पहिरो पीडितलाई सरुमारानीले दियो राहत

प्यार अलि खान,प्युठान। पहिरो पीडित स्थानीयहरुलाई सरुमारानी गाउँपालिकाले राहत प्रदान गरेको छ।
गाउँपालिकाको वडा नं ६ मा पहिरोबाट विस्थापित स्थानीय रूम बहादुर पुन, मोहन बहादुर पुन र खड्क बहादुर पुनलाई पालिका प्रमुख झगबहादुर बिश्वकर्माले राहत स्वरूप प्रती परिवार १९ हजार नगद, सिरक डसना, ब्लाङ्केट लगाएतका सामग्री प्रदान गरेको गाउँपालिकाका प्रवक्ता चिन्त बहादुर सोमैले जानकारी दिएका छन्।
पहिरो पीडित स्थानीयहरुलाई प्यूठान उद्योग वाणिज्य संघले प्रती परिवार १ बोरा चामल, दाल, नुन, तेल यसैगरी रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले भाडाबर्तन् , लत्ताकपडा उपलब्ध गराएको छ।
असोज २१ गते गएको पहिरोबाट ३ घर परिवारको १४ जना विस्थापित भएको गाउँपालिकाले जनाएको छ। पहिरोले वडा कार्यपालिकाको भवन सेवा प्रवाह दिन नसक्ने गरि क्षति पुर्याएको वडा अध्यक्ष तील बहादुर बुढाले बताए।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...