प्युठानमा नदीमा बगेर दुई बालिका बेपत्ता

सलिम अन्सारी, प्युठान : माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन् ।
नदीमा बगेर बेपत्ता हुनेमा प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ४ बैके निबासी बाेम बहादुर थापा मगरकाे  ८ बर्षीया छाेरि विपना थापा मगर र मान्द्रे निवासी नुम बहादुर थापा मर्साङी मगरकाे ७ बर्षीया छाेरि सर्मिला थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
सोमबार अपरान्ह ३ बजे पौडी खेल्नेक्रममा उनिहरु नदीमा बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्थानीयका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन गएका थिए। घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएको स्थानीयले जनाएका छन्।

बेपत्ता बालिकाहरुको स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी कार्य जारी राखेका छन ।

 

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...