरणमा टेवा पु¥याउने आयोजकले लक्ष्य लिएको गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए ।    महोत्सव अवधीभर सांस्कृतिक कार्यक्रममा लोकप्रिय कार्यक्रम इन्द्रेणी टिम सहित विभिन्न विधाका झण्डै एकसय बढी कलाकारको प्रस्तुती रहने भएको आयोजकले जनाएको छ ।     महोत्सवबाट ३० करोडको आर्थिक कारोबार र डेढ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको ।  महोत्सवमा टिकट शुुल्क विद्यार्थी ५० रुपैयाँ र अन्य व्यक्तिलाई १०० रुपैयाँ लाग्नेछ ।   ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइएको आयोजकले जनाएको छ । महोत्सवको ११औं दिन दुर्गेश थापा आउने भनेर प्रवेश शुल्क दोब्बर बनाइएको थियो ।    शुल्क दोब्बर बनाइए पनि दर्शकहरु उल्लेख्य मात्रामा प्रवेश गरेका थिए । 

    Advertisement

    मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation