प्यूठान । माण्डवी गाउँपालिका वडा नंवर ३ ले शंखे किरा समातेर ल्याउनेलाई नगद रकम दिने घोषणा गरेको छ।
वडाका विभिन्न ठाउँमा शंखे किराको प्रकोप देखिएपछि नियन्त्रणका लागी शंखेकिरा समातेर ल्याउने किसानलाई प्रतिकिलो १५ रुपैयाका दरले रकम दिने निर्णय गरिएको वडा अध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिए ।
अध्यक्ष कार्कीले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताए ।
वडाले शंखे किरा निर्मुल पार्ने अभियानमा सहभागी भई बाली संरक्षणमा योगदान पुर्याउन समेत आग्रह गरेको छ ।
Advertisement