• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

प्युठानमा शुरु भयो सराएँ नाँच


  •   सोमबार, असोज २८, २०८१ मा प्रकाशित
  • प्युठान। प्युठानका विभिन्न कोटघर र देवीका मन्दिरहरुमा हतियार जुधाएर नाच्ने परम्परागत सरायँ नाच सुरु भएको छ । दसैँ/तिहारसँगै प्युठानमा नाचिने सरायँ नाचले सबैतिर रौनकता बढाएको छ ।
    दसैँको नवमी र दशमीको दिनमा यहाँका ऐतिहासिक कोटघर, दुर्गा र कालिका मन्दिरहरूमा राखिएका ऐतिहासिक हतियारहरु प्रदर्शन गर्दै पञ्चेबाजाको तालमा नाच्दै मन्दिर परिक्रमा गर्ने चलन रहेको छ। कोटहरुमा परेवा उडाउने र  पशुबली पनि दिने गरिन्छ । दसैँको अस्टमी र नवमीका दिनमा पशुबली दिने र दशमीका दिनमा टीका लगाइसकेपछी एकादशीदेखि पूर्णिमासम्म कोटघर, दुर्गाभगवतीका शक्तिपीठहरु सरायँको रमझम र पञ्चेबाजाको धुनले गुल्जार बन्छन । हातमा तरवार, खुँडा बोकेकाहरू एकअर्काको ढाड जोडाउँदै नाच्छन्।  ‘वाखै’ भन्दा छुट्टिने र ‘ह’ भन्दा ढाड जोड्ने गरिन्छ । यो क्रम तिहारपछिको पूर्णीमा सम्म चलिरहन्छ।
    १३औँ शताब्दिमा प्युठानको भित्रीकोट राज्यका शासक  जाँट बंशिय राजाको राक्षसी स्वभावका विरुद्ध एकताबद्ध भएर जनताले तरवार उठाएको घटनासँग यो सरायँ नाच जोडिएको छ ।
    मानवरूपी राक्षसले वर्ष-वर्षमा एउटा मान्छेको मासु खाने गरेको र एक जनाले आफ्ना बाबु नपठाएर आफैँ पुण्यखोला डल्ले भन्ने स्थानमा गई तरवारले राक्षसलाई नै मारेपछि यसैको खुसियालीमा चार गाउँबाट स्थानीय तरवार लिई वाख्यै/वाख्यै भन्दै नाच्दै खुसियाली मनाएको किम्बदन्ती रहेको छ ।
    यसैबेलादेखि निरन्तर सरायँ नाच्ने गरिएको स्थानीय तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशील पोखरेलले बताउनुहुन्छ।
    डल्लेबाट आरम्भ भएको सरायँ नाच्ने मेला जिल्लाका विभिन्न स्थानमा लाग्ने गर्दछ । उहाँले भन्नुभयो, ‘यो एक विजयोत्सव जस्तै नै हो, गाउँका कोट, डाँडाहरूमा  बाजाको तालमा ‘ऊ खै ऊ खै गर्दै….’ सरायँ नाच्ने गरिन्छ,’ ‘परापूर्वकालदेखि यो अहिलेसम्म चलिरहेको छ।’ डल्लेमा देखाईने सरायँ नाच जिल्लाकै सबैभन्दा ठूलो हो । नेता वामदेव गौतमले २०७० सालदेखि प्रतियोगिताकै रुपमा सरायँ नाच संचालन गरेपछि दर्शकहरुको आकर्षण वर्षेनी बढ्दो छ ।
    पछिल्लो समय प्युठान नगरपालिकाले नाचको व्यवस्थापन गर्दै आएको छ । आवश्यक बजेट बिनियोजन गरेर पालिकाले मेलाको संरक्षण र व्यवस्थापन गर्दै आएको नगर प्रमुख विष्णु योगीले बताउनुभयो । डल्ले मेलामा सरायँ टोलीबीच प्रतिस्पर्धा गराईने र सबैभन्दा राम्रो नाच देखाउने टोलीलाई पुरस्कार दिने गरिएको उहाँले बताउनुभयो ।
    हरेक वर्ष तिहारको भाइटीकाको भोलिपल्ट डल्लेमा सरायँ नाचिन्छ । पुरुष मात्र नभएर अहिले महिलाले समेत सरायँ नाच्न थालेका छन् । दसैँ/तिहार मनाउन देश/विदेशबाट घरमा आएकाहरू डल्ले, बडारपाटाको सरायँ हेरेर मात्र फर्कने चलन छ । बडारपाटाको सरायँ भाइटीकाको दुई दिनपछि लाग्ने गर्दछ ।
    जिल्लाका कोट नाम गरेका ठाउँहरू बिजुलीकोट, नारिकोट, तुषाराकोट, भित्रीकोट, बाँदीकोट, ओखरकोट, भिङ्रीकोट, लगायतका स्थानको नाम सरायसँग जोडिएर आउँछ । प्यूठानमा जम्मा ३८ ओटा कोटहरु छन । अग्लो ठाउँमा रहेका कोटमा शासकहरुको  इतिहास र देवीका मन्दिरमा देवीदेवताका प्रतीकहरू जोडिएका छन् ।
    देवीको  विशेष शक्ति रहेको बिश्वास गरिने ती ‘कोट’हरुमा परापुर्व देखि नै सरायँ खेल्ने र पूजा गर्ने परम्परा रहेको स्थानीय बताउछन।

    Advertisement

    सोमबार, असोज २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation