• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

जापानका सहरमा ‘गलकोट’ प्रदर्शन


  •   मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। देश विदेशमा गलकोट चिनाउने ध्येयले निर्मित वृत्तचित्र ‘गलकोट’ को प्रदर्शन जापानबाट सुरु भएको छ । टोकियोमा सयौँ दर्शकमाझ वृत्तचित्रको औपचारिक प्रदर्शन शुरु गरिएको हो । वृत्तचित्र निर्माता कम्पनी ‘युएसबी’ सेवाले सोमबार नागोया र त्यसपछि ओशाका सहरमा वृत्तचित्र प्रदर्शन गरिने जनाएको छ ।

    Advertisement

    “जापानपछि बेलायत, हङकङलगायत देशमा च्यारिटीस्वरूप प्रदर्शन हुँदैछ”, कम्पनीका निर्देशक आकाश थापाले भने, “प्रदर्शनबाट बचेको पैसा नेपालमा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा खर्च गर्ने सोच छ ।” टिकट काटेर वृत्तचित्र हेर्न आएका दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको उनको भनाइ छ।

    अध्ययन र पेशाका सिलसिलामा विभिन्न देशमा पुगेका गलकोटवासीलाई लक्ष्य गरी वृत्तचित्र प्रदर्शनमा आएको हो । धेरै गलकोटे भएको देशमध्ये जापान पनि एक हो । गलकोटको ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक पक्षलाई दृश्य र ध्वनिमार्फत वृत्तचित्रमा उतारिएको निर्देशक थापाले बताए ।

    “गलकोट क्षेत्रको वर्षभरिको जीवनशैली, रहनसहन, संस्कृति, हावापानी, प्राकृतिक सौन्दर्यको झल्को वृत्तचित्रमा देख्न सकिन्छ”, उनले भने, “गलकोटको बाह्रैमासको विविधता समेट्नका लागि जोखिम मोलेर दृश्य र सामग्री सङ्कलन गरिएको छ ।”

    कम्पनीले एक वर्ष लगाएर वृत्तचित्र तयार गरेको थियो। गलकोटलाई देश–विदेशमा चिनाउन र पहिचान स्थापित गर्न वृत्तचित्रले सघाउने विश्वास लिइएको छ । गलकोटको पर्यटन प्रवद्र्धनका दृष्टिले पनि वृत्तचित्र सहयोगी बन्नेछ । जिल्लाको मध्यभागमा अवस्थित गलकोट चौबिसे राज्यका पालामा पर्वतअन्तर्गतको शक्तिशाली राज्यमा पथ्र्यो । बाइसे–चौबिसे राज्यपूर्व १८ मगरातअन्तर्गत मगरहरुले गलकोटमा राज्य चलाएको इतिहास छ ।

    बागलुङको पुरानो सदरमुकाम पनि गलकोटमा थियो । गलकोट क्षेत्रले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई समेट्छ । पर्यटकीय लेक घुम्टे, गाईघाटको झरना, गलकोट दरबार, आधुनिक खुला मूर्तिकला सङ्ग्रहालय, राम्चेढुङ्गा, सहस्रधारा आदि गलकोटका गन्तव्यस्थल हुन् । विभिन्न जातजातिमा प्रचलित मौलिक कला, संस्कृति र उत्पादनले पनि गलकोट धनी छ ।

    विकास गतिविधिले गलकोट सहरोन्मुख बन्दै गएको छ । असी मिनेटको उक्त वृत्तचित्र निर्माणमा झन्डै रु ३५ लाख खर्च भएको कम्पनीले जनाएको छ । तीन वर्षअघि वृत्तचित्र निर्माण गरिए पनि कोभिड–१९ महाव्याधिका कारण ढिलो गरी प्रदर्शनमा आएको हो ।

    मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation