प्युठान। प्युठानका दुई वटा गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा पनि देशभरमै उत्कृष्ट परिणाम हासिल गरेका छन्। प्युठानका मल्लरानी र सरुमारानी गाउँपालिकामा पनि बेरुजु शून्य रहेको छ । सरूमारानीले आर्थिक बर्ष २०७६/०७७ काे बेरूजु पनि सम्परीक्षण पश्चात शून्यमा झारेकाे छ ।
Advertisement
दुबै पालिकाको आर्थिक वर्ष २०७७/०७८ मा पनि बेरुजु शुन्य भएको थियो । महालेखा परीक्षकको कार्यालयले आज ६० औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो।