अनिल खत्री, गुल्मी । हिन्दु महिलाहरुको महान पर्व भनेर मानिने तिज पर्व आउन अब करिव महिनादिन बाँकी समय रहेको छ । तर तिज सम्बन्धी बिभिन्न गीत संगीतहरु बजारमा आएका छन् ।
यस वर्षको तिज पर्वमा गायिक शिलु भट्टराईको ‘चट्ट बरिलै’ गीत सार्वजनिक भएको छ । तिज पर्वमा गाइने शब्द भाव बोकेको मौलिकता झल्किएको छ ।
तिज पर्वमा गाइने शब्द र लगाइनेसम्बन्धीकथा वस्तु गीतमा रहेको छ । गीतमा खुमन अधिकारी र शिलु भट्टराईको स्वर रहेको छ ।
बिक्रमबावु बिश्वकर्माको शब्द रहेको गीतमा गायक खुमन अधिकारीको लय रहेको छ । गीतमा शंकर बिसी र कबिता न्यौपानेको अभिनय रहेको छ । यूएस खबर मिडिया नेटवर्कबाट बजारमा आएको छ ।
गीतको पुरा भिडियो
Advertisement