• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, पुष २०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन

मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव

गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

लोकप्रिय समाचार

  • १. जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

  • २. जसपा नेपाल र लोसपाबीच एकताको सहमति

  • ३. गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

  • ४. चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

  • ५. क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

  • ६. सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

  • ७. कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

  • ८. राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

  • ९. इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

  • १०. तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन

शहीद नेत्रलाल अभागीको तस्विर अंकित टिकट प्रकाशन


  •   शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
  • दाङ। सरकारले शहीद नेत्रलाल पौडेल अभागीको टिकट प्रकाशनमा ल्याएको छ । राजनीति, शिक्षा साहित्यको माध्यमबाट मुलुकको परिवर्तनमा खेलेको योगदानको कदर गर्दै सरकारले अभागीको तस्विर अङ्कित १० रुपैयाँको हुलाक टिकट प्रकाशनमा ल्याएको हो ।
    इमान्दारिता, निर्भीकता, परिर्तनकारी चेतनाले भरिपूर्ण भएका अभागीले ११ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीति क्षेत्रमा सक्रिय देखिए पनि वि.सं. २०२३ देखि राजनीति र शिक्षण पेशालाई एकैसाथ अगाडि बढाउनुभएको थियो । २०२४ सालमा नारायणपुरस्थित सिद्धरत्न माविको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएका अभागीले जिल्लाको शैक्षिक विकासका लागि योगदान पु¥याउनु भएको थियो । कक्षा कोठामा बढाउँदै गर्दा कारण २०३० सालमा अञ्चलाधीशबाट पक्राउ पूर्जी जारी भएपछि अभागी शिक्षण पेशा छाडेर भूमिगत हुनुभएको थियो ।
    दाङ जिल्लामा वि.सं. २०३६ सालमा भएको आन्दोलनमा नेतृत्व लिनुभएका अभागीले पीडित किसानहरुमा वर्गीय चेतना जागृत गर्न र राजनीतिक सहभागिताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । साहित्यको माध्यमबाट परिवर्तनमा भूमिका खेल्नुभएका अभागीका वि. स. २०४१ मा नर्कको कथा खण्डकाव्य, वि.सं. २०४२ मा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कवितासंग्रह, र वि.सं. २०६२ मा वर्गप्रेम कविता सङ्ग्रह प्रकाशित भएका छन् । यसका साथै शुक्रराज (खण्डकाव्य), जिम्वाल चन्द र हली सेते कामीको कथा (काव्य), गंगाचिनी (महाकाव्य), सगरमाथाको चुचुरोमा टेकेर (कविता सङ्ग्रह), लेखथानसे वैरागी काइला सम (नेपाली कविताहरुको थारु भाषामा अनुवाद) लगायत अन्य थुप्रै रचनाहरु अप्रकाशित छन् । वि.सं. २०४१ साल जेठ ६ गते मृत्यु भएका अभागीलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरेको थियो । अभागीसँगै सरकारले शहीद कामी बुढा, रामवृक्ष यादव र ऐतिहासिक व्यक्तित्व साहना प्रधानसहित विभिन्न प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्विर अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएको छ ।
    टिकट प्रकाशन कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक, सामाजिक परिवर्तनका लागि योगदान गरेका ऐतिहासिक व्यक्तिहरुको सम्मान गर्नु राज्यको प्राथमिक दायित्व भएको बताउनुभएको छ । आजको परिवर्तन हजारौंको रगत, पसिना र आँसुको योगफल भएको उल्लेख गर्दै उहाँले कतिपयले नयाँ पुस्तामा आजको परिवर्तन केही पनि होइन वा यो आफै प्राप्त भएजस्तो गरी सन्देश प्रवाह गर्ने गरेकाले पनि नयाँ पुस्तालाई अग्रजहरुको योगदानको कथा सही रुपमा सुनाउनु र बुझाउनु आवश्यक रहेको बताउनुभयो ।
    मन्त्रालयले हुलाक टिकटमार्फत थोरै भए पनि ऐतिहासिक व्यक्तित्वहरुको सम्मान गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालमा प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलन तथा सामाजिक रुपान्तरणमा अभियानमा योगदान गर्ने थुप्रै ऐतिहासिक व्यक्तित्वलाई आगामी दिनमा संभव भएसम्म राज्यका विभिन्न निकायबाट सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    हुलाक विभागका महानिर्देशक प्रदीपराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्रीहरु दिनानाथ शर्मा र रामकुमारी झाँक्री, शहीद रामवृक्ष यादवका छोरी एवं मधेश सरकारका पर्यटन मन्त्री सुनिता यादव, शहीद नेत्रलाल अभागीकी श्रीमती एवं पूर्व सांसद विष्णु शर्मा पौडेललगायतले बोल्नुभएको थियो ।

    Advertisement

    शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव
    रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    लोकप्रिय

    • १.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा

    • २.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ३.
      गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको

    • ४.
      चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

    • ५.
      क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

    • ६.
      सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक

    भर्खरै

    • १.
      गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

    • २.
      कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

    • ३.
      सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

    • ४.
      इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

    • ५.
      राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

    • ६.
      तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन

    • ७.
      मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव

    • ८.
      गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation