बिदेशमा रहेको प्रदेशीलाई सम्झना गर्दै मेनुका राइको” पर्देशी जीवन सार्बजनिक

काठमाडौँ, नजिकिदो दशै मौसम छ, त्यही माथी अहिले सबै कलाकारहरुको ब्यस्तता बढ्न थालेको छ । तर चर्चित गायिका मेनुका राई भने बिदेशमा रहेको आफ्नो प्रदेशीलाई सम्झेर बिलौना पोखाउछीन् ।

नेपाली समाजमा देखा परेको यथार्थता अर्थात धन कमाउने आसमा महान पर्व दशै तिहार जस्ता चाड पनि सँगै मनाउन नपाएको आशय समेटिएको मेनुका राईको आवाजमा रहेको नयाँ गीत परदेशी जीवन सार्वजनिक भएको छ ।

सो गीतमा विदेशीएका आफन्तले परदेशमा गर्ने मेहनत र दुःखको भावना समेटिएको छ । मिरादेवी राईको शब्द संगीत तथा राजु कार्कीको एरेन्ज गरेको गीत उपहार स्वरुप भर्खरै बजारमा आएको छ ।

सो भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने दिपक विष्टको सम्पादन रहेको छ । भिडियोमा हिरा राई, उमेश राई र काजीस श्रेष्ठको अभिनय रहेको छ । भिडियोलाई काजीस श्रेष्ठले नै निर्देशन गरेका छन् ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...