• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य

तिलोत्तमा नगरपालिकाको नयाँ नीति : युवा, कृषि र शिक्षा प्राथमिकतामा

चन्द्रौटामा सडक दुर्घटना रोक्न डिभाइडरमा रेडियम स्टीकर

एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

गुल्मीमा आमाको दूध प्रतिस्थापन ऐनबारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

दैलेखमा ठूलो परिमाणको मिथेन ग्यास भण्डारण रहेको पुष्टि

सरुमारानीमा १८ किसानलाई हाते ट्याक्टर

मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा भुक्तानी

प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान : युवा संघको ध्यानाकर्षण

लोकप्रिय समाचार

  • १. टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

  • २. अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

  • ३. मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा भुक्तानी

  • ४. रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

  • ५. मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

  • ६. पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

  • ७. प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

  • ८. प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान : युवा संघको ध्यानाकर्षण

  • ९. सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

  • १०. भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको काम तिब्र


  •   मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
  • बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको कामले तीव्रता पाएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा भवन निर्माण कार्य थालिएको हो। अस्पताल भवनको शिलान्यास गत भदौ १५ गते गरिएको थियो।
    प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगसन सँग २०८० पुस २६ गते भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । शिलान्यास भएको पाँच महिनाको अवधिमा १३ प्रतिशत काम पूरा भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका साइट इञ्चार्ज इञ्जिनियर शंकर सुवेदीले जानकारी दिनुभएको छ । सम्झौता अनुसार १२ तले बन्ने यो भवन २०८५ पुस मसान्तसम्म सम्पन्न हुनुपर्नेछ ।
    हाल दैनिक २१० जना कामदारहरू काममा खटिएका छन् । अहिले सबभन्दा तल्लो बेसमेन्टको काम भइरहेको छ । यसका लागि रड बुन्ने, बिच्छ्याउने, पिलर उठाउने र भुइँ ढलान गर्ने कार्य भइरहेको हो । नयाँ भवनको सबभन्दा माथि हेलिप्याड हुनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सी वार्डमा आउजाउ गर्न मिल्ने लिफ्ट पनि निर्माण हुनेछ। बेसमेन्टको कामसँगै लिफ्टका लागि पिलर उठाउने कार्य पनि भइरहेको छ ।
    नयाँ भवन बनेपछि ओपिडी, इमर्जेन्सी सेवा यहीँबाट प्रदान गरिनेछ। ग्यास्ट्रो, न्युरो, कार्डियोलोजी लगायत सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन गरिनेछ। हाल उपचारका लागि प्रयोग गरिएका तीनवटा भवनका सेवा नयाँ भवनमा सारिने छ। पुराना भवनहरू डायग्नोस्टिक एन्ड रिसर्च, प्रसूति तथा महिला र बाल रोग उपचारका लागि प्रयोग गरिनेछ । त्यस्तै, अहिले निर्माण भइरहेको भवनको दक्षिणतर्फ क्यान्सर उपचारका लागि छुट्टै भवन निर्माण हुनेछ, जसको पनि जग खन्ने कार्य भइरहेको छ । उक्त भवन पाँचतले हुनेछ र एक सिंगल बेसमेन्ट रहनेछ । यसैबीच,लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणाधीन स्थलको अनुगमन गर्नुभएको छ । मंगलबार आयोजना स्थलमा पुग्नुभएका मुख्यमन्त्री आचार्यले कामको प्रगतिबारे जानकारी लिनुभयो । आयोजना स्थलको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले काम सन्तोषजनक ढंगले अघि बढिरहेको बताउदै ‘यही हिसाबले काम अघि बढ्यो भने तीन वर्षभित्र भवन सम्पन्न हुनेछ भन्ने आशा जागेको छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘यही आर्थिक वर्षमा २८ प्रतिशतसम्म काम सम्पन्न गर्ने रिपोर्टिङ प्राप्त भएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा यो भवन निर्माणका लागि एक अर्ब ८० करोड बजेट विनियोजन गरेको छ ।

    Advertisement

    मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तिलोत्तमा नगरपालिकाको नयाँ नीति : युवा, कृषि र शिक्षा प्राथमिकतामा
    दैलेखमा ठूलो परिमाणको मिथेन ग्यास भण्डारण रहेको पुष्टि
    सरुमारानीमा १८ किसानलाई हाते ट्याक्टर
    कृषकको पहुँच बैंकसम्म पुर्‍याउन अभियान चलाइने
    प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने
    पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

    लोकप्रिय

    • १.
      टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

    • २.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा

    • ३.
      मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा

    • ४.
      रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

    • ५.
      मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

    • ६.
      पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

    भर्खरै

    • १.
      आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य

    • २.
      तिलोत्तमा नगरपालिकाको नयाँ नीति : युवा, कृषि र शिक्षा प्राथमिकतामा

    • ३.
      चन्द्रौटामा सडक दुर्घटना रोक्न डिभाइडरमा रेडियम स्टीकर

    • ४.
      एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

    • ५.
      गुल्मीमा आमाको दूध प्रतिस्थापन ऐनबारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

    • ६.
      दैलेखमा ठूलो परिमाणको मिथेन ग्यास भण्डारण रहेको पुष्टि

    • ७.
      सरुमारानीमा १८ किसानलाई हाते ट्याक्टर

    • ८.
      मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा भुक्तानी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation