फुट्यो लोकदोहोरी प्रतिष्ठान, बमबहादुर कार्कीको नेतृत्वमा नयाँ संस्था दर्ता

काठमाडौं। वरिष्ठ लोकगायक बमबहादुर कार्कीको नेतृत्वमा गीतसंगीत सम्बन्धी नयाँ संस्था दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नामक संस्था दर्ता भएको लोकगायक विष्णु खत्रीले जानकारी दिए । उनका अनुसार कार्कीको अध्यक्षतामा  नौ सदस्यीय कार्यसमिति गठन भएको हो । तदर्थ कार्यसमितिको उपाध्यक्षमा गायक विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन छन् ।

त्यस्तै, खड्ग गर्बुजा, खड्ग बुढा, केशरी घर्ती र शिवा आले सदस्यमा छन् ।

यो तदर्थ समितिले दुई/तीन महिनामा प्रथम अधिवेशन गर्ने उपाध्यक्ष खत्रीले जानकारी दिए । ‘प्रथम अधिवेशन गरेर लोक संगीतमा योगदान दिएका सातै प्रदेशका व्यक्तिहरूलाई समावेश गर्छौ’ उनले भने, ‘उपत्यका, प्रदेश जिल्लासँगै विदेशमा समेत शाखा स्थापना हुनेछ ।’ ​

दोहोरीगीत प्रतिष्ठानको पूर्व महासचिवसमेत रहेका गायक खत्रीले गत फागुनमा आफू प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका थिए ।

त्यसयता उनी नयाँ संस्था खोल्ने तयारीमा लागेका थिए ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...