• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, कार्तिक ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ४. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

सासुको नामको जग्गा बुहारीले झुक्काएर पास गरेपछी …


  •   बुधबार, भदौ २२, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । दाङको देउखुरीमा सासुको सोझोपनको फाईदा उठाउँदै झुक्काएर बुहारीले जग्गा आफ्नो नाममा नामसारी गराएको रहस्य बाहिरिएको छ । बिरामी सासुको औषधी उपचार गर्ने बाहनामा बुहारीले ४ कट्ठा १३ धुर जग्गा आफ्नो नाममा पास गरेको रहस्य खुलासा भएको हो ।
    राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया निवासी कृष्णा कुमारी यादब र श्यामा कुमारी यादब नाताले सासू बुहारी पर्छन । श्यामा कुमारी कृष्णाको जेठाजुको छोरा बुहारी हुन ।  तिनै सासु पर्ने कृष्णाको नाममा रहेको जग्गा बुहारी पर्ने श्यामाले आफ्नो नाममा गराएपछि सासु र देवर सडकमा आएका छन् । न्यायको लागी उनिहरु प्रहरी सम्म पुगेपनि कुनै सुनुवाई भने भएको छैन ।

    Advertisement

    कृष्णाकुमारी आफैमा प्रेसरको बिरामी छिन । प्रेसरले हानेर पक्षघात समेत भएको छ । तर, उनै बिरामी कृष्णकुमारीको सोझो पनको फाईदा उठाउदै जेठाजुको बुहारी श्यामाकुमारी यादवले चार कट्ठा १३ धुर जग्गा आफ्नो नाममा पास गराएकी छिन् । वडा कार्यालयबाट घर बाटो सिफारिस लिएर मालपोत कार्यालय लमहीबाट रजिष्ट्रेसन समेत पास भइसकेको छ । जग्गाको कर मालपोत बुझाउने क्रममा आफ्नो आमाको नाममा रहेको जग्गा भाउजुको नाममा गएको देवर शुरेस यादबले देखेपछी घटना बाहिर आएको हो । औषधी गराउन लईजान्छु भनेपछी आफुले ल्याप्चे लगाईदिएको कृष्णाकुमारी बताउछिन ।

    अहिले जग्गा पास लिने श्यामा कुमारी, सिफारिस दिने वडा अध्यक्ष रामेश्वर यादव, सचिव मिना चौधरी र श्यामाकुमारीका श्रीमान हिरालाल यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा ठगि मुद्धामा उजुरी दिइएको छ । कृष्णाकुमारीका छोरा शुरेस यादवले ठगि मुद्धामा किटानी जाहेरी दिएका हुन । पक्षघातको बिरामीलाई उपचार गराउने बहानामा जग्गा हडपेको आरोप जाहेरीमा उल्लेख छ । तर, प्रहरी सम्म उजुरी परेपनि यस घटनामा कुनै सुनुवाई भएको छैन् । जग्गा फिर्ता चाहिने माग शुरेसले गरेका छन ।

    कृष्णाकुमारीका एक छोरा र दुई छोरी हुन । जसमध्य दुई छोरीको विवाह भइसकेको छ । कृष्णाका श्रिमानको मृत्यु भईसकेको छ । अहिले घरमा आमा र छोरा मात्रै छन ।
    मालपोत कार्यालय लमहीमा रेकर्ड हेर्दा गएको जेठ १९ गते जग्गा पास भएको देखिन्छ । चलनचल्तीको मुल्य अनुसार अहिले त्यस वरपरको जग्गा चार लाख रुपैयाँ कट्ठामा किनबेच हुँदै आएको स्थानिय बताउछन। तर, मुख्य आरोपी श्यामाकुमारी यादवले आफुले सबै जग्गा चार लाख रुपैयाँमा किनेको दावी गरिन । उनले घरको जग्गा आफ्नै परिवार भित्र हुन्छ सबै जग्गा ४ लाखमा लैजाउ बुहारी भनेको हुनाले आफुले पैशा दिएर जग्गा लिएको बताईन । श्यामाका अनुसार सासू बुहारीको सहमतीमा सबै काम भएको र अहिले अरुको भनाईमा आएर आफुलाई आरोप लगाईरहेको गुणासो गरिन । आफ्नै घरभित्रको कुरामा त्यस्तो गलत क्रियाकलाप कदापी गर्न नसक्ने उनको भनाई छ ।
    तर, श्यामाकुमारीले आफुलाई एक रुपैयाँ नदिएको सासु कृष्णाकुमारीले बताइन । दिएको भए त पैशा घरमै हुन्थ्यो, पैशा नै नभएर उपचारमा समस्या भएको छ कृष्णाले भनिन-झुक्काएर जग्गा पास गरेर अहिले अछुट बन्नलाई बुहारीको चलखेल हो । यता वडा कार्यालयबाट घर बाटो सम्वन्धि सिफारिस दिंदा लापरबाही गरेको आरोप समेत लागेको छ । तर, वडा सचिव मिना चौधरीले स्वयंम व्यक्ति वडा कार्यालयमा आएपछी आफुहरुले सिफारिस दिएको दावी गरिन । नियम सँगत आए सिफारिस रोक्न सकिँदैन मिनाले भनिन-कृष्णाले जग्गा बेच्नको लागि हो भन्दै सबै कागज लिएर आफै आउनु भएको थियो । वडा कार्यालयले नियम सँगत नै सिफारिस दिएको देखिन्छ।यता मालपोत कार्यालय लमहीले प्रक्रिया पुरा भएर जग्गा पास भएको बताएको छ । जग्गा किन्ने र विक्रि गर्ने पक्ष मिलेर मालपोत कार्यालयमा आएको र त्यहाँबाट पास भएको देखिन्छ । पिडित पक्षले स्थानीय तहको न्यायिक समिति र अदालत जान सक्ने बाटो भने रहेको मालपोत कार्यालय लमहीका प्रमुख मानबहादुर कुंवरले बताए । वडा कार्यालयको सिफारिस र आबस्यक कागजात सहित आएपछि मालपोतले प्रक्रिया अघि बढाएको हो, कि पुर्ब जानकारी भए हामीले रोक्न सक्थ्यौ कंवरले भने ।
    दुबै पक्ष सहमतीमै आएको हामिले महसुस गय्रौ, जग्गाधनी कृष्णालाई मैले पनि सोधे जग्गा बेच्ने नै हो? उहाँले हो भनेपछि प्रक्रिया अघि बढेको हो । जनताको काम गर्न बसेको कर्मचारीले आबस्यक कागजात सहित नियम सँगत भए काम रोक्न नमिल्ने प्रमुख कंवर बताउछन ।
    औषधी गर्ने बाहनामा भएको ठगिको बिषयमा गम्भिर  अनुसन्धान हुनुपर्ने पीडितको माग छ ।

    बुधबार, भदौ २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation