प्युठान। प्युठानको गौमुखी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने भएको छ। चालू आर्थिक बर्ष २०८१/०८२ को प्रथम त्रैमासिकबाट कार्यान्वयन हुने गरी भत्ता वितरण वडास्तरबाटै गर्ने निर्णय गरेको हो।
सामाजिक सुरक्षा भत्ता बितरण गर्न नेपाल एसबीआई बैंक वडा स्तरमा जाने र आबस्यक ब्यबस्थापन पालिकाले गर्ने गरि सहमति भएको गाउपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिनुभयो ।
बैंकका कर्मचारीहरुले नै वडामा पुगेर लाभान्वित व्यक्तिहरुलाई भत्ता उपलब्ध गराउने बताईएको छ।
स्थानीयलाई घरपायक स्थानबाट सामाजिक सुरक्षा भत्ता वितरणको माग गर्दै गौमुखी गाउँपालिकाका जनप्रतिनिधिहरू आन्दोलित भएका थिए। वडाबाटै भत्ता वितरण गर्ने सहमती संगै संघर्षका कार्यक्रमहरु स्थगित गर्ने समझ्दारी भएको छ।
Advertisement
गाउँपालिका र एसबीआइ बैंकबीचको सहमतीपत्र