• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

म प्रधानमन्त्री नभएको भए हुलाकी बन्थ्यो र ? : ओली


  •   सोमबार, चैत १४, २०७८ मा प्रकाशित
  • कपिलवस्तु – म प्रधानमन्त्री नभएको भए हुलाकी सडक बन्थ्यो र ? भन्ने प्रश्न नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि ओलीले कपिलवस्तुवासीलाई गर्नु भएको छ । उहाले तौलिहवाको बुद्धपद्म माविको खुला चौरमा आयोजित  सभामा बोल्दै यस्तो प्रश्न सोध्नु भएकोहो । उहाले कुनैदिन यस्तो थियो जतिवेला कम्युनिष्टलाई शक्ति नै नठान्ने कांग्रेसलाई अहिले दुबैतर्फ बैशाखी चाहिने कसरी भयो ? भन्दै आश्चर्य प्रकट गर्नु भयो । अध्यक्ष ओलीले एमालेको विजय देशको आर्थिक सामाजिक उन्नतीको लागि हुने बताउनु भएको छ । एमाले कपिलवस्तुले आयोजित पार्टी प्रवेश तथा वृहत जनसभामा बोल्दै एमालेले जिते मात्र शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकास भई सम्वृद्धी आउने बताउनु भयो । एमालेले देशलाई डिजिटल आधुनिक नेपाल निर्माण गर्ने दाबी गर्नु भयो । सम्बोधनका क्रममा अध्यक्ष ओलीले सत्तारुढ दल प्रति इगिंत गर्दै बैसाखी टेकेर एमालेसँग लड्न नसकिने बताउन भयो । एमाले बलियो दल भएकैले कांग्रेसले २ तर्फ बैसाखी टेकेर लड्न खोजेको भन्दै बैसाखी टेकेर होइन सवै भएभरका दल मिलेर आए पनि एमालेले जितने दाबि गर्नु भयो ।

    Advertisement

    उहाँले धेरै समय आफ्नो कार्यकालमा भएका विकास निर्माणको कामको विषयमा चर्चा गर्नु भएको थियो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा विकासको लहर चलेको बताउनु भयो । हुलाकी राजमार्ग, सीमा जोड्ने सडक, पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य, भैरहवा अन्तराष्ट्रिय विमानस्थल, पोखरा विमान स्थल, देशमा तुईन विस्थापन जस्ता देश विकासको योजना आफ्नो पालामा भएको दाबी गर्नु भयो ।उहाँले कपिलवस्तुमा उद्योग, प्रयर्टन, कृषिको क्षेत्रमा प्रयाप्त संभावना भएको जिल्ला भएको बताउनु भयो ।

    जिल्लाको विकासको लागि खानेपानी , सिँचाईको योजना सम्पन्न हुनु पर्ने बताउनु भयो । जिल्लामा एउटाको हातमा दुई विरुवा रोपेर वातावरण जोगाउने अभियानमा लाग्नु पर्ने बताउनु भयो । वातावरण जोगाउँदै र हरीयाली र स्वच्छ समाज वनाउँदै तौलिहवा र कृष्णनगरलाई ग्रिनसिटी वनाउनु पर्नेमा जोड दिनु भयो ।

    कार्यक्रमलाई सम्बोधन गर्न आउनु भएका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलले एमालेको खवरदारी कै कारण स्थानीय तहको निर्वाचन भएको बताउनु भयो । उपाध्यक्ष पौडेलले स्थानीय निर्वाचनमा एमालेलाई हराउन कसै सँग तागत नभएको दाबी गर्नु भयो । एमाले महासचिव शंकर पोख्रेलले सभाको सम्बोधन गर्दै आगामी दशकहरुमा केपी ओलीको परिकल्पना अनुसार नेपालको विकास हुने विश्वास व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै एमाले सचिव टोप बहादुर रायमाझीले एमाले प्रति जनताको विश्वास बढेको बताउनु भयो । उहाँले एमालेले देशमा सम्बृद्धीको आधारशिला खडा गरेको कारण विपक्षीहरु डराएको समेत दाबी गर्नु भयो ।
    एमाले प्रवेश पछि बोल्दै संघीय सांसद वृजेश कुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको हुँदा कार्यकर्ता सहित प्रवेश गरेको बताउनु भयो ।कपिलवस्तु नगरपालिका तौलिहवामा आयोजित वृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रममा गुप्ताका हजारौँ समर्थक नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो ।
    गुप्ता सँगै लुम्बिनी प्रदेश सभा सदस्य धर्म वहादुरलाल श्रीवात्सव, कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा नं. १ वडाध्यक्ष सुदिप पौडेल, वडा नं. ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं. १२ का वडाध्यक्ष ओम प्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नं. ६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपलिका वडा नं. ८ अध्यक्ष साहवुदिन मुसलमान र खेमराज शर्मा एमाले प्रवेश गर्नुभएको छ।
    सांसद गुप्ता ७ हजार कार्यकता सहित प्रवेश गर्नु भएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनु भयो । यसैगरी कृष्णनगर नगरपालिकामा युवा नेता कुनाल प्रताप शाह ३ हजार कार्यकर्ता सहित एमाले प्रवेश गर्नु भएको छ । विभिन्न राजनीतिक दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र राप्रपा लगाएतबाट एमाले प्रवेश गरेका थिए ।

    सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation