• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

प्युठानमा शुरु भयो सराएँ नाँच


  •   सोमबार, असोज २८, २०८१ मा प्रकाशित
  • प्युठान। प्युठानका विभिन्न कोटघर र देवीका मन्दिरहरुमा हतियार जुधाएर नाच्ने परम्परागत सरायँ नाच सुरु भएको छ । दसैँ/तिहारसँगै प्युठानमा नाचिने सरायँ नाचले सबैतिर रौनकता बढाएको छ ।
    दसैँको नवमी र दशमीको दिनमा यहाँका ऐतिहासिक कोटघर, दुर्गा र कालिका मन्दिरहरूमा राखिएका ऐतिहासिक हतियारहरु प्रदर्शन गर्दै पञ्चेबाजाको तालमा नाच्दै मन्दिर परिक्रमा गर्ने चलन रहेको छ। कोटहरुमा परेवा उडाउने र  पशुबली पनि दिने गरिन्छ । दसैँको अस्टमी र नवमीका दिनमा पशुबली दिने र दशमीका दिनमा टीका लगाइसकेपछी एकादशीदेखि पूर्णिमासम्म कोटघर, दुर्गाभगवतीका शक्तिपीठहरु सरायँको रमझम र पञ्चेबाजाको धुनले गुल्जार बन्छन । हातमा तरवार, खुँडा बोकेकाहरू एकअर्काको ढाड जोडाउँदै नाच्छन्।  ‘वाखै’ भन्दा छुट्टिने र ‘ह’ भन्दा ढाड जोड्ने गरिन्छ । यो क्रम तिहारपछिको पूर्णीमा सम्म चलिरहन्छ।
    १३औँ शताब्दिमा प्युठानको भित्रीकोट राज्यका शासक  जाँट बंशिय राजाको राक्षसी स्वभावका विरुद्ध एकताबद्ध भएर जनताले तरवार उठाएको घटनासँग यो सरायँ नाच जोडिएको छ ।
    मानवरूपी राक्षसले वर्ष-वर्षमा एउटा मान्छेको मासु खाने गरेको र एक जनाले आफ्ना बाबु नपठाएर आफैँ पुण्यखोला डल्ले भन्ने स्थानमा गई तरवारले राक्षसलाई नै मारेपछि यसैको खुसियालीमा चार गाउँबाट स्थानीय तरवार लिई वाख्यै/वाख्यै भन्दै नाच्दै खुसियाली मनाएको किम्बदन्ती रहेको छ ।
    यसैबेलादेखि निरन्तर सरायँ नाच्ने गरिएको स्थानीय तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशील पोखरेलले बताउनुहुन्छ।
    डल्लेबाट आरम्भ भएको सरायँ नाच्ने मेला जिल्लाका विभिन्न स्थानमा लाग्ने गर्दछ । उहाँले भन्नुभयो, ‘यो एक विजयोत्सव जस्तै नै हो, गाउँका कोट, डाँडाहरूमा  बाजाको तालमा ‘ऊ खै ऊ खै गर्दै….’ सरायँ नाच्ने गरिन्छ,’ ‘परापूर्वकालदेखि यो अहिलेसम्म चलिरहेको छ।’ डल्लेमा देखाईने सरायँ नाच जिल्लाकै सबैभन्दा ठूलो हो । नेता वामदेव गौतमले २०७० सालदेखि प्रतियोगिताकै रुपमा सरायँ नाच संचालन गरेपछि दर्शकहरुको आकर्षण वर्षेनी बढ्दो छ ।
    पछिल्लो समय प्युठान नगरपालिकाले नाचको व्यवस्थापन गर्दै आएको छ । आवश्यक बजेट बिनियोजन गरेर पालिकाले मेलाको संरक्षण र व्यवस्थापन गर्दै आएको नगर प्रमुख विष्णु योगीले बताउनुभयो । डल्ले मेलामा सरायँ टोलीबीच प्रतिस्पर्धा गराईने र सबैभन्दा राम्रो नाच देखाउने टोलीलाई पुरस्कार दिने गरिएको उहाँले बताउनुभयो ।
    हरेक वर्ष तिहारको भाइटीकाको भोलिपल्ट डल्लेमा सरायँ नाचिन्छ । पुरुष मात्र नभएर अहिले महिलाले समेत सरायँ नाच्न थालेका छन् । दसैँ/तिहार मनाउन देश/विदेशबाट घरमा आएकाहरू डल्ले, बडारपाटाको सरायँ हेरेर मात्र फर्कने चलन छ । बडारपाटाको सरायँ भाइटीकाको दुई दिनपछि लाग्ने गर्दछ ।
    जिल्लाका कोट नाम गरेका ठाउँहरू बिजुलीकोट, नारिकोट, तुषाराकोट, भित्रीकोट, बाँदीकोट, ओखरकोट, भिङ्रीकोट, लगायतका स्थानको नाम सरायसँग जोडिएर आउँछ । प्यूठानमा जम्मा ३८ ओटा कोटहरु छन । अग्लो ठाउँमा रहेका कोटमा शासकहरुको  इतिहास र देवीका मन्दिरमा देवीदेवताका प्रतीकहरू जोडिएका छन् ।
    देवीको  विशेष शक्ति रहेको बिश्वास गरिने ती ‘कोट’हरुमा परापुर्व देखि नै सरायँ खेल्ने र पूजा गर्ने परम्परा रहेको स्थानीय बताउछन।

    Advertisement

    सोमबार, असोज २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • २.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ४.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ७.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ८.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation