प्युठान। सरुमारानी गाँउपालिका स्तरीय युवा संजालको अध्यक्षमा साल्भिया आचार्य चयन हुनुभएको छ । बिहिबार गाउंपालिकाको सभाहलमा भएको पालिकाभरका युवाहरुको भेलाले आचार्यको अध्यक्षतामा ११ सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा पार्वता विक, सचिवमा यसोदा राना र कोषाध्यक्षमा रमेश कुमाल चयन हुनु भएको छ।
त्यसै गरी सदस्यहरुमा सुदन थापा, अलि महम्मद मियां,सुस्मिता राना,सविना नेपाली,टोपाराम थापा,मनोज जिसि र बिनोद बराल रहनुभएको छ।
गाँउपालिका भित्रका ६ वटै वडामा समिति गठन पश्चात गाउँपालिका स्तरिय सञ्जाल गठन गरिएको युवा तथा खेलकुद विकास समिती सरुमारानिका संयोजक जागेश्वर पोख्रेलले जानकारि दिनुभयो ।
पालिका भित्रका युवाहरुको हकहितका लागि समन्वय गर्ने उदेश्यले सञ्जाल गठन गरिएको गाउँपालिकाले जनाएको छ। युवाभेलालाई संवोधन गर्दै गाउंपालिका अध्यक्ष झगबहादुर बिश्वकर्माले युवाहरुकाे पक्षमा बजेट तथा कार्यक्रम बनाउन आफु तयार रहेकाे बताउनु भयो।
सरुमारानी गाउँपालिका स्तरिय युवा संजालको अध्यक्षमा आचार्य
सरुमारानी गाउँपालिका स्तरिय युवा संजालको अध्यक्षमा आचार्य
Advertisement
तपाईको प्रतिक्रिया