• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

वर्षौंपछि उजुङवासीको तिर्खा मेटियो, इस्माका २८४ घरमा धारा


  •   आइतबार, पुष १८, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । स्थानीयले कहिल्यै पानी आउला र घरमै बसीबसी पानी पिउन पाउँला भन्ने कल्पना समेत गरेका थिएनन् । नजिकै मुहानहरु पनि नभएकाले र अग्लो स्थानमा रहेकाले पानी ल्याउन समेत कठिन अवस्थामा रहेको गुल्मीको इस्मा गाउँपालिका वडानम्बर–१ स्थित उजुङ्गमा स्थानीयले कल्पना गरेभन्दा फरक भएको छ ।
    सदियौंदेखि खानेपानीको लागि समस्यामा रहेका उजुङ्गमाबासीको पानीको समस्या समधान भएको छ । सोही वडाकै दुनदुरे खोलाबाट लिफ्टिङ्ग मार्फत पानी तानेर अग्लो स्थानमा पुगेपछि स्थानीएको पानीको समस्या समधान भएको हो ।
    हस्तिचौर दुन्दुरे खोला हर्पुकोट लिफ्टि खानेपानी आयोजनाको गुल्मी क्षेत्रनम्बर–२ का सांसद गोकर्ण बिष्टले उद्घाटन गरेका हुन् । खानेपानी आयोजनाको उद्घाटन गर्दै सांसद बिष्टले सदियौंदेखि खानेपानीको लागि समस्यामा रहेका उजुङ्ग वासीको घरमै बसेर धारामा पानी खाने सपना पुरा भएको बताए ।
    उनले घरमै पानीका धारामा पानी आउन थाले पछि अब यहाँका आमा दिदि वहिनीहरुमा दैनिकीमा परिर्वतन पनि आउने बिष्टले बताए । पानीकै लागि खर्चिने समय अन्य काममा खर्चिने गर्नाले अब धेरै कुरामा परिर्वतन ल्याउने बताए ।
    यस अघि यहाँका २ सय ८४ घर परिवारका १ हजार ४२० जनालाई पानी खोज्दैमा दैनिकी बित्ने गर्दथ्यो । दैनिक ३ देखि ४ गार्गी पानीको लागि टाढा पुगेर लाइन बसेर बोक्नु पर्दा यहाँका स्थानीयलाई दैनिकी चलाउन निकै कठिन भएको स्थानीय लक्ष्मी कुवँरले बताइन् ।
    नजिकै भएका मुहानहरु सुकेपछि टाढाटाढा पानी लिन जादा शनिवार आउदा र तारीदेखि निदले छोडेर कहाँ जाने भन्ने पिरलो हुने गरेको स्थानीय चुमा कुँवरले बताइन् । तर अहिले ती दिन सम्झीदा र अहिलेका दिन भोग्दा सपना जस्तै लागेको उनको भनाई छ ।
    पानीको अभावका कारण स्कुल जाने बिद्यार्थीलाई फोहोर कपडासँग स्कुल पठाउने बालबालिकाहरुलाई अहिले भने सफा कपडामा पठाउने गरेको स्थानीय राधा बिकले बताइन् । घरमै धारामा पानी आउन थालेपनि घर छेउमा केहि तरकारी पनि लगाउन भएको बताइन् ।
    पानी अभावकै कारण यहाँबाट बसाई सर्ने क्रम पनि बढेको छ । पानी बोक्नुुपर्ने कारण पनि यहाँ अन्यत्रबाट छोरी दिन समेत आनाकनी गर्ने गरेको स्थानीय बताउँथे ।
    तर अहिले यो सबै समस्याको समधान लिफ्टिङ्ग खानेपानीले गरिदिएको छ । ०७० सालबाट सुरु गरिएको दुनदुरे खोला उजुङ्ग हर्पुकोट खानेपानी आयोजनाको ०७७ सालमा सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीका प्रमुख अनुज उपाध्ययले बताए ।
    खोलाको पानीलाई २ तहमा तानेर अग्लो स्थानमा पुराइएको छ । नेपाल सरकारको ३ करोड १६ लाख ४१ हजार स्थानीय तह र उपभोक्ताको जानश्रमदान ७९ लाख ३६ हजार २ सय ६१ गरि ३ करोड ९५ लाख ७७ हजार २६६ रुपैयाको लागतमा आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो ।
    खानेपानी एक घर एक धारा अनुसार मिटर सिस्टमले वितरण गरिएको छ । खानेपानी उजुङ्ग, हर्पुकोट, हस्तीचौर, तोरिखर्क र फेदियसम्मका स्थानीयले माग रहेको छ ।
    कल्पना समेत नगरेको ठाउँमा पानी आउँदा निकै खुसी भएको स्थानिय खानेपानी आयोजना निर्माण समिति सचिव नारायण कुँवरले बताए । पानी बोकेर स्कुल जाँदा बिद्यार्थीहरुलाई पनि निकै समस्या थियो सचिव कुँवरले भने, ‘स्थानीय निकै खुसी भएका छन् ।
    अब उनीहरुको दैनिकीमा परिर्वतन आउनेछ ।’ पानी बोकेरै दैनिकी बिताउनु पर्ने स्थानीयले अब त्यो समयलाई अन्य आयआर्जन र अरु काममा लगाउने उनको भनाई छ ।

    Advertisement

    आइतबार, पुष १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...