• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, माघ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

लोकप्रिय समाचार

  • १. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • २. दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

  • ३. नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

  • ४. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ५. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ६. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ७. प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

  • ८. मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

  • ९. सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

जापानका सहरमा ‘गलकोट’ प्रदर्शन


  •   मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। देश विदेशमा गलकोट चिनाउने ध्येयले निर्मित वृत्तचित्र ‘गलकोट’ को प्रदर्शन जापानबाट सुरु भएको छ । टोकियोमा सयौँ दर्शकमाझ वृत्तचित्रको औपचारिक प्रदर्शन शुरु गरिएको हो । वृत्तचित्र निर्माता कम्पनी ‘युएसबी’ सेवाले सोमबार नागोया र त्यसपछि ओशाका सहरमा वृत्तचित्र प्रदर्शन गरिने जनाएको छ ।

    Advertisement

    “जापानपछि बेलायत, हङकङलगायत देशमा च्यारिटीस्वरूप प्रदर्शन हुँदैछ”, कम्पनीका निर्देशक आकाश थापाले भने, “प्रदर्शनबाट बचेको पैसा नेपालमा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा खर्च गर्ने सोच छ ।” टिकट काटेर वृत्तचित्र हेर्न आएका दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको उनको भनाइ छ।

    अध्ययन र पेशाका सिलसिलामा विभिन्न देशमा पुगेका गलकोटवासीलाई लक्ष्य गरी वृत्तचित्र प्रदर्शनमा आएको हो । धेरै गलकोटे भएको देशमध्ये जापान पनि एक हो । गलकोटको ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक पक्षलाई दृश्य र ध्वनिमार्फत वृत्तचित्रमा उतारिएको निर्देशक थापाले बताए ।

    “गलकोट क्षेत्रको वर्षभरिको जीवनशैली, रहनसहन, संस्कृति, हावापानी, प्राकृतिक सौन्दर्यको झल्को वृत्तचित्रमा देख्न सकिन्छ”, उनले भने, “गलकोटको बाह्रैमासको विविधता समेट्नका लागि जोखिम मोलेर दृश्य र सामग्री सङ्कलन गरिएको छ ।”

    कम्पनीले एक वर्ष लगाएर वृत्तचित्र तयार गरेको थियो। गलकोटलाई देश–विदेशमा चिनाउन र पहिचान स्थापित गर्न वृत्तचित्रले सघाउने विश्वास लिइएको छ । गलकोटको पर्यटन प्रवद्र्धनका दृष्टिले पनि वृत्तचित्र सहयोगी बन्नेछ । जिल्लाको मध्यभागमा अवस्थित गलकोट चौबिसे राज्यका पालामा पर्वतअन्तर्गतको शक्तिशाली राज्यमा पथ्र्यो । बाइसे–चौबिसे राज्यपूर्व १८ मगरातअन्तर्गत मगरहरुले गलकोटमा राज्य चलाएको इतिहास छ ।

    बागलुङको पुरानो सदरमुकाम पनि गलकोटमा थियो । गलकोट क्षेत्रले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई समेट्छ । पर्यटकीय लेक घुम्टे, गाईघाटको झरना, गलकोट दरबार, आधुनिक खुला मूर्तिकला सङ्ग्रहालय, राम्चेढुङ्गा, सहस्रधारा आदि गलकोटका गन्तव्यस्थल हुन् । विभिन्न जातजातिमा प्रचलित मौलिक कला, संस्कृति र उत्पादनले पनि गलकोट धनी छ ।

    विकास गतिविधिले गलकोट सहरोन्मुख बन्दै गएको छ । असी मिनेटको उक्त वृत्तचित्र निर्माणमा झन्डै रु ३५ लाख खर्च भएको कम्पनीले जनाएको छ । तीन वर्षअघि वृत्तचित्र निर्माण गरिए पनि कोभिड–१९ महाव्याधिका कारण ढिलो गरी प्रदर्शनमा आएको हो ।

    मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • २.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी

    • ३.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै

    • ४.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ५.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    • ६.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    भर्खरै

    • १.
      सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

    • २.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

    • ३.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ४.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

    • ५.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

    • ६.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

    • ७.
      मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

    • ८.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation