• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ८. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

भालुवाङमा तीज महोत्सव हुँदै


  •   शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, भालुवाङ । देउखुरीको भालुवाङमा यही भदौ ४ गते ऐतिहासिक प्रथम राप्ती मौलिक तीज महोत्सव २०७९ हुने भएको छ । हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको अवसरमा स्थानीय कला संस्कृतिको संरक्षण, सम्वर्द्वन तथा तीज गीतको माध्यमबाट समाजमा जनचेतना प्रवाह गर्न र देउखुरीमा डिजिटल अनलाइन मिडियाको प्रवर्धन लागि तीज महोत्सव हुन लागेको हो । “संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ, पहिचान हराए राष्ट्रियता हराउँछ” भन्ने मूल नाराका साथ देउखुरी टुडे डटकम र हाम्रो लुम्बिनी न्युज डटकमको संयुक्त आयोजनामा एक दिने दिवाकालिन तीज महोत्सब देउखुरीको भालुवाङ स्थित होटल पौवाको प्राङगणमा हुन लागेको आयोजक देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधान सम्पादक एवम् महोत्सवका प्रचार-प्रसार संयोजक सन्तोषकुमार गुप्ताले जानकारी दिए ।

    Advertisement

    पछिल्लो समय तीज पर्वमा ब्यापक विकृती देखिएको र उक्त विकृतीलाई नियन्त्रण गदै मौलिक कला संस्कृतीको संरक्षण गर्ने उद्देश्यले चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बजोड प्रस्तुती सहित तीज गीत प्रतियोगिताको समेत आयोजना गरिएको महोत्सवका सांस्कृतिक संयोजक नरेश भण्डारीले जानकारी दिए ।

    तीज महोत्सवमा चर्चित लोकदोहोरी गायिका सुनिता बुढाक्षेत्री, चर्चित लोकदोहरी गायक अर्जुन सापकोटा, चर्चित हाँस्यब्यङ्गय कलाकार कमल गाउँले, चर्चित लोकदोहोरी गायिका तथा उद्घोषिका राशी रिजाल, चर्चित लोकदोहोरी गायक जिवन परियार र चर्चित बाल कलाकार अनुष्का आचार्यको बेजोड प्रस्तुती रहने सांस्कृतिक संयोजक भण्डारीले जानकारी दिए ।

    त्यस्तै महोत्सवमा लोकदोहोरी गायक तथा सञ्चारकर्मी प्रेमबिबश घर्ती, गायक तथा गायिकाहरु श्रीधर कंडेल, राजेन्द्र चौधरी, उर्मी मगर, गायिका तथा संचारकर्मी सिमा केसी, चर्चित डान्सर तथा मोडेलहरु टिकटक स्टार करिना डाँगी, सर्मिला पुन, अनिता महतरा, मधु चौधरी र निशु चौधरीका साथै संदेशमुलक तीज गीत प्रतियोगिताका साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने सांस्कृतिक संयोजक भण्डारीले जानकारी दिए ।महोत्सब सञ्चालन सहयोगार्थका लागि आयोजकले प्रवेश टिकटको समेत ब्यवस्था गरेको छ । जस अन्र्तगत सर्वसाधारणका लागि प्रतिब्यक्ति प्रबेश टिकट शुल्क एक सय रुपैया, विद्यार्थी तथा शहिद परिवारको हकमा परिचय पत्रका आधारमा टिकट शुल्कमा २५ प्रतिशत छुट गरी ७५ रुपैयाँ निर्धारण गरिनुका साथै ७० बर्ष माथिका जेष्ठ नागरिक, ५ बर्ष मूनिका बालबालिका र अपाङ्ग, अशक्त तथा असाहायहरुको हकमा परिचय पत्रका आधारमा प्रवेश निशुल्क गरिएको महोत्सवका कार्यक्रम संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिए। साथै कार्यक्रमको दिन टिकट लिंदा भिडभाड हुने भएको हुँदा अग्रिम टिकट बुकिङ खुल्ला गरिएको कार्यक्रम संयोजक गुप्ताले जानकारी दिए । महोत्सवमा मुख्य प्रायोजकको हकमा एक लाख, सहप्रायोजकको हकमा पचास हजार र प्रायोजकको हकमा तीस हजार रुपैयाँ निर्धारण गरिएको आयोजक हाम्रो लुम्बिनी डटकमका अध्यक्ष तथा प्रधान सम्पादक एवम् महोत्सवका आर्थिक संयोजक बासुदेव न्यौपानेले जानकारी दिए ।
    यही भदौ ४ गते शनिबार बिहान ११ बजे देखि शुरु हुने उक्त तीज महोत्सवलाई आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरी सफल बनाईदिन महोत्सव मूल आयोजक समितीकी संयोजक श्यामा रावतले सबैमा आग्रह गरेकी छिन्

    महोत्सवमा दाङ देउखुरी सहित छिमेकी जिल्लाहरु प्यूठान, रोल्पा, अर्घाखाँची र कपिलबस्तुबाट समेत गरी करिब पाँच हजार बढी दर्शकको उपस्थिती रहने आयोजकले अनुमान गरेको छ ।तीन बर्ष सम्म कोरोना भाईरस संक्रमणका कारण नाचगान गरी तीज पर्व मनाउन नपाएका हिन्दु नेपाली नारीहरुको महान् चार्ड हरितालिका तीजलाई थप रौनकता थप्न लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको भालुवाङमा पहिलो पटक तीज महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।

    शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ७.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ८.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation