• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

गुल्मीमा एलपी ग्यासको अभाव

वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

लोकप्रिय समाचार

  • १. प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

  • २. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • ३. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • ४. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ५. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

  • ८. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ९. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • १०. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

व्यवस्थित पार्किङ नहुँदा गलकोटमा समस्या 


  •   सोमबार, साउन २३, २०७९ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ ।।जिल्लाको मध्य भाग गलकोट नगरपालिकामा पछिल्लो समय तिव्र रुपमा बजारीकरण विस्तार भईरहेको छ । मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नती भएपछि अहिले गलकोटको केन्द्र हटिया बजारमा चौबिसै घण्टा सवारी साधन ओहोर दोहोर गर्ने गर्दछन ।

    Advertisement

    सवारी साधनको चाँप बढे सँगै गलकोट नगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापनको लागि व्यवस्थित बसपार्कको अभाव खड्किदै आएको छ । गलकोट नगरपालिकाको केन्द्र रहेको हटिया बजार क्षेत्रमा बसपार्क नहुँदा प्रहरीले वैकल्पिक ट्राफिक व्यवस्थापन गर्दै आईरहेको छ । एक दशक अघि सम्म बेशी–खेत र सामान्य बजार रहेको जिल्लाको ऐतिहाँसिक क्षेत्र गलकोट यति बेला नगरपालिका बने सँगै घरहरु निर्माण कार्य बढदै गएको छ । गाउँका नागरिकहरुले वेशीका खेतमा घर निर्माण गर्ने र खेत नहुनेहरुले घडेरी किनेर घर बनाउने क्रम बढेपछि केहि वर्ष यता बजारीकरण बढदै गएको हो । बढदो जनघनत्व त्यस माथि मध्य पहाडी लोकमार्गमा रुकुम, रोल्पा देखि चौबिसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाण्डौ चल्ने ठुला तथा साना सवारी साधनको आवत जावतले बसपार्कको अभावमा ट्राफिक व्यवस्थापन समस्या बनेको छ । बजारीकरणको तिव्र विकास भए सँगै शहरको झल्को मेटाउने गलकोटको हटिया बजारमा बसपार्क नहुँदा नेपाल प्रहरी र गलकोट नगरपालिकाले वैकल्पिक ट्राफिक व्यवस्थापन गर्दै आएको प्रहरी चौकी हटियाका प्रमुख तथा प्रहरी नायव निरिक्षक विष्णु शर्माले जानकारी दिए ।

    उनले आफु गलकोटमा आए लगत्तै सडकमै वान साईड पार्किङ्गको व्यवस्थापन गरे पनि व्यवस्थित बसपार्कको निकै अभाव रहेको बताए पहिले सडकको दुबै तर्फ गाडी पार्किङले दुर्घटनाको जोखिम निकै बढि रहेकोमा वान साईड पार्किङले न्यूनिकरणमा सहयोग पुगेको उल्लेख गरे । गलकोट नगरपालिका वडा नं ३ का वडा सदस्य तथा कार्य वहाक वडा अध्यक्ष रबिन बोहोराले मध्य पहाडी लोकमार्गमा सवारी साधनको आवत जावत अनि नगरपालिका बने सँगै हटिया बजार क्षेत्रमा जनघनत्व बढेको र सवारी साधनको पनि दिनहुँ चाँप बढिरहेकोले बसपार्कको निकै अभाव खड्किएको बताए । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बसपार्कको अभाव अत्यन्तै भएपनि आवश्यक जग्गा व्यवस्थापन गर्न प्रयास गरिएको भएता पनि जग्गा नपाउँदा वैकल्पीक ट्राफिक व्यवस्थान गरिएको बताए।उनले जग्गा भाडामा लिएर भएपनि अब छिट्टै बसपार्क निर्माणको प्रकृया अगाडी बढाउन नगरपालिका गृहकार्य गरिरहेको बताए । हटिया बजार गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र मात्र नभई पश्चिम बागलुङको बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका सँगै छिमेकी जिल्ला रुकुम र रोल्पाका मानिसहरु मध्यपहाडी लोकमार्गको गलकोट हुँदै यात्रा गर्ने गर्दछन। बजारीकरणको विस्तार सँगै भविष्यमा शहर बन्ने स्थानीयले अपेक्षा गरेका छन् । बागलुङ बुर्तिबाङ सडक खण्डको निर्माण हुनु पुर्व नुन, तेल, चामल समेत बुटवल र पोखराबाट बोकेर खाएको अनुभव सुनाउने गलकोट नगरपालिकाका नगर प्रमुख गैरेले बागलुङ बुर्तिबाङ सडक खण्ड निर्माण सँगै पछि नेपाल सरकारले यस सडकलाई मध्य पहाडी लोकमार्गमा परिणत गरेपछि उक्त सडक यस क्षेत्रकै विकासको मेरुदण्ड बन्न पुगेको र यहाँको जनजीवन बदलिएको बताउँछन् ।

    बसपार्क निर्माण लगायतको सार्वजिनक हितका संरचना निर्माणमा नगरपालिकाले स्थानीय बिच बृहत्तर छलफल र निकासको बाटो खोज्ने तर्फ ध्यान दिए गलकोट नगरको बजार क्षेत्रले विकासमा छलाङ्ग मार्ने स्थानिय सवारी चालक विष्णु काउचाले बताए । स्थानिय सरकारले यस विषयमा गम्भिर भएर पहल कदमी गर्ने हो भनें समस्याको समाधान छिट्टै निस्कने ट्याक्सी चालक दिपक गौतमले बताए । कुनै समय अलि धेरै मानिसहरु पुग्दा खान खाने होटलको समेत अभाव रहेको गलकोटमा यति बेला विदेशी पर्यटकहरु समेत बस्न मिल्ने सुविधा सम्पन्न होटल रेष्टुरेण्ट र सपिङ्ग सेन्टरहरु सहितको गलकोट स्क्वायर समेत निर्माण भएको छ । ६ करोडको लागतमा उक्त बिल्डिङ स्थानिय हिरा भण्डारीले निर्माण गरेका हुन । युवाहरुलाई व्यापार व्यवसायमा आकर्षित गर्दै पर्यटन प्रर्वद्वनमा टेवा पुर्याउने उद्येश्यले सपिङ मलको स्टाईलमा बिल्डिङ निर्माण गरेको भण्डारीले बताए ।

    सोमबार, साउन २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने
    गुल्मीमा एलपी ग्यासको अभाव
    वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा
    लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

    लोकप्रिय

    • १.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार

    • २.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता

    • ३.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • ४.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ५.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • २.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ३.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ४.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ७.
      गुल्मीमा एलपी ग्यासको अभाव

    • ८.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation