रेसुङ्गा नगरपालिकाले निःशुल्क कृत्रिम गर्भाधान ए.आइ गरिदिने

अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले निःशुल्क कृत्रिम गर्भाधान ए.आइ गर्ने भएको छ । नगर भित्रका पशुपालक कृषकहरुलाई राहत स्वरुप निःशुल्क कृत्रिम गर्भाधान ए.आइ कार्यक्रम अगाडी बढाइएको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले बताए ।
त्यसका लागि नगरपालिकाले भोजेन्द्रप्रसाद भण्डारीसँग निःशुल्क कृत्रिम गर्भाधान ए.आइ गर्न सम्झौता गरेको छ । नगर भित्रका गाई र भैंसी पालक कृषकहरुको सहजताको लागि निःशुल्क कृत्रिम गर्भाधान ए.आइ कार्यक्रम ल्याएको नगरप्रमुख पन्थीले बताए ।
रेसुङ्गा नगर भित्रका पशुपालक कृषकहरुलाई निःशुल्क कृत्रिम गर्भाधान ए.आइ सेवा लिन नगर प्रमुख पन्थीले आग्रह गरे ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...