• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, पुष ०६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा

नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन

जेन्जी आन्दोलनलाई संस्थागत गर्न मिरज ढुगांना संयोजक घोषित

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

लोकप्रिय समाचार

  • १. नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. जेन्जी आन्दोलनलाई संस्थागत गर्न मिरज ढुगांना संयोजक घोषित

  • ४. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ५. कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा

  • ६. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

अस्थिरताका नायक ओली, पुस ५ मा चालेकोे त्यो प्रतिगमन


  •   सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
  • दिपक अनुरागी ।
    आज पुस ५ । दुई दुई पटक संविधानसभाको निर्वाचन मार्फत नेपाली जनताले आफ्नो भाग्य कोरेर बनाएको संविधान मास्ने दुष्प्रयास गरिएको इतिहासको कालो दिन । ७ दशक बढी देखिको राजनीति आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामाथि धावा बोल्ने काम जनताबाट निर्वाचित जनप्रतिनिधिबाटै भएको दिन । राजा महेन्द्रले ०१७ साल पुस १ गते पनि प्रजातन्त्र मास्दै निरङ्कुश पञ्चायत लादेका थिए । यहीँ पञ्चायत हटाउन झण्डै ३ दशक लागेको थियो । ०४६ सालको जनआन्दोलन पश्चात देशबाट पञ्चायती व्यवस्था अन्त्य भई बहुदलको स्थापना भयो । बहुदल स्थापना भएपनि जनताको संविधान बन्न नसकेको निष्कर्ष निकाल्दै तत्कालिन नेकपा (माओवादी) ले जनवादी राज्यसत्ता स्थापनाको एजेण्डा तय गर्दै ०५२ फाल्गुण २ गते देखि जनयुद्धको उद्घोष गर्दै जगंल पस्यो । यो बीचमा हजारौं नेपाली नागरिकले ज्यानको आहुती दिए भने हजारौं वेपत्ता छन् । अझ बढी घाइते भई विस्तारामा छटपटाई छटपटाई जीवन बाँचिरहेका छन् । यी सबै पीडा, वेदनाबाट भुक्तभोगी हुँदै आएका नेपाली जनता के मा खुसी भए त ? यसको उत्तर सहज छैन् । यद्यपि ०६२/०६३ सालको जनक्रान्ति पश्चात माओवादी शान्ति प्रक्रियामा आउनु, देशबाट राजा सधैंका लागि हट्नु र संविधानसभाबाट नेपाली जनताले संविधान लेख्न पाउनुलाई नै जनताको खुसी हो भन्न सकिन्छ । पटक पटकका राजनीति व्यवस्था पल्टाउने आन्दोलनबाट वाक्क, दिक्क भएका नेपाली जनता संविधानसभाको निर्वाचन पश्चात अब त अवस्था फेरिने हो की भन्ने महान आशामा थिए ।

    Advertisement

    विडम्वना ! राजनीति पार्टीहरुको आ–आफ्नै हठ र जिद्दीका कारण पहिलो संविधानसभा संविधान नलेख्दै बीचमा तुहियो । पटक पटक राजनीति पार्टीहरु बीचका वार्ता, छलफल र परामर्श पश्चात पुनः दोस्रो संविधानसभाको निर्वाचनबाट संविधान लेख्ने सहमती भयो । यो बीचमा खिलराज रेश्मी (दलविहिन व्यक्ति)लाई मन्त्रीपरिषदको अध्यक्ष बनाएर दोस्रो संविधानसभाको चुनाव गराएको इतिहास पनि रच्ने काम भयो । बहुपहिचानहितको संघीयता की पहिचानसहितको संघीयता भन्ने विषयमा मुलुक फेरि गृहयुद्धमा जाने हो की भन्ने चिन्तामा जनता थिए । सदियौं देखि मिलेर बसेको नेपाली समाजमा संघीयतामा जातीय राज्यको माग उठ्न थालेपछि जात जातमा समाज विभक्त पनि भयो । देशी, विदेशी, दबाब र चलखेलका बाबजुत देशमा सबै दलको सहमतीबाट देशमा नेपालको संविधान २०७२ जारी भयो । संविधान जारीसंगै विश्वको उत्कृष्ट संविधान भएको भन्दै घरघरमा दीपावली गरेको दिन नेपाली जनताले विर्सन सकेका छैनन् ।

    संविधानको व्याख्या र विश्लेषण बौद्धिक तप्काबाट जे जसरी भएपनि आम नेपाली जनता राजनीति अस्थिरताको पक्षमा थिए ।

    पटक पटकका आन्दोलनमा आजित नेपाली जनता संविधान बनेसंगै अवस्था फेरिनेमा ढुक्क थिए । जन्मेदेखि राजनीति व्यवस्था फेर्नमा जीवन व्यतित गरेका नेताहरुको मुखबाट आर्थिक समृद्धिका कुरा आउन थालेका थिए । अझ भन्ने हो तत्कालिन नेकपा (माओवादी) का प्रभावशाली नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले त पार्टी नै परित्याग गरी ‘अबको निकास, आर्थिक विकास’ भन्दै नयाँ शक्ति बनाउन लागिपरेका थिए । सधैं आन्दोलन, क्रान्ति र हिंसा देखेका, सुनेका र भोगेका नेपाली जनताको मुहार फेरिनेमा धेरै विश्वस्त थिए नै । त्यसैले त राजनीति स्थिरता आउने आशामा ०७४ सालको निर्वाचनमा तत्कालिन बामपन्थी गठबन्धनले झण्डै दुई तिहाई बहुमत पाएको हो ।

    विडम्वना ! सत्ताको उन्माद, व्यक्तिगत अहम, निरंकुश प्रवृत्तीका बीच राजनीति स्थिरता खोज्नु मुर्खता नै रहेछ भन्ने पुष्टि केपी शर्मा ओलीको ०७७ पुस ५ को कदमले गरेको छ । सारा जनता मेरै दास र हनुमान हुन् भन्ने गलत चिन्तन हावी हुँदा ओलीमा निरंकुशता मौलाएको तथ्य साँचो हो । यिनै जनता हुन् जसले जहानियाँ राणा शासन हटाए, निरंकुश पञ्चायत लखेटे, राज दरबारबाट राजा फाले भन्ने हेक्का ओलीले राखेनन् । के बामपन्थी गठबन्धनले पाएको जनादेश मै ‘मत्त’ बन्नका लागि दिइएको हो ? यसको प्रश्न बारम्बार उठेको छ । सहज उत्तरको प्रखाई भने आसन्न चुनावसम्म पर्खनै पर्ने हुन्छ ।

    नेपाली समाजले श्रीमतीसंगको झगडाले घरमै आगो लगाउन खोज्ने श्रीमानलाई ‘मगज’ ठीक भएको पक्कै मान्दैन् । तर, नीतिहरुको मूल नीति राजनीतिमा मान्न सकिन्छ की सकिदैन् ? सकिदैन् भन्नेहरु पनि समाजमा भेटिने रहेछन् । जुन एमाले नामको प्राइभेट लिमिटेड भित्र देखिएका पात्रहरुबाट यसको पुष्टि हुन्छ ।

    पुस ५ को संसद विघटन मजाक गर्ने विषय पक्कै थिएन् । तर एमालेहरु यसलाई मजाक बनाइरहेका छन् ।

    दशकौं देखि राजनीति आन्दोलनमा लागेकाहरुबाट नै यस्तो राजनीति ‘कु’ लाई समर्थन गरेको देख्दा अच्चम्म लाग्नु स्वभाविक छ । कुन शक्तिले उनीहरुलाई यस्तो मजाक गर्ने आट दिएको छ ? ब्रेगल्ती प्रश्न मनमा छन् । संसदको विघटन स्वभाविक भएको ठान्नेहरु समृद्धि विरोधी मात्र होइनन् । उनीहरु क्रुर तानाशाह हिलटरका समेत समर्थक हुन् । पुस ५ को प्रतिगमन पश्चात यो एक बर्षमा देशले कति क्षति व्यहोरेको छ ? यसको हिसाब निकाल्न जरुरी छ । यो प्रतिगमनले भौतिक क्षति मात्र होइन् ‘क्रुर’ मानवीय क्षति पनि गराएको छ । कोरोना संक्रमणले भयावह स्थिति निम्ताउँदा तत्कालिन ओली सरकारले अक्सिजन उपलब्ध गराउन नसक्दा सयौं व्यक्तिले अकालमा राज्य गुमाउनु परेको घटना नेपाली जनताले भुलेका छैनन् । सायदै संसदको हत्या नहुँदो हो त कोरोनासंग लड्न सक्ने शक्ति सरकारले आर्जन गर्न सक्दो हो । मुलुकमा अस्थिरता श्रृङ्खलाको नायक बन्न खोज्दा ओली सरकारबाट सयौं नागरिकले ज्यान गुमाए । यो त तत्कालिन असर हो भने राजनीति अपराधको जति नै भत्सर्ना गरेपनि कम हुन्छ ।

    कतिपयले संसद विघटनसंगै कम्युनिष्ट पार्टीको विघटनबाट खुशी मनाउ पनि गरेका छन् । संसद विघटन नभएको भए तत्कालिन डबल नेकपा पार्टी फुट्ने थिएन भन्नेहरु पनि छन् । नेकपा नफुटेको खण्डमा बर्षौसम्म सत्ताको स्वाद चाख्न पाइने थिएन, अब त पाइन्छ भनेर खुसी मनाउ गर्ने पनि छन् । पुजीवादीलाई समाजवाद फिटिक्कै मन परेको छैन् । कम्युनिष्टले समाजवाद ल्याए अथाह धनि बन्न पाइदैन् भनेर दिनरात नेकपा विघटन गर्न खोज्नेहरु संसद विघटन हुने दिन खुसीले हर्ष मनाएका पक्कै थिए । राजनीति अस्थिरतामा पौडी खेल्ने अदृश्य शक्तिको बलियो समर्थन पाएरै केपी ओलीले यसो गरे भनेर शंका गर्ने ठाउँ प्रशस्तै छ ।

    नेपाली जनताको भावनामा खेलेर बर्षौसम्म राजनीतिको केन्द्रमा रहदै आएका दल र यिनका अनुयायीहरु संसद विघटनको पक्षमा खुलेर त्यति बोलेको पाइएन । तरपनि, नेपाली जनताको अपार समर्थनले तत्कालिन नेकपा अध्यक्ष दोय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रतिगमनलाई विस्थापित गर्ने गरि गरेको आन्दोलनलाई इतिहासले सधैं सम्झना गर्ने छ । प्रतिगमन विरुद्ध स्वतस्फुर्त सडकमा उत्रिएका नागरिक अगुवा, मानवअधिकारकर्मी, पत्रकार सबैको मूल्याकंन इतिहासको कुनै दिन पक्कै हुने नै छ । पार्टी भन्दा संविधान ठूलो भन्दै टाउँकोमा ‘कफन’ बाँधेर सडकमा उत्रिएका नेकपाका कार्यकर्ता पनि सधैं सम्मान गर्ने नायक बनेका छन् ।

    आफुले लडेर ल्याएको व्यवस्था टिकाउने काम मुख्य नायककै थियो ।

    हिजो गणतन्त्र ल्याउने बेला ‘बयेलगाडा चढेर अमेरिका पुग्न सकिदैंन्’ भनेर खिसिटियुरी गर्ने ओली पक्कै परिवर्तनका नायक थिएनन् । निरंकुश पञ्चायत ढाल्न होस्, चाहे बहुदल स्थापना गर्न, ०६२/०६३ को जनक्रान्ति सम्पन्न गर्न नै किन होस् उनको योगदान मुख्य थिएन् ।

    कारणवश पहिलो संविधानसधाको चुनावमा पराजित भएर पनि देशका शिर्ष नेताहरुलाई आवश्यकता महसुस भई माधवकुमार नेपाललाई प्रधानमन्त्री समेत बनाउन भूमिका खेल्ने दलहरुले नेता नेपालको यो व्यवस्था प्रतिको लगाव बुझेकै छन् । पहिलो संविधानसभामा कांग्रेस, एमाले बाहेक दलसंग सहकार्य गरेको भए त्यहीँ बेला नै तत्कालिन (एमाओवादी)ले आफु खुशी संविधान लेख्ने थियो । तर, उसले पनि प्राप्त उपलब्धी सबै दलहरुको साझा सम्पत्ती भएको मनन गरि त्यसो गर्न चाहेन ।

    ०७४ सालमा चुनाव हारेपनि प्रतिगमन हो भनेर जुरुक्क उठ्ने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि महान हुन् । ओलीले घोषणा गरेको चुनावमा दुई तिहाई ल्याउन सक्छौं भनेर र्याल चुहाउनेहरु पनि कांग्रेस भित्र थिए । त्यहीँ र्याल चुहाउन सक्ने थिए पौडेलले । तर, उनले प्रतिगमन प्रतिगमन हो भनेर लागे ।

    प्रतिगमनका नायक ओलीले पुस ५ को राजनीति घटना घटाएको एक बर्ष पूरा हुँदा एउटा प्रश्न मनमा खेलिरहेको छ । हिजो ओलीको संसद विघटन असंबैधानिक, अलोकतान्त्रिक, अराजनीति हो भनेर सडकमा उत्रने भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेहरु आजको दिन के गरिरहेका होलान् ? सानो विषयमा स्टाटस लेखि हाल्ने योगेशको फेसकुकवाल आज मौन किन भएको होला ? राष्ट्रियता नै आफ्नो जीवन हो भनेर भाषण ठोक्ने रावल कमरेडको नेटले सायद आज काम गरेको छैन् । त्यसैले स्टाटस आएन ।

    अन्त्यमा, ओलीले चालेको प्रतिगमन पछि महान कम्युनिष्ट पार्टी धुजा धुजा भएको पक्कै छ नै । पहिला मुलुक ठूलो हो । कानुनी राज्यको पलना ठूलो हो । सोही नीति, विचार र सिद्धान्त बोक्ने दल कदापि सकिदैनन् । एक दुई चुनाव हार्न सकिन्छ, केही छैन् । एक न एक दिन सच्चा क्रान्तिकारी पार्टीले चुनाव जित्छ नै । यो कालो दिनमा प्रतिगमनलाई पुनः मुर्दावाद भनौं । यसको खतरा अझै भैरहेको हुँदा निरन्तर खबरदारी गरौं । प्रतिगमनका नायक ओलीलाई नउठ्ने गरी राजनीतिमा परास्त गरौं ।
    (अनुरागी अनेरास्ववियूका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सचिव हुन् ।)

    सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

    लोकप्रिय

    • १.
      नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      जेन्जी आन्दोलनलाई संस्थागत गर्न मिरज ढुगांना संयोजक

    • ४.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ५.
      कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा

    • ६.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा

    • २.
      नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन

    • ३.
      जेन्जी आन्दोलनलाई संस्थागत गर्न मिरज ढुगांना संयोजक घोषित

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ६.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ७.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ८.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation