बड्की आइतबारी पर्व : कपिलवस्तुुका ४ पालिकाले दिए स्थानीय बिदा

कपिलबस्तु। कपिलवस्तुका विभिन्न पालिकाले आउँदो आइतबार स्थानीय बिदा दिएका छन् । थारु समुदायले मनाउने बड्की आइतबारी पर्वको अवसरमा ति पालिकाले स्थानीय बिदा दिएका हुन् ।
जिल्लाको वाणगंगा नगरपालिका, शिवराज नगरपालिका, मायादेवी गाँउपालिका र शुद्धोधन गाँउपालिकाले आज एक सुचना जारी गर्दै आइतबार स्थानीय बिदा दिने जनाएका हुन् । शुक्रबार साझ सम्म ४ वटा पालिकाले स्थानीय बिदा दिएका छन् । जिल्लामा १० वटा पालिका रहेका छन् ।
बड्की आइतबारी पर्व विशेष गरी थारु समुदायले मनाउने पर्व हो । साथै सो पर्वका अवसरमा ति पालिकाले सम्पूर्ण थारु समुदायमा शुभकामना पनि ब्यक्त गरेका छन् ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...