– निरु आचार्य ‘नवरश्मी’
पछिल्लो समय विश्वब्यापी रुपमा कोरोना भाइरसले सन्त्रास छाइरहेको बेला यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाब नेपालमा पनि परिरहेको छ । यसै सन्दर्भमा सहरी क्षेत्रबाट गाउँ फर्क अभियान सुरु भएको छ ।स्कुल कलेजहरु लामो समयका लागी बन्द हुनु ,खाद्यान्न अभावको संकेत देखिनु ,आर्थिक मन्दिको अवस्था सिर्जना हुनुले मानिसलाइ गाउँ फर्क अभियान सिर्जना गरेको छ । कोरोना भाइरसको प्रभाब देखिनु आफैमा खराब भएपनी दु:खद र अप्ठ्यारो अवस्थामा आफ्नो मातृभुमी सम्झेर फर्किनु केहि हदसम्म सकारात्मक लिन सकिन्छ । मानिसहरुले ब्यवस्थापन गर्न नसकेको अवस्थामा प्रकृतिले ब्यवस्थापन गर्न बाध्य हुने प्राकृतिक नियमलाइ कोहि कसैले चाहेर पनि रोक्न र छेक्न सकिदैन । समय समयमा हुने प्राकृतिक विपत्तिहरु जस्तैः भुकम्प, बाढि, डेङ्गु जस्ता माहामारिले बस्नको लागी योग्री ठाँउ पहाड र हिमाल हुन भन्ने सन्देश प्रवाह गरेको छ । उपत्यका र तराई क्षेत्र कृषि उत्पादनको हिसाबले उपर्युक्त तथा हिमाल र पहाड मानव बसोबासको हिसाबले उपर्युक्त ठाउ हो भन्ने सन्देस नेपाल एकीकरणको समयमै पृथ्वीनारायण शाहले बताइसकेका थिए । भुइचालो आए गाउँ ,कुनै मन्दी लागे गाउँ ,माहामारी लागे गाउँ ,चाडपर्व आए गाउँ फेरी किन घमण्ड गर्छ्न मानिसहरु ? शहरमा यति तले घर यति आना जग्गा छ भन्दै? खुशी अनि आपत विपतमा सम्झिने त गाउँ नै रहेछ ।!! मनमोहन अधिकारिले सन्चालन गरेको “आफ्नो गाउँ आफै बनाउ भन्ने अभियान” आजको दिनमा पनि समय सान्दर्भिक बनेको छ । हामी बाल्यकाल जिवन बिताइरहेको बेला तराई ,मधेस खेतीपातीको लागी योग्य ठाउ हो ,त्यसैले आवासिय हिसाबले पहाडनै उपर्युक्त छ भन्ने प्रचलन आज ठिक विपरीत दिशातर्फ लम्किरकेको छ तर आज मानिसहरु क्षणिक भौतिक सेवा तथा सुबिधाको लागी हिमाल र पहाडलाइ खाली बनाएर खेतियोग्य जमिन बझाएर तराई र उपत्यकामा बसाई सरिरहेका छन् यो आफैमा प्राकृतिक नियम विपरीतको कार्य हो जस्तो लाग्दछ त्यसैले जतिपनी दाजुभाइ तथा दिदिबहिनीहरु गाउँ फर्किसक्नु भएको छ र फर्किने सुरमा हुनुहुन्छ भने गाउँमै स्वरोजगार कसरी बन्ने ?, हाम्रा बाझिएका जमिनहरुको कसरी ब्यबस्थापन गर्ने ? भन्ने बिसयमा बहस चलाउनु आवस्यक छ भन्ने लाग्दछ । स्यालको खेदाइमा चल्लाहरुले माउको पखेटामा घुस्रिएर आफुलाइ सुरक्षित महसुस गरेजस्तै पुखाले जोरेको र हाल बाझिएको जग्गा र जन्मघरलाइ सम्झिएर गाउँघर फर्कनु , सुबिधा सम्पन्न अस्पताल भएको राजधानी र ठुला ठुला सहर छोडेर मातापिताको काख र जन्मघर सुरक्षित लाग्दो रहेछ अनि हामी सबैमा महसुस भएको छ र व्यबहारमा सबैको परिवर्तन आएको छ,, हात खुट्टा धुने ,सफा हुने ,भिडभाडमा नजाने , धेरै मानिस जम्मा नहुने , माक्स लगाउने जस्ता राम्रा बानिहरु पनि एहि माहामारिले सिकाएको छ यसले गर्दा दिनहु जम्मा भइ गफ गर्ने ,एक जनाले कुनै काम गर्दा मानिसहरु जम्मा भइ हेरेरै दिन बिताउने हामी नेपालिहरुको बानी सुधार्न पनि पक्कै यो माहामारिले ठुलो भुमिका खेलेको छ ।साथै कमाइको केहि हिस्साले जन्मस्थान सिगार्ने प्रण गरौं ,””भत्केको घर पोतौ” ,बाझिएको जमिन जोतौ” भन्ने सन्देश पनि यहि माहामारिले दिएको छ ।
कोरोना कहरको सन्देश : गाउँ नै प्यारो
कोरोना कहरको सन्देश : गाउँ नै प्यारो
Advertisement
तपाईको प्रतिक्रिया