• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

यो बर्ष ‘घुम्न जाउँ बर्दिया’


  •   शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
  • दाङ। लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले यसबर्ष ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारले यो कार्यक्रमलाई आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको थियो ।
    बर्दियामा पर्यटकको संख्या बढाएर प्रदेशको आर्थिक समृद्धि बढाउने लक्ष्यसहित प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सुरु गर्न थालेको हो । यो अभियान आगामी २९ गतेदेखि प्रारम्भ हुने भएको छ । बर्दियाको ठाकुरद्धारामा यो अभियानको सुरुवात गरिने उद्योग पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ ।
    उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको बर्दियामा पर्यटकहरुको थप आकर्षण बढाउन यो अभियान सुरु गर्न थालिएको बताए । ‘लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मध्यको एक बर्दिया जिल्ला हो, यहाँ पर्यटकहरुलाई आकिर्षित गर्ने धेरै इभेन्टहरु छन्’, मन्त्री न्यौपानेले भने,‘यो बर्ष बर्दियामा धेरै भन्दा धेरै पर्यटकहरुलाई भित्र्याएर समग्र प्रदेशको आर्थिक समृद्धिको लक्ष्य हामीले लिएका छौँ।’
    एक बर्षे अभियानमा सरकारले बर्दियाका पर्यटकीय थलोहरुका बारेमा पर्यटकहरुलाई जानकारी दिने गरि प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गरिने भएको छ । बाह्य पर्यटकहरुलाई बर्दियामा आकर्षित गर्नका लागि प्रचारात्मक कार्यक्रम गरिने र यहाँ आउने पर्यटकहरुको सहजताका लागि सम्बन्धीत पक्षसंग समन्वय गरिने मन्त्री न्यौपानेले जानकारी दिए ।
    ‘बर्दिया जिल्लामा बाह्य पर्यटकहरु ल्याउनका लागि बर्दिया जिल्लाका पर्यटकीय स्थलहरुका बारेमा सूचना प्रदान गरिनु पर्यो, यसका लागि प्रचारात्मक कार्यक्रमलाई बढावा दिईने छ’, मन्त्री न्यौपानेले भने,‘यसका लागि बर्दियामा रहेका पर्यटकीय स्थलका बारेमा विभिन्न माध्यमबाट पर्यटकहरुलाई जानकारी गराउने काम हुनेछ ।’
    पर्यटकहरुको बर्दियामा प्रमुख आकर्षण भनेको यहाँ पाईने बाघ हो । बाघ हेर्नका लागि बर्दियामा पर्यटकहरु बढ्ने गरेका छन् । जंगल सफारी गरेर बाघ लगाएतका जंगली जनावर हेर्न सकिने यो जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा बर्दिया राष्ट्रिय निकुन्ज मानिन्छ । यसैगरि बर्दियाको दौलतपुर घाटमा पाईने डल्फिन बा्हय पर्यटकहरुका लागि थप आकर्षणको केन्द्र बन्ने गरेको छ ।
    यो घाटमा डल्फिन देखिने गरेको छ । यसैगरि बर्दियामा कृष्णसार देख्न सकिन्छ । कृष्ण सार संरक्षण क्षेत्र बनाएर कृष्णसारको संरक्षणका लागि पहल गरिँदै आएको छ । यसका साथै जिल्लामा रहेका विभिन्न होमस्टेहरु पर्यटकहरुलाई आकर्षित गर्ने थप आकर्षणका केन्द्र हुन् । यि होम स्टेहरुमा स्थानीय परिकारको स्वाद लिन पाईन्छ ।
    यसैगरि व्यवसायिक रुपमा कृषी क्षेत्रलाई अगाडी बढाएका विभिन्न स्थलहरु अवलोकन तथा कृषी अध्ययनका लागि पर्याप्त छ । स्थानीय कला संस्कृति झल्कने थारु नृत्य पनि बर्दियाको अर्को आकर्षणको केन्द्र हो । ‘बर्दियाामा मुख्यगरि बाघ हेर्न पाईन्छ, बाघ लगाएत अरु जनावर जंगल सफारी गरेर हेर्न पाईन्छ’, मन्त्री न्यौपानेले भने,‘जंगलसफारी बर्दियाको प्रमुख आकर्षण हो, यससंगै कृष्णसार,डल्फिनको अवलोकन संगै यहाँका होम स्टेहरुमा पाईने स्थानीय परिकारको स्वाद तथा थारु संस्कृतिको नाच यो जिल्लाका पर्यटकीय आकर्षणका केन्द्र हुन्, यी क्षेत्रहरुको प्रवर्धन गरेर बर्दियामा पर्यटक भित्र्याउने लक्ष्य मन्त्रालयको छ ।’ यसैगरि धार्मिक पर्यटन अन्तर्गत बर्दियामा विभिन्न पुरातात्वीक धार्मिक धामहरु समेत बर्दियाका थप आकर्षण हुन् ।
    बर्दियामा पर्यटकहरु भित्र्याउनका लागि उद्योग , पर्यटन तथा यातायात मन्त्रालयले सामाजिक सञ्जाललाई भरपूर प्रयोग गर्ने भएको छ । सामाजिक सञ्जाल मार्फत यहाँका पर्यटकीय थलोहरुका बारेमा जानकारी दिने लक्ष्य लिएको मन्त्रालयले यो प्रचारले यहाँको पर्यटकीय क्षेत्रहरुका बारेमा विदेशी पाहुना पर्यटकहरुलाई जाारी हुन जनाएको छ ।
    यसैगरि छिमेकी मुलुक भारतीय सीमा क्षेत्रमा बर्दियाको पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि प्रचारात्मक अभियान समेत थालिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्यक्रमका लागि स्थानीय तहहरुसंग समन्वय गर्ने भएको छ । स्थानीय तहहरुले पर्यटकीय स्थलको प्रचार प्रसार संगै पर्यटकहरुको उचित बसोबासको व्यवस्थापनका लागि तथा पर्यटकीय स्थलहरुको अनुगमनका लागि समन्वय गर्ने छन् । यसैविच मन्त्रालय र बर्दियाका स्थानीय तह तथा सरोकारवालाहरुविच शुक्रबार बर्दियामा समन्वयात्मक बैठक समेत गरिएको छ ।

    Advertisement

    शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation