• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

लोकप्रिय समाचार

  • १. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ४. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ५. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ६. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

शहीद नेत्रलाल अभागीको तस्विर अंकित टिकट प्रकाशन


  •   शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
  • दाङ। सरकारले शहीद नेत्रलाल पौडेल अभागीको टिकट प्रकाशनमा ल्याएको छ । राजनीति, शिक्षा साहित्यको माध्यमबाट मुलुकको परिवर्तनमा खेलेको योगदानको कदर गर्दै सरकारले अभागीको तस्विर अङ्कित १० रुपैयाँको हुलाक टिकट प्रकाशनमा ल्याएको हो ।
    इमान्दारिता, निर्भीकता, परिर्तनकारी चेतनाले भरिपूर्ण भएका अभागीले ११ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीति क्षेत्रमा सक्रिय देखिए पनि वि.सं. २०२३ देखि राजनीति र शिक्षण पेशालाई एकैसाथ अगाडि बढाउनुभएको थियो । २०२४ सालमा नारायणपुरस्थित सिद्धरत्न माविको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएका अभागीले जिल्लाको शैक्षिक विकासका लागि योगदान पु¥याउनु भएको थियो । कक्षा कोठामा बढाउँदै गर्दा कारण २०३० सालमा अञ्चलाधीशबाट पक्राउ पूर्जी जारी भएपछि अभागी शिक्षण पेशा छाडेर भूमिगत हुनुभएको थियो ।
    दाङ जिल्लामा वि.सं. २०३६ सालमा भएको आन्दोलनमा नेतृत्व लिनुभएका अभागीले पीडित किसानहरुमा वर्गीय चेतना जागृत गर्न र राजनीतिक सहभागिताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । साहित्यको माध्यमबाट परिवर्तनमा भूमिका खेल्नुभएका अभागीका वि. स. २०४१ मा नर्कको कथा खण्डकाव्य, वि.सं. २०४२ मा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कवितासंग्रह, र वि.सं. २०६२ मा वर्गप्रेम कविता सङ्ग्रह प्रकाशित भएका छन् । यसका साथै शुक्रराज (खण्डकाव्य), जिम्वाल चन्द र हली सेते कामीको कथा (काव्य), गंगाचिनी (महाकाव्य), सगरमाथाको चुचुरोमा टेकेर (कविता सङ्ग्रह), लेखथानसे वैरागी काइला सम (नेपाली कविताहरुको थारु भाषामा अनुवाद) लगायत अन्य थुप्रै रचनाहरु अप्रकाशित छन् । वि.सं. २०४१ साल जेठ ६ गते मृत्यु भएका अभागीलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरेको थियो । अभागीसँगै सरकारले शहीद कामी बुढा, रामवृक्ष यादव र ऐतिहासिक व्यक्तित्व साहना प्रधानसहित विभिन्न प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्विर अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएको छ ।
    टिकट प्रकाशन कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक, सामाजिक परिवर्तनका लागि योगदान गरेका ऐतिहासिक व्यक्तिहरुको सम्मान गर्नु राज्यको प्राथमिक दायित्व भएको बताउनुभएको छ । आजको परिवर्तन हजारौंको रगत, पसिना र आँसुको योगफल भएको उल्लेख गर्दै उहाँले कतिपयले नयाँ पुस्तामा आजको परिवर्तन केही पनि होइन वा यो आफै प्राप्त भएजस्तो गरी सन्देश प्रवाह गर्ने गरेकाले पनि नयाँ पुस्तालाई अग्रजहरुको योगदानको कथा सही रुपमा सुनाउनु र बुझाउनु आवश्यक रहेको बताउनुभयो ।
    मन्त्रालयले हुलाक टिकटमार्फत थोरै भए पनि ऐतिहासिक व्यक्तित्वहरुको सम्मान गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालमा प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलन तथा सामाजिक रुपान्तरणमा अभियानमा योगदान गर्ने थुप्रै ऐतिहासिक व्यक्तित्वलाई आगामी दिनमा संभव भएसम्म राज्यका विभिन्न निकायबाट सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    हुलाक विभागका महानिर्देशक प्रदीपराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्रीहरु दिनानाथ शर्मा र रामकुमारी झाँक्री, शहीद रामवृक्ष यादवका छोरी एवं मधेश सरकारका पर्यटन मन्त्री सुनिता यादव, शहीद नेत्रलाल अभागीकी श्रीमती एवं पूर्व सांसद विष्णु शर्मा पौडेललगायतले बोल्नुभएको थियो ।

    Advertisement

    शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    लोकप्रिय

    • १.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ४.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ५.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    भर्खरै

    • १.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • २.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ३.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ४.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ५.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ६.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ७.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ८.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation