• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य


  •   सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
  • दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि प्रदेश सरकारले रैथाने बालिको संरक्षण र प्रवर्द्धनमा आधारित नीति लिने बताउनुभएको छ।
    ‘समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली उन्मुख नेपाल : स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच’ नारासहित आयोजित खाद्य प्रणाली संवाद कार्यक्रममा उहाँले रैथाने अन्नमा पोषणको मात्रा बढी रहेको उल्लेख गर्दै खेती प्रणालीलाई अर्गानिक बनाउनुपर्नेमा जोड दिनुभयो। मुख्यमन्त्री आचार्यले जनस्तरमा अभियान सञ्चालन गर्न विशेष योजना बनाइने, विद्यालय तहदेखि नै पोषण शिक्षामा जोड दिइने र सबै तीन तहका सरकार, सामाजिक संघसंस्था तथा समुदायको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
    उहाँले मकै, गहुँ, फापर, जौं, कोदोजस्ता रैथाने अन्न ओझेलमा परेको भन्दै संरक्षण र प्रयोगलाई प्राथमिकतामा राखिने स्पष्ट गर्नुभयो। विषादीरहित उत्पादन र पोषणयुक्त खाद्यतर्फ नीति केन्द्रित गरिने उहाँको भनाइ थियो।
    प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अशल खानपान सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइयो।
    खाद्य अवस्था सम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उपसचिव घनश्याम चौधरीले लुम्बिनी प्रदेश खाद्यान्न, माछा, मासु र दूधमा आत्मनिर्भर भए पनि अन्य क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभयो।
    चौधरीका अनुसार प्रदेशमा पुड्कोपना २५ प्रतिशत, ख्याउटेपन १६ प्रतिशत, कमतौल २३ प्रतिशत र पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पता ४९ प्रतिशत रहेको छ। १५–४९ वर्ष समूहका महिलामध्ये ४४ प्रतिशतमा पनि रक्तअल्पता देखिएको छ।
    राष्ट्रिय योजना आयोगका चन्द्रप्रकाश बस्नेतका अनुसार नेपाल हाल विश्व खाद्य जोखिम सूचकांकमा १२औं स्थानमा छ, र कुल जनसंख्याको ५७ प्रतिशत मात्र खाद्य सुरक्षाको अवस्थामा छन्।
    कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, डब्लुएचएचका कन्ट्री डाइरेक्टर शकिब नबी, लुम्बिनीका विभिन्न स्थानीय संघ-संस्थाका प्रमुख तथा सरोकारवालाहरूले खाद्य सुरक्षालाई विकासको आधार मान्दै नीतिगत हस्तक्षेप आवश्यक रहेको धारणा राखे।
    नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष शुक्रऋषि चौलागाईंले खाद्यान्न आयात नियन्त्रण र उत्पादन सन्तुलनमा जोड दिनुभयो। किशोरी लक्षित पोषण नीति आवश्यक रहेकोमा पनि वक्ताहरूको ध्यानाकर्षण भयो।

    Advertisement

    सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation