प्युठान। गौमुखी गाउँपालिका-६ लिवाङकी २६ वर्षिय सरिता परियारले प्युठान अस्पतालमा एकै पटक तिम्ल्याहा सन्तान जन्माएकी छन् ।
स्थानीय स्वास्थ्यचौकीले रिफर गरेपछी उनलाई सुत्केरी हुन जिल्ला अस्पताल ल्याइएको थियो। मंगलबार बिहान १३ मिनेटको अन्तरमा सरिताले तीन सन्तानलाई जन्म दिइन् ।
तीन जनामध्ये पहिलो छोरीको तौल १ किलो ८ सय ग्राम, दोस्रो छेारीको २ किलो र तेस्रो छोरीको तौल दुई किलो एक सय ग्राम रहेको छ ।
अहिलेसम्म शिशुसहित आमाको अबस्था राम्रो रहेको अस्पतालले जनाएको छ।
Advertisement