• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ७. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?


  •   शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
  • काठमाडौं । जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ। शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो। चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्याक्ने कार्वनडाइअसाइड पर्याप्त रुपमा बाहिर निस्कन पाउँदैन र अक्सिजन पनि पाउन नसकिने भएकाले सामान्यतया दमको रोग भएकाहरुलाई गाह्रो हुने चिकित्सकको भनाई छ । जाडो भयो चिसो भयो भन्दैमा कतैबाट पनि हावा छिर्न नदिनेगरी बस्नु हुँदैन। ‘जाडो भयो, चिसो भयो भन्दैमा बाहिरबाट अक्सिजन छिर्नै नहुने गरी घरको सबै झ्याल ढोका बन्द गरेर बस्नु हुँदैन। यसो गर्दा अक्सिजनको मात्रा घटेर कार्वनडाइअसाइडको मात्रा बढ्छ। र दमले बढी च्याप्छ।’ नेपाल मेडिकल कलेजका पल्मोनोलोजिस्ट डा. पशुराम विष्ट भन्छन्। डा. विष्टका अनुसार सिओपिडी अर्थात् क्रोनिक अब्स्टट्रिभ पल्मोनरी डिजिज् दम हैनन्। बालबालिकाहरुमा हुने तारन्तारको रुघाखोकी, घ्यारघ्यार दम हैन। ‘सबै क्रोनिक अब्स्टट्रिभ पल्मोनरी डिजिज् दम नहुन सक्छन् । दम भनेर उपचार गर्नुपूर्व चिकित्सकसँग सल्लाह लिएर डायग्नोसिस गराउनु अपरिहार्य छ ।’ स्वासनली साँघुरिँदै र स्वासप्रस्वासको काम गर्ने फोक्सोमा रहेको एल्बेलाई जहाँ हावा रहने र जाने गर्दछ । त्यसको जीनहरु नष्ट भएर फोक्सो दिर्घकालिन रुपमा फुल्ने कारणले दम हुने भन्दै डा. विस्ट भन्छन् । २ वर्ष लगातार ३ महिनासम्म स्वास फेर्न गाह्रो हुने, लगातार खकार आइरहने, खोकी लागि रहने भए दम हुन सक्छ । यसको सुरुवाती अवस्थालाई क्रोनिक ब्रोन्क्राइटिस स्टेज भनिन्छ । बढी मात्रामा धुम्रपान गर्ने, दाउरा गुईठा प्रयोग गर्ने, धुलो तथा धुँवा र प्रदुषणमा काम गर्नेहरुलाई दम हुने संभावना अत्याधिक हुन्छ ।बाल्यवस्थामा धेरै पटक इन्फेक्सन भएर तारन्तार निमोनिया हुनेहरुलाई पछि गएर सिओपिडीको जोखिम भएकाले बाल रोग विशेषज्ञबाट बालबालिकाहरुको उपचार गर्नुपर्ने डा. विस्टको सल्लाह छ। बालबालिकामा हुने दमलाई आस्थ्मा भनिन्छ । यो चुरोटसँग सम्बन्धीत हुँदैन । सामान्य अवस्थामा भाइरल इन्फेक्सनहरुको कारणले गर्दा दमजस्तै लक्षण देखापर्न सक्छ । बालबालिकामा हुने एलर्जीका कारणले ब्रोन्केल आस्थ्मा हुन्छ । ‘उपचार गरिसकेपछि पुनः केही समयपछि तारन्तार दोहोरिने भयो भने दम भयो कि भन्न सकिन्छ । तारन्तार रुघाखोकी लाग्ने, छाती घ्यारघ्यार गर्ने, जिउमा डावरहरु आइरहने, चिलाईरहने, दागहरु आउने, केही कुराहरुको एलर्जी हुने लक्षण देखिए त्यसलाई एलर्जिक आस्थमा भनिन्छ । यस्तो लक्षण देखिने वित्तिकै सिओपिडीको जाँच गर्नुपर्छ।’
    उनले भने ।वाल्यवस्था देखिने सिओपिडी उपचार पछि निको पार्न सकिन्छ । तर, ४० वर्ष माथि पुगेपछि देखिने सिओपिडीहरु निको नहुन सक्छ । पहिला दम भएको होकी हैन खुट्याएर मात्र उपचार थाल्नु पर्दछ । सामान्य अवस्थामै दम भयो भन्दैमा चिकित्सकको सल्लाह विना जथाभावी औषधीहरु खानु हुँदैन । अत्याधिक धुम्रपान गर्ने, दाउरा गुईंठाहरु प्रयोग गर्ने, धुलो धुँवा लगायत प्रदुषणमा काम गर्नेहरुलाई बढी मात्रामा सिओपिडी हुनसक्छ । तारन्तार स्वास बढ्ने, रुघा खोकी लाग्ने, उकालो हिँड्न नसक्ने, सामान्य काम पनि गर्न नसक्ने भयो भने दमको शंका गर्न सकिन्छ।

    Advertisement

    मुटुको कारण हुन सक्छ दम
    त्यस्तै पल्मोलोजिस्ट डा. विस्टका अनुसार मुटुको कारणले पनि दम हुन सक्छ । दमका रोगीहरुलाई हर्ट अट्याक भएर मृत्यु समेत हुने जोखिम रहन्छ । बाल्यकालमा पटकपटक निमोनिया भएर छाती खराब भएका, टिवी भएकालाई दम हुन सक्छ । वंशाणुगत रुपमा पनि दम हुने संभावना छ तर, नेपालका त्यसको मात्रा एकदमै न्यून रहेको छ । ‘सामान्यता एक्सरे, इसिजीहरु गरेर अरु रोगहरु छ छैन पहिचान गरेपछि पिएफटी (पल्मोनरी फङ्सन टेस्ट) गरेपछि मात्र दम हो हैन पत्ता लाग्छ । नेपाल मेडिकल कलेजमा पिएफटी सेवा उपलब्ध छ।’ डा. विस्ट भन्छन्।

    दम निको हुँदैन तर, नियन्त्रण गर्न सकिन्छ
    दमको रोगीहरुलाई तान्ने औषधी रोटाक्याप हुन्छ । मिटरडोज इन्हेलर हुन्छ । यस्ता औषधीले दम रोगलाई नियन्त्रण गर्छ तर, निको भने हुँदैन । धुम्रपान छोड्नु पर्छ, धुँवाधुलोबाट टाढा बस्नुपर्छ। यसो गर्दा बिरामीको आयु बढ्ने र दमको चाप कम गर्न सकिन्छ । पर्याप्त मात्रामा पोषिलो खानेकुरा खानुपर्छ । जाडो मौसम सुरु हुन अगाडी निमोनिया हुन नदिन भ्याक्सिनहरु लगाउनु पर्छ।

    जथाभावी अक्सिजन नलगाउँ

    प्रायः दमका पुराना रोगीहरुलाई अक्सिजन लगाउनु पर्छ । तर, चिकित्सकको सल्लाह विना जथाभावी अक्सिजन लगाउन नहुने डा। विष्टको सुझाव छ । शरीरमा अक्सिजनको मात्र कति छ जाँच्नु पर्छ। ‘हाम्रो शरीरमा अक्सिजनको मात्रा ९६,९८ स्याचुरेशन हुन्छ । तर, दम भएकाहरुमा फोक्सो नष्ट हुँदै जाँदा अक्सिजन भित्र गएपनि फोक्सोबाट रक्तनलीमा राम्ररी अक्सिजन नजाँदा अक्सिजनको मात्र कम हुन्छ । ८८ स्याचुरेशन भन्दा कम अक्सिजन देखिए अक्सिजन लगाउनु पर्छ।’
    त्यस्तै, उनले मुटुको रक्तनलीमा प्रेसर बढेको, मुटुको दाहिने भाग सुन्निएकाहरुलाई अक्सिजनको मात्र ८८ देखि ९२ भएपनि अक्सिजन लगाउनु पर्ने बताए । कहिले काँही भाइरल इन्फेक्सनका कारण फोक्सोमा पानी जमेको हुन्छ । रक्तनलीमा रगतका टुक्रा जम्ने, फोक्सो फुट्ने जोखिम समेत हुन्छ । कहिले काँही कार्वनडाइअक्साइड बढ्ने, अक्सिजन घट्ने अवस्था पनि हुन्छ । त्यस्ता बिरामीलाई बाइप्याक लगाएर बिरामीलाई भेन्टिलेटर सम्म पुर्याउन रोक्न सकिन्छ।
    नेपाल मेडिकल कलेजमा यी सबै सेवाहरु उपलब्ध छन् । ‘भेन्टिलेटरमा पुगेका बिरामीहरुलाई पनि हामीले उपचार गरी बचाएका छौं । भेन्टिलेटरमा पुगेका बिरामीहरुलाई बचाउन सकिँदैन भन्ने भ्रम हटाउन आवश्यक छ ।’ डा. विष्ट भन्छन्।
    त्यसो त, नेपाल मेडिकल कलेजमा दमको विरामीहरुको लागि हप्ताको चार वटा ओपिडी हुन्छ । सिओपिडी हो हैन पत्ता लगाउन स्पाइरोमेट्री उपलब्ध छ । त्यसबाट फोक्सोको अवस्था कस्तो छ पत्ता लगाउन सकिन्छ । इमरजेन्सीमै कार्वनडाइअक्साइड बढी भएर आएका बिरामीहरुलाई वाईप्याक दिएर उपचार थाली उनीहरुलाई भेन्टिलेटर सम्म पुग्नबाट रोक्ने गरिन्छ।

    शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    भर्खरै

    • १.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ३.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ४.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ७.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ८.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation