• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

नेवाःहरुको विशेष पर्व – गथामुंग किन मनाईन्छ ?


  •   मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
  • कामनाडेली,प्युठान। नेवार समुदायले मात्र मनाउने पर्व हो गथामुंग । यो पर्व नेवार बाहुल्य क्षेत्रमा विशेष रुपमा मनाउने चलन छ।
    नेवारहरु खेतीमा निकै मेहनत गर्थे । खेतमा उब्जनी धेरै हुन्थ्यो। खेत वारिपनि धेरै । तर खेतमा काम गर्ने मानिस भने कम हुन्थे। त्यो समयमा तान्त्रिकको शक्तिले भूतलाई जगाएर काममा लगाइन्थ्यो । किंवदन्ती अनुसार बैशाख शुक्ल दि्वतिया तथा अक्षय तृतियाको दिन खेती किसानी तथा रोपाइ गर्नुपर्ने किसानहरुले भुत (राक्षस) भित्राउने गर्दथे । यसरी भित्राइएको भुतले खेतको काममा किसानलाई सहयोग गर्ने बिश्वास गरिन्छ । यसरी खेतमा काम लगाइएको भूतलाई सधै पाल्न नसकिने हुँदा खेतिपातिको काम सकिएपछि पन्छाउनु पर्दथ्यो । यसरी बोलाइएको भुतलाई खेती किसानीको काम सकिए पछि सावन कृष्ण चतुर्दशीको दिन सबै मिलेर आ-आफ्नो घरको भुत भगाउने गरिन्थ्यो । यसको लागी तान्त्रिककै शक्तिले छ्वाली र नर्कटको भूत बनाइ यसलाई खोलामा लगेर सेलाउने गरिन्थ्यो । यहि परम्परा नै गथामुगको रुपमा रहेको थियो ।

    Advertisement

    यस दिनमा बिहानै घर सफा गरेर घरबाट भुत प्रेतबाट मुक्त गराउने भन्दै सिन्हां ज्या: ब्यन्केगु:(खेति किसानीको काम सिध्याउने) चलन रहेकोछ । काँचो माटोको सानो भाँडामा दहि, कर्कलो, धु: स्वा (एक प्रकारको फूल), बौ स्वा (एक प्रकारको फूल), आरुको हाँगा सहित राखेर छ्वाली बाल्दै दोबाटो वा चौबाटोमा लगेर राख्न चलन छ । यसरी घरबाट लगेको भूत फर्केर फेरी घरमा नआओस भन्दै घरको मूल ढोकामा मयूरको प्वाँख र फलामको तीन खुट्ठी गाड्ने गर्दछन् । साथै परिवारका सदस्यमा भुत नपसोस भनेर फलामको ओठी लगाउने पनि गर्दछन् ।
    यो दिन टोल टोलमा बच्चा तथा ठूलाहरु जम्मा भएर बाटो छेक्दै पैसा माग्ने तथा नर्कट तथा छ्वाली वा घाँसहरुले बनाएको राक्षस आकृतीलाई दिनभर ठड्याएर राख्ने र राती घिसार्दै लगेर जलाउने गरिन्छ । यसरी भुत प्रेत भगाउने चलन नेवार परम्परामा देखिन्छ ।
    पहिले पहिले जुन मान्यता र विश्वासले यो पर्वको शुरुवात भए पनि अचेल पनि यो चलन नेवार बाहुल्य भएको स्थानहरुमा चलि नै रहेको छ । बिहानै देखी बालक युवा बृद्ध सबै मिलेर दोबाटो छेक्ने घाँस तथा छ्वालीले बनाएको राक्षसको शरिरमा नाङ्लोमा राक्षसको मुखाकृति बनाएर दिनभर नरकटको त्रिखुट्टीले सडकमा ठड्याएर राख्ने । साँझ परेपछि आजु को रुपमा एक जना अनाथलाई अघि अघि लगाउने त्यसपछि उनले आजु जय भन्दै कराउछ अन्य पछि लागेकाहरुले हा हा गर्दै बाटोमा घिसारेर लगेर जलाउने चलन छ । बाटो छेक्दा उठाएको पैसा पनि आजुलाई दिन गरिन्छ ।
    आजैको दिन घर घरमा बच्चाहरुले कपडाले बनाएर खेल्ने गरेको पुतली पनि यही घन्टाकर्णको दिन सेलाउने भन्दै लगेर बाँधिदिने गरिन्छ । साथै नेवार महिलाहरु तिउरी पिसेर हात भरि लगाउने गर्दथे । अचेल भने मेहन्दी लगाउने गर्दछन् ।
    आजैको रात बोक्सी बिद्या सिक्ने रात पनि भनिन्छ । साथै आज नै सिठिनखको दिन थन्क्याएर राखेको बाजागाजा निकालेर बाजा गाजा बजाउन सिकाउनको लागी नास द्य को पूजा गर्ने प्रचलनको पनि शुरुवात भएको हो ।
    आजै राती देखि लाखे नाच गर्ने परम्परा छ ।
    अर्को प्रचलित किंवदन्ती अनुसार गाँउ पसेको एक राक्षसले बच्चाहरु मारेर खाने गरेर सताउन थालेपछि तान्त्रीकको सहयोगमा मारिएको दिनको रुपमा मान्न थालेको भनिन्छ । कथा अनुसार दैनिक जसो बच्चाहरु मारेर सताउने राक्षसले देवताको नाम लिएको सुन्नुपर्ला भनेर कानमा ठूला ठूला घन्टा झुन्ड्याएर हिड्ने गर्दथ्यो । त्यो राक्षसले दैनिक जसो बच्चाहरु मारेर अति नै दुख दिन थाले पछि तान्त्रिकसंग सल्लाह लिदा तान्त्रिकले राक्षस मार्ने जुक्ति सिकाउँछ जसअनुसार तान्त्रीक आफू भ्यागुताको रुप लिएर राक्षसलाई बिस्तारै हिलो भएको खाडलमा लग्ने त्यसपछि सबै मिलेर त्यहाँ मार्ने निर्णय गरेपछि भ्यागुताको रुप लिएका तान्त्रिकले राक्षसलाई म तिमीलाई धेरै खानेकुरा भएको ठाँउमा लगिदिन्छु भन्दै फकाउदै हिलै हिलो भएको ठाँउमा लग्दछ । धेरै गहिरो हिलोमा पुगेपछि राक्षसलाई हिड्न कठिन भइ गाडिन थाले पछि सबै मिलेर ढुङ्गामुढा गरेर मार्न सफल हुन्छ । यसरी राक्षसलाई मारिएको दिन साउन कृष्ण चतुर्दशीमा तिनै राक्षस मारेको सम्झना गर्दै राक्षसको पुतला बनाएर जलाउने चलन चलेको भनिन्छ ।
    साउन कृष्ण चतुर्दशीबाट नेवार समुदायका चाडपर्वहरु पनि सुरु हुने जानकारहरु बताउछन । प्युठानको खलगां,बिजुवार र भिङ्री क्षेत्रमा नेवार समुदायको बसोबास छ।

    मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...