– बिजय बिश्वकर्मा
हाम्रा घरमा भैंसी पाल्न कहिले छोडेनौ । तर गोठमा दुहुना भैंसी छ भन्न कहिल्यै पाइएन । भैंसी पाल्यो अनि साउन भदौतिर भैसिलाइ रागो खोजेर बाली लगायो । गतिलो घाँस खोजीखोजी खुवाउने अन्न खुवाउने गरिन्थ्यो । स्याहारसुसार अलि बढी गरिन्थ्यो । सोत्तर खोज्न पाङ्राखोला सम्म पुगिन्थ्यो । भैंसी मोटाउथ्यो । भैसिको कचौडो पनि भुक्क मोटो मोटो हुन्थ्यो । भैंसी ब्याउछ मजाले गोरस खान पाइन्छ भनेर खुशी मन हुन्थ्यो । तर अन्तिममा भैंसी ब्याउदैनथ्यो अर्थात उल्टिन्थ्यो । त्यो भैंसी तम्घास बसपार्क तिर पुगेर मम बन्थ्यो । फेरि अर्को भैंसी पाल्यो त्यसले पनी पहिलेकोले झै धोका दिन्थ्यो यो प्रक्रिया चलिरहयो ।भैसि बाली लाग्ने, स्याहारसुसार पाउने मोटाउने फेरि ब्याउने बेला उल्टिने त्यसपछि बसपार्कका होटेलमा मम बन्न जाने भैरहयो हामीलाई दुख मात्र भो । आजभोलि त हाम्रा घरमा भैंसी नै पाल्दैनम ।
उतिबेला हाम्रा घरमा हुने भैंसी जस्तै छन नेपालका कम्युनिस्ट पार्टी हरु, जनताले कार्यकर्ताले अनेक दुख गरिगरी घाँस खुवाइ खुवाइ ठूलो दल गराउछन अनि जनतालाइ दूध खुवाउने बेलामा लडेर फुटछन अर्थात उल्टिन्छन । २०५१ मा ठूलो दल एमाले ५४ मा दुई चिरा, २०६४ को ठूलो दल माओवादी २०६९ मा चिरैचिरा, २०७४ को ठूलो दल नेकपा नेकपा २०७७ फागुनमै चिरा पर्यो । दूध त खान पर्ने हो कम्युनिस्ट भैसिहरुलाइ रागो लगाएर भएन कृत्रिम गर्भाधान गराउदा कसो होला ?
थारो भैंसीका कुरा
थारो भैंसीका कुरा
Advertisement
तपाईको प्रतिक्रिया